फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काठमाडाैं | चैत २२, २०८०
भारतबाट विद्युत् आयात गर्ने सम्झौता नवीकरण भएपनि विद्युत् प्राधिकरणले बिजुली नदिँदा उद्योगहरू १६ घण्टासम्म लोडसेडिङ खेप्न बाध्य भएका छन् ।
राष्ट्रिय प्रसारण लाइनमा जडित ३ हजार मेगावाटमध्ये अहिले (हिउँद)को उत्पादन क्षमता जम्मा १२ सय मेगावाटमा सीमित छ । भारतबाट ५५४ मेगावाट विद्युत् आयात हुने सम्झौता केही दिनअघि नवीकरण भएको थियो ।
प्राधिकरणका अनुसार अहिले पनि २५० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निर्यात बढी देखाउने नाममा उद्योगहरूको लाइन काट्ने गरेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् । औद्योगिक क्षेत्रमा १६ घण्टासम्म लोडसेडिङ गरिरहेको प्राधिकरणले अहिलेको माग नै जम्मा १२ सय मेगावाट रहेको हास्यास्पद तर्क गर्ने गरेको छ ।
प्राधिकरणको लोड व्यवस्थापन क्षमता कमजोर देखिएको गुनासो उद्योगीहरूले गर्न थालेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म विद्युत् आपूर्ति बन्द गरिएको बताए ।
'साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म लाइट लोड (बत्ती मात्र बाल्न पाउने) बिजुली दिएको छ,' अग्रवालले भने, 'त्यसैले राति काम हुने कुरो भएन । दिनमा पनि ८/१० पटक ट्रीपिङ हुन्छ । झ्याप्प आउने, झ्याप्प जाने हुन्छ । प्राधिकरणको लोड व्यवस्थापन क्षमतामाथि प्रश्न उठेको छ ।'
उनले यसबारे प्राधिकरणसँग कुरा गरेको तर सधैं ट्रान्समिसन लाइन नभएकाले समस्या भएको जवाफ पाउने गरेको बताए । उनले लोडसेडिङकै कारण उद्योगको उत्पादन क्षमता ३० प्रतिशतमा खुम्चेको गुनासो गरे ।
राम्रोसँग लोड व्यवस्थापन हुन् नसक्दा विराटनगर, वीरगन्ज, बुटवल, भैरहवा आसपासका क्षेत्र र औद्योगिक कोरिडोरमा पनि विद्युत् आपूर्ति नियमित हुन सकेको छैन ।
वीरगञ्जको अवस्था : उद्योग क्षेत्र ध्वस्त हुने बाटोमा
प्राधिकरणले निकालेको सोमबारको तालिकामा १२ मेगावाट आवश्यक रहेको वीरगञ्ज कोरिडोरमा रातिको १२ बजेदेखि दिउँसोको १२ बजेसम्म जम्मा ६ मेगावाट बिजुली उपलब्ध गराइएको छ ।
वीरगञ्ज औद्योगिक कोरिडोरमा दिउँसोको १२ बजेबाट साँझको ६ बजेसम्म करिब ४ दशमलव ५ मेगावाट र साँझको ६ बजेदेखि बिहानको ७ बजेसम्म ८ सय किलोवाट मात्र लोड दिइएको प्राधिकरणले जनाएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले भने, 'यो कोरिडोरमा करिब १३ घन्टा विद्युत् कटौती हुन थालेको छ । यसअघि बिहान र साँझ बत्ती बाल्नका लागि मात्र बिजुली आउने गर्थ्यो । अब अहिले दिउँसो पनि थोरै विद्युत् आउने गर्छ । प्राधिकरणको व्यवस्थापन क्षमता नपुगेकै कारण उद्योग क्षेत्र ध्वस्त हुन थालेको छ ।'
मोरङ सुनसरी कोरिडोरमा पनि उस्तै
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी अविनाश बोहोराले मोरङ-सुनसरी औद्योगिक कोरिडोरमा अहिले विद्युत् आपूर्ति थप अनियमित हुन थालेको बताए ।
उनले भने, 'सुख्खा याम हो भन्ने हामीलाई थाहा छ । तर घोषितरूपमै यति घण्टा उद्योग चलाऊ भनेर भनिदिए हामीलाई सहज हुन्थ्यो । १२/१४ घण्टासम्म विद्युत् आउँदैन । आएको बेलामा पनि झ्याप्पझ्याप्प जान्छ । यसले हामीलाई हैरान बनाएको छ ।'
यसअघि विद्युतको समस्या केही हदसम्म समाधान भएको भए पनि पछिल्लो समयमा थप अनियमित हुँदै गएको उनको भनाइ छ ।
