×

NMB BANK
NIC ASIA

शेखर-गगन सम्बन्ध

देउवाको विकल्प खोजेका शेखर–गगनः घट्दो सहकार्य, बढ्दो दुरी

काठमाडाैं | साउन १६, २०८०

NTC
Premier Steels

‘१४औँ महाधिवेशनदेखि अहिलेसम्म हाम्रो सम्बन्ध प्रगाढ छ । भएकाहरू हाम्रो साथमै रहनुहुन्छ, गुम्नु हुने छैन । १५औँ महाधिवेशनमा थप साथीहरू पनि जोडिनुहुन्छ । अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो,’ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबारे महामन्त्री गगन थापाले ३० जेठमा विराटनगर पुगेर गरेको टिप्पणी हो यो । 

Muktinath Bank

‘गगनजी किन आउनुभएन भन्ने कतिपयलाई कौतुहलता होला । रिसाउनुभयो कि के हो भन्ने लागेको होला । कार्यक्रमको टुंगो गगनजी र म बसेरै छलफल गरिएको हो,’ ९ साउनमा वीपी स्मृति सप्ताहको अवसरमा संस्थापनइतर समूहले गरेको कार्यक्रममा गगन नआएपछि शेखरले भनेका थिए, ‘पदाधिकारी बैठकले केन्द्रीय समितिको अन्तिम ड्राफ्टका लागि छलफलमा डाकेकोले नआउनुभएको होला । उहाँको फोन पनि लागिरहेको छैन । अप्ठ्यारो परेर होला । यसलाई अन्यथा लिनुहुन्न ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी १४औं महाधिवेशनमा एउटै टिमबाट सभापति पराजित भएका शेखर र महामन्त्री जितेका गगन थापाले एकअर्काप्रति गरेका  टिप्पणी हुन् । दुवैले गरेको एक अर्काप्रतिको टिप्पणीले पनि उनीहरूको आपसी सम्बन्ध दर्शाउँछ । उनीहरूले एक अर्काप्रति खरो र लाञ्छनायुक्त टिप्पणी गरेका छैनन् । सकेसम्म सार्वजनिक टिप्पणीबाट एकअर्कालाई गाली नगर्ने मानसिकता दुवैमा देखिन्छ । तर महाधिवेशन भएको २० महिना हुँदा शेखर–गगन सम्बन्ध भने अपेक्षित राम्रो नरहेको केही प्रतिनिधि घटनाक्रमले देखाउँछ । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

१४औं महाधिवेशनमा शेखरलाई पराजितगरी शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए । ताजा प्रतिस्पर्धाको कारण केही समय देउवा–शेखरको सम्बन्ध हार्दिकतापूर्ण देखिएन । देउवाविरुद्ध उठ्दा ४० प्रतिशत मत ल्याएको दाबीसहित शेखरसमूह पार्टीका हरेक संरचनामा देउवासँग ४० प्रतिशत भागबन्डा माग गर्न थाल्यो । देउवाविरुद्ध शेखर र गगन एउटै लयमा थिए । महाधिवेशन प्रतिनिधिको ४० प्रतिशत हिस्सा आफूहरूलाई प्राप्त भएपछि हरेक संरचनामा यही अनुपातको भागबन्डा पाउनुपर्ने साझा दाबी उनीहरूको थियो । तत्कालीन नतिजालाई मान्नेमा दुवैमा समस्या थिएन । तर, जब टिमको नेता बन्ने र आगामी महाधिवेशनमा सभापतिको सम्भावित उम्मेदवारको विषय आयो, तब दुवै नेता विस्तारै टाढिँदै गएको देखिन्छ ।

शेखर पारिवारिक र परम्पराबाट राजनीतिमा उदाए । यसैले सबैलाई मिलाएर जाउँ भन्ने मान्यता देखिन्छ । गगन सडकबाट उदाए । यसैले उनमा ज्यादा परिवर्तनको हुटहुटी देखिन्छ । दुवैलाई मिलाएर लान सक्दा दुवैको हित हुन्छ ।

