×

NMB BANK
NIC ASIA

कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति अघि थरिथरि दबाब समूह सक्रिय, घोषणापत्रकै तयारीमा हिन्दूवादी

काठमाडाैं | फागुन १, २०८०

NTC
Premier Steels

फागुन ७ गतेदेखि शुरू हुने नेपाली कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मूल प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । 

Muktinath Bank

तर, पार्टीका मुख्य प्रस्तावलाई पनि चुनौती दिने गरी डा. शेखर कोइराला, हिन्दू धर्म पक्षधर केही नेता र विभिन्न युवा नेताले पनि दबाबमूलक विषय प्रवेश गराउने तयारी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरू प्रतिवेदन र प्रस्तावलाई पार्टीले औपचारिक रूपमा अन्तिम रूप दिइरहेका बेला हिन्दू धर्मको विषयमा पनि दबाब दिने गरी नेताहरूले तयारी थालेका हुन् । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वका सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले महासमिति बैठकका लागि घोषणापत्र नै जारी गर्ने जनाएको छ । आइतबार काठमाडौंमा बसेको महाअभियानको बैठकले महासमिति बैठकका लागि एजेन्डा तय गर्ने र घोषणापत्र सार्वजनिक निर्णय गरेको छ ।

Vianet communication

बैठकले महाअभियानको सह–संयोजकमा देवेन्द्रराज कंडेल र लोकेश ढकाललाई चयन गरेको छ । कोषाध्यक्षमा भानुभक्त ढकाल र सल्लाहकार परिषद्को संयोजकमा लक्ष्मणप्रसाद घिमिरेलाई जिम्मा दिइएको थियो । 

‘आजैको बैठकबाट नेपाली कांग्रेसको आसन्न महासमिति बैठकपूर्व नै फागुन ५ गतेका दिन नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेट अपरान्ह १२ः३० बजेदेखि महासमितिमा उठान गर्ने प्रमुख एजेन्डासहितको नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा–पत्र जारी गरिने कार्यकमसमेत तय भएको छ,’ महाअभियानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ज्ञातव्य रहोस्, आउँदा दिनमा चरणबद्धरूपमा यो समितिलाई विस्तार गर्दै जाने समेत निर्णय भएको छ ।’ 

अघिल्लोपटकको महासमिति बैठकमा हिन्दू राष्ट्रका लागि भन्दै हस्ताक्षर बुझाउन खोजे पनि पार्टीले स्वीकार गरेको थिएन । तर, पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवाले नै संघीयता र गणतन्त्रमाथि प्रश्न उठाउन नमिल्ने तर धर्मनिरपेक्षताका विषयमा सोच्न र छलफल गर्न सकिने बताएका थिए । पार्टी सभापतिले नै सार्वजनिक मञ्चबाट यस्तो भनेपछि पार्टीभित्रका हिन्दूवादी नेताहरू हौसिएका छन् । 

शंकर भण्डारी

यो अभियानका सह–संयोजक लोकेश ढकाल अघिल्लोपट बहुसंख्यक महासमिति सदस्यको भावनालाई पार्टीले अनादर गरे पनि यसपटक सभापतिका र शीर्ष नेताको भनाइबाट आफूहरू उत्साही भएको बताउँछन् । 

‘हामीले अघिल्लोपटक नै वैदिक सनातन हिन्दू राष्ट्र अभियानका लागि महासमितिका बहुसंख्यक साथीहरूको हस्ताक्षरलाई पार्टीमा बुझाएका थियौं । तर, पार्टीले अनादार गर्‍यो’, ढकालले लोकान्तरसँग भने, ‘तर, हामीले यो महाअभियानलाई पुनर्गठन गरेर फेरि यो विषयलाई महासमिति र त्यसपछि अगाडि बढाउने तयारी गरेका छौं । पार्टी सभापतिले सार्वजनिक मञ्च र सत्ता गठबन्धनसहित अन्तरपार्टीका विशिष्ट बैठकमा धर्मनिरपेक्षताको विषयमा कुरा उठाउन सक्ने बताएपछि हामीलाई नैतिक बल प्राप्त भएको छ । यसैले पार्टीले यसपटक सनातन हिन्दू राष्ट्रको स्वामित्व पार्टीले लिन्छ भन्नेमा हामी ढुक्क छौं ।’

देउवाले केही समयअघि नवलपुर पुगेर धर्मनिरपेक्षताको विषयमा कुराकानी गर्न सकिने बताएका थिए । 

‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र अब फर्कने कुनै सम्भावना छैन । केहीले देउवा केही दिनदेखि देखिएको गतिविधिका विषयमा बोलेनन् भनिरहेका छन् । संघीयता र गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि हामीलाई मान्य छैन,’ देउवाले नवलपुरको जिल्ला सम्मेलनमा गत मंसिर ११ गते भनेका थिए, ‘यो कांग्रेसको स्पष्ट धारणा हो । कसैले धर्मनिरपेक्षताको विषय उठाएका छन्, यसमा सोच्न सकिन्छ । पार्टीमा छलफल गर्न सकिन्छ, तर गणतन्त्र निर्विकल्प हो ।’

महासमिति बैठक शुरू हुने दुई दिनअगाडि ५ फागुनमा पत्रकार सम्मेलन गर्दै आफूहरूले हिन्दू राष्ट्रका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको ढकालले बताए । 

‘पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसहितका धेरैलाई हिन्दू राष्ट्र चाहिए पनि बोल्न सकिरहनुभएको छैन । तर, भित्रभित्रै संगठित हुने धेरैको चाहना छ,’ उनी भन्छन्, ‘कतिपयमा त्रास छ । हामी आश र त्रास मुक्त छौं । यसैले यो देशलाई  अप्ठ्यारोबाट जोगाउने नै कांग्रेसले हो । यसैले हामी यो अभियानमा छौं ।’ 

