×

NMB BANK
NIC ASIA

सानामा गोपालको स्वभाव अलि बेढङ्गी थियो । अल्छी त्यत्तिकै, उट्पट्याङ त्यत्तिकै । 

Muktinath Bank

भनिएको नगर्ने, विपरीत खोजीखोजी गर्ने । साँवा अक्षरसम्म चिनाउन पनि कम गाह्रो परेन उसका दाजुलाई । दाजु अक्षर लेखाउन धुलोट लिएर बस्थे, ऊ भागेर बारीको कुनातिर पुगिसकेको हुन्थ्यो लुक्न ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला गाउँमा वर्णमालाको किताब पाउन हुनेखानेमै पर्नुपथ्यो । बाँकीले यही पिर्काको धूलो र पातीको छेस्कोले काम चलाउनुपथ्र्यो । १ दिन दाजुले कान समातेर गुन्द्री बसाए र ‘क’ देखि ‘ङ’सम्म लेखी बेलुकासम्म यस्तै लेखेर देखाउने आदेश दिए ।   


Advertisment
Nabil box
Kumari

दाजु पाठ दिएर कामतिर हिँडे, ऊ ठसठस गर्दै त्यस्तै अक्षर लेख्ने प्रयास गर्न थाल्यो तर भइदियो के भने एक हुल परेवा उडेर माथि लेखिएको गुरु अक्षर नै मेटिदियो ।

Vianet communication

गोपाललाई निहुँ चाहिएको थियो पाइहाल्यो । बेलुका दाजुले पाठ सोध्दा परेवालाई दोष दिएर उम्कियो । दाजु थिए कडा स्वभावका तर त्यसदिन के भएछ कुन्नि बोलेनन् । त्यसपछि उसले सधैं यही सूत्र प्रयोग गर्ने निधो गर्‍यो ।

भोलिपल्ट पनि दाजुले हिजोजस्तै पाठ दिएर हिँडे । उसले पनि हिजोकै फर्मुला अपनायो । जबकि त्यसदिन परेवा उडेकै थिएनन् । एवं रीतले केही समय बित्यो । 

केही दिनपछि दाजुले अक्षर चिनाउन खोजे । उनको हातमा रुद्रीको किताब थियो, जसको आवरण पृष्ठमा लेखिएको थियो – पूजा विधिसहित षङ्ग रुद्री । त्यसैको पहिलो अक्षरलाई लिएर सोधे, ‘यो कुन अक्षर हो ?’ उसले सानो स्वरमा भन्यो, ‘पाटी प ।’

दाजुले पुनः सोधे, ‘त्यसमा के द्या’ ख ?’ उसले भन्यो, ‘बर्धन्ने द्या’ ख ।’ दाजुले फेरि सोधे, ‘बर्धन्ने दिँदा के हुन्छ ?’ उत्तर दियो, ‘पु ।’

‘अर्को अक्षर के हो नि ?’ दाजुको अर्को प्रश्न थियो । उसले उत्तर दियो, ‘डाडु ज ।’ त्यसलाई के द्या’ ख नि भन्ने दाजुको प्रश्नमा उसले भन्योे, ‘कान्नानी द्या’ ख ।’ पुनः सोधियो, ‘त्यो दिँदा के हुन्छ ?’ ऊ बोल्यो, ‘जा हुन्छ ।’

जब दाजुले जोडेर भन्न लगाए, तब दाजुलाई छकाउँँदै हिँडेको फल किन मीठो हुन्थ्यो र ! झट्ट उत्तर दियो, ‘पाजा ।’ त्यसपछि दाजुलाई रिसको पारो यतिमाथि पुग्यो कि मार कसेर १ झापु गालामा दिए, जसको कारण गोपालको आँखाबाट आँसु नै चुहियो ।

सायद पिसाब पनि चुहिएको थियो होला, त्यो भने हेक्का राखेन । 

दाजुको झापु खाएपछि बल्ल उसले अक्षर चिन्यो । त्यसपछि चण्डी, रुद्री, अग्निस्थापना पढाउन थालियो । त्यहीबेला गाउँमा केही पर सानो स्कूल खोलिएको थियो । पढाउने काम गाउँकै १ जना दाइले गर्थे । उनले औपचारिक शिक्षा त पाएका थिएनन् तर लेखपढ भने राम्रै गर्थे । घरायसी लेनदेनको कपाली तमसुक गर्नुपर्दा लिखितम धनी नामका काम उनैले गर्दै आएका थिए ।

मसी मट्टीतेलको मोसोलाई तेलमा घोलेर बनाउँथे, लेख्ने साधन बाँसको कप्टेरा । यसो त फाट्टफुट्ट सामान्य खाले कलम चलेको थियो गाउँमा तर त्यो पनि हुनेखानैमै सीमित थियो । जेहोस् उनले लेखपढको काम राम्रै गर्थे । सायद त्यसै भएर होला बालबालिका पढाउने जिम्मा उनैले पाएका थिए ।

