×

NMB BANK
NIC ASIA

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य नै थियौँ, सत्यबाटै आएका हौँ । सत्य नै छौँ र सत्यकै खोजमा हिँडेका छौँ । अन्य सत्य धेरै हुन सक्छन् । एउटाले देखेको वा एउटालाई लागेको सत्य अर्काेलार्ई लागेको वा अर्कोले देखेको सत्य । तर आफू भनेको आफैँ हो जुन एउटै हुन्छ । यसै पनि अरूलाई ढाँट्न सकिन्छ । कसैले केही समय ढाँट्ला, कसैलाई धेरै समय ढाँट्ला । हुन सक्छ कसैलाई सँधैभरी पनि ढाँट्न सकिएला तर आफूलाई भने मरिकाटे सकिन्न । 

Muktinath Bank

दार्शनिकहरू सत्य तीन किसिमको हुन्छ भन्छन् । व्यावहारिक सत्य, प्रातिभाषिक सत्य र पारमार्थिक सत्य । व्यावहारिक सत्य भनेको गुलियो मीठो लाग्नेलाई गुलियो नै सत्य हो भने रातो राम्रो लाग्नेलाई रातै सत्य हो । त्यस्तै तातो र जमेको  पानी छुँदा लाग्ने पानीको ज्यादा तातो ज्यादा चिसो प्रातिभाषिक सत्य हो । यस्ता सत्य परिवर्तन हुन सक्छ तर पारमार्थिक सत्य परिवर्तन हुँदैन । किनकि त्यो परम सत्य हो । सत्यको पनि सत्य । हो, आफू त्यही सत्य हो । यसलाई हामी निम्न उदाहरणबाट अझ बढी प्रष्ट हुन सक्छौँ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानौँ हामी कतै जाँदैछौँ । ठूलै दुर्घटनामा पर्यो । आसन्न मुत्युको मुखमा छौँ । दुर्घटा जुन पनि हुन सक्छ । हवाइजहाज, पानीजहाज, मोटर गाडी यस्तै–यस्तै । यतिबेला सर्वप्रथम के गर्छौँ ? धनसम्पत्तिको सम्झना गरिएला, घरपरिवारको सम्झना होला, साथमा भएको सन्तान र सम्पत्तिको सम्झना होला । जबसम्म सकिन्छ तिनलाई बचाउने प्रयास गर्छौँ जब सकिन्न भन्ने प्रष्ट हुन्छ तब तिनलाई त्यहीँ छाडेर आफैँलार्ई बचाउनतिर लाग्ने गर्छौँ । होकि होइन ? यदि हो भने यही नै हो आफू नै सत्य भएको पहिलो प्रमाण हो । 


Advertisment
Nabil box
Kumari

सबैले आफूलाई नै सत्य देखेकाले, सबैलाई आफू नै सत्य लागेकाले नै त त्यसलाई बचाउने प्रयास गरियो । नत्र त आफूलाई छाडेर अरूलाई नै बचाउन खोजिहालिन्थ्यो नि । आफू सत्य थियो, त्यसलाई बचाउनै पर्ने थियो, आफू रहेपछि मात्र सुन र सन्तानको अर्थ थियो  त्यसैले आफैँलाई बचाउनतिर लागियो । 

Vianet communication
Laxmi Bank

अब आउनुस् दोस्रो उदाहरण पनि हेरौँ । जस्तो– हाम्रो शरीर पञ्चमहाभूतले बनेको छ । पञ्चमहाभूतमा पृथिवी, जल, तेज, वायु र आकाश पर्छन् । यी एकपछि अर्को शूक्ष्म हुँदै गएका छन्, जुन सबै सत्य हुन् । आकाश सत्य हो । सत्य भएकैले एउटै छ र सर्वव्यापक पनि छ । भले घटाकाश र मठाकाशको कुरा गर्न सकिएला, तर ती सबै महाकाशकै अङ्ग हुन् । किनकि घटमा र मठमा आउनुपूर्व ती एउटै थिए । घट र मठको अवसानपछि पनि एउटै रहने छन् । 

वायुको अवस्था पनि त्यस्तै हो, तेजको अवस्था पनि त्यस्तै हो । जल र पृथिवीको अवस्था पनि त्यस्तै हो । यी सबै एउटै छन् र एउटै नै भएर रहेका हुन्छन् । यी सबैका परमाणु हामीमा सरेर आएका छन् । यिनैले बनाएका हुन्, यिनैले बचाएका हुन्, यिनैले बढाएका हुन् । त्यसैले आफ्ना लागि आफूभन्दा सत्य अर्को हुनै सक्दैन । आफूबाहेकलाई बनाउने पनि यिनैले भएकाले उनीहरूका निम्ति पनि उनीहरू नै सत्य बनेका हुन्छन् ।  

तेस्रो प्रमाण हो आफू भएपछि नै अरू हुने हुन् । यो पनि आफू सत्य भएको लर्तरो प्रमाण होइन । अरू पनि सत्य त हुन् तर पहिलो सत्य आफैँ हो । यसको अर्थ अन्य सत्यका महत्व छैन भन्ने होइन । उनीहरूका पनि आ–आफ्ना स्थानमा उत्तिकै महत्व छ । तर सर्वाधिक महत्व आफ्नै छ । किनकि आफू भएपछि नै अरू हुने हुन् । आफू भयो धन, सम्पत्ति, घरपरिवार सबै भए । आफू भएन केही पनि भएन । 

यी उदाहरणका लागि प्रस्तुत गरिएका केही प्रमाण हुन् । खोज्दै गए यस्ता उदाहरण सयौँ भेटिन सक्छन् । त्यसैले पहिलो कर्तव्य हो आफैँ सुध्रने, आफूलाई सुधार्ने । अरूलाई सुधार्न सकिन्न । किनकि त्यो आफ्नो हातमा छैन । आफूलाई सुधार्न भने सकिन्छ किनकि त्यो आफ्नो हातमा छ । अरूलाई सुधार्ने नै कुरा गर्ने हो भने भगवानले राम र कृष्णले त सकेका थिएन भने अरूको के कुरा । जब आफूलाई सुधार्न सकिन्छ त्यसपछि अरूलाई सुधार्नै पर्दैन । स्वतः सुध्रिँदै जान्छ । 

सत्य छोपियो सबै छोपियो । सत्य उद्घाटन भयो सबै देखियो । यही हो जीवन र जगत्को यथार्थ । जग नै बिग्रिएपछि, फेदमै कीरा लागेपछि, फेद नै कुहिएपछि, मूल नै सुकेपछि बाँकी के रह्यो र ? त्यसैले सर्वप्रथम सत्यलाई चिनौँ र त्यसैको सदुपयोग र संरक्षण गर्नेतिर लागौँ । बाँकी काम आफैँ हुँदै जान्छ । अस्तु ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x