शेखरमा एकपटक सभापति भएरै छाड्ने इच्छा मरिसकेको छैन । उमेर ७२ वर्ष भइसकेकोले अब एकपटक मात्रै सभापतिमा दाबी गर्ने ठाउँमा शेखर छन् । यसैले शेखरको नजर १५औं महाधिवेशनमा देखिन्छ । यही मान्यताले महाधिवेशन लगत्तैदेखि समूहको छुट्टै भेला गर्ने र टिमलाई परिपक्व बनाएर लाने रणनीतिमा शेखर देखिएका छन् । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री उठेर पनि पराजित भएका गगन, शेखर टिमबाट उठ्दा १४औं महाधिवेशनमा महामन्त्री बन्न सफल भए । तर, आफ्नो अत्यधिक लोकप्रियता, युवा नेताद्वय महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहितका नेताको साथपछि नेतृत्वमा पुग्ने हुटहुटी गगनमा बढेको छ । 

यसै हुटहुटी अनुरूप पहिलो चरणमा शेखरको अनिच्छा बाबजुद पनि थापाले ७ महिनाअघि संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरे । तर, सफल भएनन् । संसदीय दलको निर्वाचनमा ८९ सांसदले भोट हाल्दा देउवा ६४ मत ल्याएर विजयी भए । ३२ देखि ३४ सिट भएका शेखर समूहबाट गगनले जम्मा २५ मत मात्रै ल्याए । शेखर नै प्रस्तावक बसे पनि उनको पक्षले भोट नहालेपछि थापा थप असन्तुष्ट बन्न पुगे । वर्तमान गणितले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने गगनको इच्छा पूरा हुने अवस्था छैन ।

कुनै ठूलो विग्रह नआए भाबी नेतृत्वका विषयमा गगनमा चरम महत्वकांक्षा कायमै छ । अर्कोतिर शेखरले पनि रणनीति बदलेका छन् । गगनसँगको आन्तरिक संघर्ष जारी राख्दा देउवासँग पनि दुरी बढाउन नहुने निष्कर्षमा शेखर पुगेका छन् । किनकी देउवाको सबै संरचनामा बलियो पकड छ । कोइरालालाई परास्त गरेर उदाए पनि देउवासँग दुरी बढाएरभन्दा नजिकिँदा फाइदा हुने दाउ शेखरले हेरेका छन् । गगनलाई साइजमा राख्न पनि उनले कतिपय विषयमा देउवासँग हातेमालो गर्न खोजेका छन् ।  

शेखरमा देउवाको उत्तराधिकारी हुन्छु भन्ने आशा र लोभ नभएको बताइन्छ । तर, आफैं निकटका कोइरालादेखि रामचन्द्रले पनि साथ नदिएको अवस्था उनले भुलेका छैनन् । यसैले देउवा पक्षको मत पनि आफ्नोतिर तान्ने रणनीति शेखरमा देखिन्छ । आफूविरुद्ध गगन पक्ष आक्रामक भएकोले देउवाले पनि कोइराला विरासतका नेता शेखरलाई नचिढ्याउने नीतिमा छन् । यसैले शेखरलाई २५औं वरीयताबाट वरिष्ठ नेताको हैसियत दिने, केन्द्रीय कार्यालयमा सुविधासम्पन्न कार्यकक्ष दिलाउने काम गरेका छन् । 

कतिपय कार्यक्रममा देउवासँगै देखिने मात्रै होइन शेखरले पटकपटक गुटबन्दीबाट माथि उठ्न नसके समाप्तिको बाटोमा पुगिने बताउने गरेका छन् । जेठको तेस्रो साता डेमेक्रेटिक लयर्स एसोसियसनको महाधिवेशनका भाग लिन देउवा र शेखर एउटै प्लेनमार्फत् चितवन पुगेका थिए । त्यसअघि भक्तपुरको एक कार्यक्रममा पनि देउवा र शेखर सँगै थिए । सामान्यतः एउटै कार्यक्रममा नजाने प्रतिस्पर्धी भावना भएका नेताद्वय एकपछि अर्को कार्यक्रममा सँगै जानु, एक अर्काप्रति नरम हुनुको सन्देश धेरै ठूलो हुनसक्छ । महाधिवेशनलगत्तै देउवाले गगनलाई केही विश्वास गरेर जिम्मेवारी दिने गरेका थिए । तर शेखरसँग सम्बन्ध सुधार हुन थालेपछि गगनसँग दुरी बढाएका छन् । आफूसँग सभापतिले दुरी बढाउने र महामन्त्रीको रूपमा पर्याप्त काम गर्न नदिएपछि थापा चरम असन्तुष्ट छन् । यसैले पनि देउवाले शेखरसँग सम्बन्ध बढाएर गगनलाई साइजमा राख्ने रणनीति बनाएको कांग्रेस नेताहरू नै बताउँछन् ।

null

शेखर पक्षमा अन्तरविरोध बढ्न थालेका बेला देउवाको एकै आग्रहमा शेखरले समूहको भेला स्थगित गराएका थिए । सरकारमा पठाउने मन्त्रीको विषय गगनहरूले लामो समय अड्काएपछि शेखरले आफू निकटका धनराज गुरुङ, डीगबहादुर लिम्बु र सुरेन्द्रप्रसाद आचार्यलाई पठाएका थिए । तर, युवा नेता प्रदीप पौडेललाई मन्त्री नबनाएपछि थापा थप चिढिएको बताइन्छ । 