फेरि पनि हस्ताक्षरसहितका दबाबमूलक विषयलाई अघि बढाउने उनी बताउँछन् । 

अपर्झट ल्याइएको धर्मनिरपेक्षताको विषयले राष्ट्रियतालाई कमजोर बनाएको र देशको वैभव नै समाप्त पार्ने काम गरेकाले आफूहरू सक्रिय हुनुपरेको उनी बताउँछन् । 

‘वैदिक सनातन हिन्दू राष्ट्रको विषय धर्मसँग मात्रै सम्बन्धित छैन । वैदिक सनातन धर्मले राष्ट्रियतालाई बलियो बनाउँछ । हिमाल, पहाड र तराईलाई जोड्छ,’ ढकाल भन्छन्, ‘हामीलाई बलियो बनाउने वैदिक सनातनी धर्म र परम्परा हुन्, वैभव हुन् । यसैले रातारात पेलेर यस्ता वैभवको जरोकिलो फालेर धर्मनिरपेक्षता बनाउँदा देश कमजोर भएकाले यो अभियानमा छौं ।’ 

यस्तो अभियानमा डा. शशांक कोइराला, भीम पराजुली, तारानाथ रानाभाट, मोहनबहादुर बस्नेत, पुष्पा भुसालसहितका नेताहरूको पनि दरिलो साथ रहेका नेताहरू बताउँछन् । थप केन्द्रीय सदस्यसँग संवाद गरेर अभियानमा जोड्ने तयारीमा रहेको ढकालले बताए । 

सभापति शेरबहादुर देउवा

संविधान आएपछि कांग्रेसले विधान संशोधन गरे पनि यसमा गणतन्त्र, संघीयता, समावेशिता जस्ता मुद्दाको विषयलाई प्राथमिकतासाथ उठाएको छ । तर, धर्मनिरपेक्षता भन्ने शब्दावली कांग्रेस विधानको प्रस्तावना, आदर्श र उद्देश्य खण्डमा उल्लेख नहुनुलाई नेताहरू कांग्रेसले ठाउँका रूपमा व्याख्या गर्छन् । सांस्कृतिक एवं धार्मिक अधिकार मात्रै भनेर धर्मको विषयलाई टुंग्याउनुले हिन्दू धर्मको विषयलाई लिएर नरम बन्न सकिने संकेत कांग्रेसको रहेको दाबी ती नेताहरूको छ । 

गत निर्वाचनबाट स्वतन्त्र दलहरू उदाएकाले, राष्ट्रियता, हिन्दू धर्मजस्ता कार्ड फ्याँकेर चुनावमा जान सकिए बलियो प्रभाव जमाउन सकिने तर्कसमेत केही नेताले गर्दै आएका छन् । विकास र समृद्धिभन्दा हिन्दू कार्ड धेरै नै बलियो हुने भन्दै यसलाई पार्टीले औपचारिकरूपमा बोक्नुपर्ने दबाबसमेत कांग्रेसमा केही नेताले बनाउने गरेका छन् । 

अरूका पनि उत्तिकै दबाब

पार्टीले संस्थागतरूपमा राजनीतिक, सांगठनिकसहितका प्रस्ताव ल्याउने तयारी गरे पनि अरू नेताले पनि विभिन्न माग राख्दै आ–आफ्ना एजेन्डा अगाडि सार्ने तयारी गरेका छन् । हिन्दूवादीले घोषणापत्र नै जारी गरेर एजेन्डा राख्ने, हस्ताक्षर बुझाउने तयारी गरिरहेका बेला डा. शेखर कोइरालाले पनि महासमितिका लागि अनलाइनमार्फत सुझाव दिन नागरिकमा अपिल गरेका छन् । युवा नेताद्वय नैनसिंह महर र भुपेन्द्रजंग शाहीले महासमितिमा युवाको एजेन्डा अगाडि सार्न सुझाव माग गरेका छन् । महरले प्रवासमा रहेका नेपालीको सुझावलाई समेट्न जनसम्पर्क समितिका पदाधिकारीसँग छलफल गरेका छन् । उनले थप सुझाव पनि मागेका छन् ।

शाहीले देश दौडाहाका क्रममा नागरिकले भोग्नुपरेका समस्यालाई लिएर १५ बुँदामा प्रस्ताव तयार गरेको बताएका छन् । पार्टीले औपचारिक रूपमा प्रस्ताव र प्रतिवेदन पेश गरे पनि आफूले पनि पूरक प्रस्तावमा रूपमा नागरिकका सरोकारका विषयलाई महासमितिमा लैजाने उनी बताउँछन् । विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान र सीप नेपालको हितका निम्ति लगाउन सक्नुपर्ने उनको भनाइ छ ।

शाहीले आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनु पर्ने, एक व्यक्ति एक जिम्मेवारी, सम्पत्ति छानबिनका लागि आयोग गठन, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अवसरको समान वितरण, दुई–दुई वर्षमा वडा अधिवेशन, जातीय/धार्मिक विवादमा पर्न नहुने, गठबन्धन गर्न नहुने, भ्रातृ संस्थालाई प्रभावकारी बनाउनुपर्ने र युवालाई अवसर दिनुपर्नेसहितका माग गरेका छन् ।

अरू नेताले पनि महंगी, मूल्यवृद्धि, बेरोजगारी, पार्टीमा अवसर नपाउनेसहितका विषयलाई लिएर पार्टीभित्र दबाब बढाउने तयारी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x