उनले गोपाललाई पनि स्कूल पठाउन कर गर्न थाले, गोपालको बालाई तर बा थिए अर्कै स्वभावका । ‘किलास कि गिलास’ भन्थे, यस्ता कुरा सुन्नै चाहँदैन्थे । ज्यादै नै कर गरेपछि रिसाउँदै भने, ‘मेरो छोराले कौमती पढ्छ, सक्छस् पढाउन ?’ उनी पनि के कम, जोसैजोसमा बोले, ‘पठाएर त हेर्नुस् ।’

त्यसपछि बाको मुखमा बुजो लागेछ क्यारे, भोलिपल्ट रुद्रीको पुस्तक दिएर पठाए । विचरा सामान्य लेखपढ गर्न जानेका गाउँले दाइ के गरुन् ? एक त रुद्रीको बाङ्गाटिङ्गा अक्षर, त्यसमाथि जोडिएका । देख्दै तर्सिहाले । 

तैपनि उनको हिम्मतलाई भने मान्नैपर्छ । कनिकुथी एकएक अक्षर गरी कोट्याउन लगाए ।  

त्यसपछि किन हो कुन्नि ! सायद अन्य काम राम्रोसँग गर्दैन भन्ने लागेर होला, उसलाई बाँदर कुर्ने कामको जिम्मा दिइयो । तिनताका बेशी खेतमा मकै रोप्ने गरिन्थ्यो तर बाँदरले हैरान पार्ने । चमर पसेदेखि नै कुरेर बस्नुपर्ने हुन्थ्यो । गोपाल बाँदर कुर्न त जान्थ्यो तर दिनभर खेतको कुनामा सुतेर आउँथ्यो । १ दिन गह्राको कुनामा हुट्टिट्याउँको बच्चा फेला पार्‍यो । सायद आमाको काखबाट छलिएको हुनुपर्छ, राम्ररी आँखा पनि खुलेको थिएन ।

पाउने बित्तिकै उसले एकछिन खेलायो र बाँदर नआओस् भन्दै देवताको नाममा घाँटी रेटेर २ थोपा रगत चढाएर सुत्यो । विचरा अबोध प्राणीलाई मारेको फल किन राम्रो मिल्थ्यो र ? तत्कालै एकहुल बाँदर आएछ र पूरा खेत सखाप पारेर हिँडेछ । 

त्यसपछि गोपाललाई आपत पर्‍यो । घरमा भने मारिहाल्छन् । त्यसैले बाँदरले कोपरेर फालेको जति उठायो र खोलामा बगाएर घरतिर लाग्यो । यसरी तत्कालको गाली त टार्‍यो तर यस्ता कुरा टार्न खोजेर कहाँ टथ्र्यो र ? भोलिपल्टै बा र दाइले थाहा पाइहाले । त्यसपछि नसिहत स्वरूप खेतको छेउकुना खन्ने काम लगाइदिए उसलाई । गाउँका खेतका गह्रा प्रायः सानै हुन्छन् । कुनै त यस्ता सुर्का पनि हुन्छन्, जसमा गोरु नै लाग्दैन । यस्तोमा हातैले खन्नुपर्ने हुन्छ । गोरु लाग्ने गह्राको पनि छेउकुना हातले नखनी हुँदैन ।

गोपाल बिहान भात खाएर खेत खन्न त जान्थ्यो तर दिनभर सुतेर बेलुका फर्कन्थ्यो ।

खेत खन्ने काम समेत राम्रोसँग नगरेपछि कर्मकाण्ड गर्ने कामको जिम्मा दिइयो । त्यतिबेलासम्म कनिकुथी, न्वारन, पास्नी, तिथि श्राद्ध र सत्यनारायणको पूजासम्म गराउन सक्ने भएको थियो तर त्यो काम पनि ढंगले गरेन । न्वारन गर्न जाँदा नाम राख्नै बिर्सिदिन्थ्यो । श्राद्ध गर्न जाँदा पिण्डदान गर्न । यजमानहरू सिकायत गर्दैमा हैरान । 

यसरी सबैतिरबाट हैरानी व्यहोर्नुपरेपछि घरपरिवारले वास्ता गर्न छाडे । त्यसपछि ऊ फुक्काफाल भयो । दिनभर बाघचाल र डन्डी बियो खेलेर बिताउँथ्यो र बेलुका लुसुक्क घर आउँथ्यो । विचरी आमा धर्मसंकटमा पर्र्थिन् । जस्तो भए पनि छोरो आफ्नै । आमाको मन किन मान्थ्यो र ? लुकीछिपी २ गाँस खान दिन्थिन् । ऊ खाएर मस्तले निदाउँथ्यो ।

यसरी उसले सानो छँदा बुवाआमा र दाजुलाई सताएर जुन फाइदा लिएको थियो, पछि गएर त्यसको फल उसैले भोग्नुपर्‍यो । जता गए पनि असफल र हैरानी खेप्नुबाहेक हात लागी केही भएन । त्यसपछि उसको होश त आयो तर त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो । फलतः उसको भागमा पश्चात्ताप गर्नुबाहेक केही बाँकी रहेन । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x