कांग्रेसको राजनीतिलाई नजिकबाट हेर्दै आएका शंकर तिवारी पछिल्लो समय केन्द्र र प्रदेशका मन्त्री चयनमा गगनलाई गरिएको उपेक्षा र केन्द्रीय समिति बैठकको परिदृश्यले दुईबीच सम्बन्ध सौहाद्र नदेखिएको संकेत मान्छन् । ‘गगन थापा अझै पनि मिलेर जानुपर्छ भन्नेमा हुनुहुन्छ । आफूसँग स्ट्रेन्थ गुमाउनु हुँदैन किनकी महाधिवेशन आउन अझै तीन वर्ष बाँकी छ भन्नेमा हुनुहुन्छ । यस्तोमा युवा र सिनियर नेता मिल्नुपर्छ भन्ने नै छ,’ तिवारी भन्छन्, ‘तर केन्द्र र  बागमतीसहित प्रदेशमा मन्त्री चयनमा महामन्त्रीलाई गरिएको बाइपास, केन्द्रीय समितिको परिदृश्यले पब्लिकमा गगन र शेखरबीच सम्बन्धमा चिसोपन छ भन्ने सन्देश प्रष्टै  गएको छ ।’

शेखर र गगनको टिम नै फरक
यसअघि शेखर समूहको भेलामा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार कोइराला नै हुन् भनेका धनराजले फेरि यही अडान दोहार्‍याएका छन् । ‘मैंले त शेखर कोइरालालाई अघि बढ्नुहोस् भनिसकेको छु । अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्न म चाहन्नँ । तर १५औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने नै हो । सभापतिमा शेखरलाई स्थापित गर्ने नै हो ।’ यसअघि काठमाडौंमा भएको समूहको भेलामा गुरुङले आफूहरू शेखरकै नामबाट अगाडि बढेको भन्दै १५औं महाधिवेशनमा सभापतिमा उठाउने बताएका थिए ।

शेखरका पक्षमा उपसभापति धनराज मात्रै होइन सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारको पनि गुरुङकैजस्तो मत छ । डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, हृदयराम थानी, भुपेन्द्रजंग शाही र सञ्जय गौतमसहितका नेता पनि शेखरतिरै देखिन्छन् । शशांकको प्रष्ट धार नभएको र सुजातालाई स्वास्थ्यले साथ नदिएपछि शेखरले अझै पनि कोइराला विरासत थाम्ने आशा धेरैमा देखिन्छ । 

यता गगन थापा भने युवा विचार समूहका नेताको रूपमा आफूलाई उभ्याउँदै आएका छन् । उनलाई महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेलको मुख्य साथ छ । त्यस्तै अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसी, अजयबाबु सिवाकोटीसहितका नेताको साथ गगनलाई देखिन्छ । लोकप्रियताको कारण एक दिन पार्टीको फर्स्ट म्यान गगन बन्न सक्ने आशामा उनलाई साथ दिन तयार रहने थुप्रै नेता रहेको बताइन्छ । 

केन्द्रीय समिति बैठकमा गगनलाई शेखर समूहकै नेताले दिएनन् साथ
२ देखि १० साउनसम्म चलेको केन्द्रीय समिति बैठकमा शेखर पक्षका सांसदले गगनको मुद्दामा साथ नै दिएनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने गगनको अडानमा शेखर पक्षका केन्द्रीय सदस्यले खुलेर मत राखेनन् । बरु शेखरले संयमित राजनीति गरेको भन्दै देउवा पक्षका रामहरि खतिवडासहित नेताबाट प्रसंशा नै पाए । देउवा समूहका हर्ताकर्ताले शेखरको प्रसंशा गर्ने तर, महामन्त्रीविरुद्ध आलोचना गर्ने क्रम चलेको थियो । शेखरले पनि नेतृत्वको आलोचनामा समय खर्चिएनन् यसले पनि गगन पक्षलाई झस्काएको बताइन्छ । 