‘अहिले उद्योग पहिलाकोजस्तो गतिमा चलेको छैन,' उनले भने, 'विद्युतकै कारण प्रोडक्सन र क्वालिटी लस हुन्छ । झ्याप्पझ्याप्प आउनेजाने गर्दा हाम्रो मशिन बिग्रेर दु:ख दिन्छ । झ्याप्पझ्याप्प विद्युत् जान थालेपछि हामीले लोडसेडिङ तालिका पठाउन पनि भनेका थियौं ।'
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले ह्वाटसएपमार्फत सूचना पठाएर प्राधिकारणले विद्युत् काट्ने गरेको बताए ।
'लोडसेडिङकै कारण उद्योग धन्दाहरूले ८० प्रतिशत उत्पादन कटौती गरेको अवस्था छ,' उनले लोकान्तरसँग भने, 'सुख्खा याम शुरू भएसँगै विद्युत् कम आपूर्ति हुन्छ, यसको असर हामीले भोगेका छौं ।'
बुटवल-भैरहवा क्षेत्रमा दैनिक १२ घण्टासम्म गायब हुन्छ बिजुली
बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा पनि अहिले १२ घण्टाभन्दा बढी लाइन जाने गरेको छ ।
पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बुटवल-भैरहवा कोरिडोरका ठूला उद्योगले १२ घण्टासम्म निरन्तर अघोषित लोडसेडिङ खेप्दै आएको बताए ।
‘विगत दुई साढे दुई महिनादेखि यस क्षेत्रका उद्योगले अघोषित लोडसेडिङको मार खेपिरहेका छन्,’ महाप्रबन्धक साहुले भने, ‘लोडसेडिङको तालिका दिनुहोस् भनेर प्राधिकरणको कार्यालयमा जाँदा लोड व्यवस्थापन हो लोडसेडिङ होइन भन्छ । माथिबाट निर्देशन आएको छ, लाइन पूरा दिन सक्दैनौं भन्छन् । यसले गर्दा उत्पादनमा निकै समस्या भएको छ ।’
उनले बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म लाइन कटौती हुने गरेको बताए ।
भैरहवा-लुम्बिनी कोरिडोरमा अघोषित लोडसेडिङको समस्या झनै धेरै रहेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले बताए ।
'प्राधिकरणले नियतवश नै बुटवल-भैरहवा क्षेत्रमा लाइन काटिरहेको उनको दाबी छ ।
‘हामीले प्रदेश हेर्ने हाकिमलाई किन यस्तो भइरहेको छ भनेर भेट गरी छलफल गर्यौं,’ भट्टराईले भने, ‘भेटमा सिस्टम गएको हो भन्छन् । सधैँ सिस्टम त जाँदैन होला नि ? प्राधिकरणको लापरवाही हो कि लोडसेडिङ हो उद्योगीले बुझ्न सकेका छैनन् । जसले गर्दा उद्योगी समस्यामा परेका छन् ।’
रुपन्देही सबैभन्दा धेरै ठूला उद्योग भएको जिल्लामा पर्छ । सहज नाका र सस्तो जग्गाका कारण उद्योगीहरूले रुपन्देहीमा लगानी गर्न रुचि देखाउँदै आएका छन् । तर, प्राधिकरणका कारण यस क्षेत्रमा उद्योगले ठूलो संकट भोगिरहेको अन्य कतिपय उद्योगीहरूको गुनासो छ ।
के भन्छ प्राधिकरण ?
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले पछिल्लो समय वितरणमा असमानता देखिएको स्वीकारे । उनले भने, 'उत्पादन घटिरहेको छ, त्यहीअनुसार विद्युत् व्यवस्थापन गर्न गाह्रो परिरहेको हो ।'
उनले अहिले देशभरका उद्योग तथा कलकारखानाले ६ सय ५० मेगावाटसम्म खपत गरिरहेको बताए । 'उद्योगीहरूले भनेजस्तो ठूलो समस्याचाहिँ होइन,' उनले भने, 'अहिले कतिपय ठाउँमा निर्माण कार्य चलिरहेको छ, हावाहुरीको सिजन पनि छ । एकाध प्राविधिक समस्यालाई लिएर लोडसेडिङ नै भयो भन्नुपर्दैन ।'
यसअघि २४ सै घण्टा विद्युत् दिँदै आएको भारतले बिहान ६ देखि बेलुका ६ बजे (सोलार आवर)सम्म मात्र विद्युत् दिने गरी नेपालसँग सम्झौता गरेको छ ।
सम्झौता नवीकरणसँगै चैत १९ गतेबाट ३ महिनासम्मका लागि ढल्केबर-मुजफ्फरपुर लाइनबाट ५ सय मेगावाट र टनकपुरबाट ५४ मेगावाट विद्युत् नेपाल आउने गरेको छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...