×

NMB BANK
NIC ASIA

मैनाली र शर्माको समालोचना कृति लोकार्पित

जेठ १५, २०८०

NTC
Premier Steels

वरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृतिहरू विमोचन गरिएको छ ।  १६ औँ गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुुमार रिसालले सो कृतिहरू विमोचन गरे । 

Muktinath Bank

गोकर्णेश्वर नगरपालिकाका दुई साहित्य महारथी रहेश विकल र भैरव अर्यालका विषयमा विस्तृत र खोजपूर्ण समालोचना सङ्ग्रह  प्रकाशन हुनु र त्यसमा नगरपालिकाबाट सहयोग गर्न पाएकोमा आफू खुसी भएको रिसालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोपी मैनालीको समालोचनात्मक अन्वेषणमाथि वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय शिक्षण विभागका प्रमुख प्रा डा खगेन्द्रप्रसाद लुुइटेलले टिप्पणी गरे । उनले मैनालीको समालोचना निकै गहन भएको बताउँदै समालोचना कस्तो हुनुपर्छ भन्ने उदाहरण पनि मैनालीले दिएको उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

साथै रमेश विकलका कथा, उपन्यास, निबन्ध, नियात्रा, आत्मकथा, नाटक र बाल साहित्य सबैमा गहन विश्लेषण र मूल्याङ्कन भएको समेत बताए । 

Vianet communication

अर्का टिप्पणीकर्ता साहित्यकार पुरुषोत्तम सुवेदीले पनि गोपी मैनालीको समालोचना निकै गहन भएको कुरा उल्लेख गरे । 

ठाकुरा शर्माद्वारा लिखित समालोचनामाथि वरिष्ठ साहित्यकार भागवत ढकालले टिप्पणी गर्दै भैरव अर्यालको सम्पूर्ण कृति तथा व्यक्तित्वको विश्लेषण गरिएकोमा शर्मालाई धन्यवाद दिए । अर्का टिप्पणीकर्ता वरिष्ठ साहित्यकार नरनाथ लुुइटेलले पनि ठाकुर शर्माको लेखन शैलीको प्रशंसा गरे । 

वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले मैनाली व्यवस्थापनका क्षेत्रमा जस्तै साहित्यका विधाहरूमा पनि अव्वल रहेको बताए । उनले नेपाली साहित्यमा मैनालीबाट अरू कृतिहरू पनि आओस् भन्ने शुभकामना दिए ।  त्यस्तै वरिष्ठ समालोचक शर्मा नेपाली साहित्यमा अनवरत लागि रहेको र उनीबाट पनि थप समालोचनात्मक कृति आओस् भन्ने अपेक्षा रहेको बताए । 

null

कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ समालोचक तथा लघुकथाकार युवराज मैनालीले दुई सर्जकका विषयमा नगरपालिकाले पुस्तक प्रकाशनमा गरेको सहयोगको प्रशंसा गरे ।  सुरभिका अर्का संरक्षक गोविन्द घिमिरे वेदमणिले पनि दुई वरिष्ठ समालोचकको कृतिको उच्च प्रशंसा गरे । 

वरिष्ठ साहित्यकारहरू विजय चालिसे, लव गाउँले, श्रीहरि फुुयाल, विमल भौकाजी लगायत दुुईसय साहित्यकार र साहित्यानुरागीले भाग लिएको कार्यक्रमको सभापतित्व सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ कथाकार बाजुराम शर्मा र प्रतिष्ठानका सचिव अच्युत घिमिरेको रहेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x