यतिमात्रै होइन २ गते केन्द्रीय समितिको बैठक हुनुअघि के एजेण्डामा प्रस्तुत हुने भनेर शेखर र गगनले छलफल पनि गरेनन् । ‘यसअघि सभापतिविरुद्ध कसरी प्रस्तुत हुने भनेर केही दिन अगाडिदेखि छलफल हुन्थ्यो तर, एक वर्षमा बस्न लागेको बैठकअघि शेखर र गगनबीच एजेन्डाबारे सामान्य छलफल पनि भएन,’ एक नेता भन्छन्, ‘जबकि शेखरलाई कुनै बेला सभापतिलाई भेट्न जान पनि टाइम थिएन । अहिले केन्द्रदेखि प्रदेशसम्म उहाँले भनेका मान्छे मन्त्री भएका छन् । उहाँलाई वरिष्ठ नेता बनाइएको छ । केन्द्रीय कार्यालयमा व्यवस्थित कार्यकक्ष दिइएको छ । तर यसैका लागि लड्ने नेतालाई नजरअन्दाज गर्न खोजिएको यो राम्रो संकेत होइन ।’

एउटै बाटो समात्दा दुवैको हित
कांग्रेस र शेखर कोइरालालाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य उमेर, पृष्ठभूमि र विरासत फरकफरक भएकोले पनि शेखर र गगनबीच केही स्वाभाविक अन्तर देखिएको बताउँछन् । 

‘राजनीतिमा उमेर, पृष्ठभूमि, पारिवारिक विरासतले पनि धेरै कुरामा फरक पार्छ । यी दुई नेताबीचको सबै पृष्ठभूमि फरक छ,’ आचार्य भन्छन्, ‘शेखर पारिवारिक र परम्पराबाट राजनीतिमा उदाए । यसैले सबैलाई मिलाएर जाऊँ भन्ने मान्यता देखिन्छ । गगन सडकबाट उदाए । यसैले उनमा ज्यादा परिवर्तनको हुटहुटी देखिन्छ । यी दुवै फरक अवस्थालाई मिलाएर लान सक्दा दुवैको हित हुन्छ ।’

मिलेर नजाँदा दुवैले क्षति बेहोनुपर्ने उनी बताउँछन् । ‘राजनीतिमा विभिन्न घटना घट्छन् । नेपालको राजनीतिमा पनि दुई जनालाई भिडाउन पाए आफूहरूको उद्देश्य पूरा हुन्थ्यो भन्ने सोचाइ धेरैमा देखिन्छ । शेखरसँग गगनलाई परास्त गरेर जानुपर्छ भन्ने पनि होलान् । शेखरविरुद्ध लाग्नुपर्छ भनेर गगनलाई उक्साउने स्वार्थी समूह पनि होलान्,’ आचार्य भन्छन्, ‘दुवैको मध्यमार्गी नेता हुन् । यसैले परम्पराको राजनीति गर्ने शेखर र परिवर्तनको राजनीति शेखरको अनावश्यक द्वन्द्वले दुवैलाई हानी गर्छ । यसैले पृथक होइन एउटै बाटो समात्दा मात्रै दुवैको हित हुने देखिन्छ ।’

दुवैमा फरक उमेर समूहका मानिसलाई सँगै लिएर अगाडि बढ्ने अभ्यास नभएकोले केही समस्या देखिएको आचार्य बताउँछन् । 

गगनले एकातिर आफूलाई युवा विचारधाराका नेताको रूपमा प्रस्तुत गरिरहेका छन् । देशभर अभियान चलाउने घोषणा उनले केही समय अगाडि नै गरेका थिए । तर, थापाभन्दा पनि अगाडि गुरुराज घिमिरेहरूले देशव्यापी अभियान चलाए । नेता गुरुराज घिमिरे पनि पार्टीप्रति भरोसा र विश्वास दिलाउन पनि शेखर र गगनसहितका युवा नेता मिलेर अगाडि बढ्नुपर्ने बताउँछन् । ‘नागरिकमा देखिएको चरम वितृष्णाविरुद्ध केही न केही सकारात्मक कदम चाल्न आवश्यक । आपसमा नै विवाद र गुटबन्दी गरेर अगाडि जाने हो भने कसैको पनि हितमा छैन,’ घिमिरे भन्छन्, ‘साँँच्चै नागरिकप्रति र पार्टीप्रति सम्वेदनशील हुने हो भने फरकफरक हिँडेर काम छैन । विचार मिल्नेहरू एउटै मोर्चा बनाएर अगाडि बढ्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x