×

NMB BANK
NIC ASIA

‘क्याप’ कार्यान्वयनमा गृहकै आलटाल

कहाँ अड्कियो नाकामा ‘भेइकल स्क्यानर मशिन’ राख्ने प्रस्ताव ?

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

प्रमाणमा आधारित र इन्टलिजेन्सको माध्यमबाट अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले २०७१/७२ मा अपराध कार्य योजना (क्याप) तयार पारेर कार्यान्वयनमा ल्यायो । 

Muktinath Bank

खासगरी अपराध अनुसन्धानमा जनशक्ति विशिष्टीकरण र अनुसन्धानका लागि आवश्यक स्रोत साधन सम्पन्न बनाउने मुख्य लक्ष्य क्यापको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सय नौ वटा गतिविधि सञ्चालन गर्ने लक्ष्यसहित शुरू गरिएको क्याप कार्ययोजनाको मुख्य लक्ष्य भने अहिलेसम्म पूरा हुन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

जनशक्ति विशिष्टीकरणअन्तर्गत अपराध अनुसन्धान अधिकृतको संख्याको १० प्रतिशत पुर्‍याउने र अपराध अनुसन्धानलाई आवश्यक पर्ने भौतिक पूर्वाधारमा जोड दिने क्यापको मुख्य उद्देश्य थियो । 

Vianet communication

कार्यक्रमका लागि शुरूको वर्ष १३ करोड बजेट छुट्याइएकोमा अहिले बर्सेनि घटेर ७ करोड पुर्‍याइएको छ । अपराध अनुसन्धान विभागका तत्कालीन प्रमुख एवं पूर्व एआईजी सुरेन्द्रबहादुर शाहको कार्यकालमा शुरू भएको क्याप अहिले पनि सुचारु छ । 

अपराध अनुसन्धानका लागि आवश्यक पर्ने स्रोतसाधन अन्तर्गत डिजिटल फरेन्सिक ल्याब, क्रिमिनल रेकर्ड सिस्टम, विधि विज्ञान प्रयोगशाला क्यापअन्तर्गतकै योजना थियो । 

केन्द्रमा यी प्रयोगशाला रहे पनि प्रदेशमा समेत विस्तार गर्नुपर्ने प्रस्ताव प्रहरी मुख्यालयले गृह मन्त्रालयमा पेश गरेको थियो । तर, बजेट अभाव भन्दै गृहले रोेकेको छ । 

अहिले प्रहरीमा जनशक्ति विशिष्टीकरणअन्तर्गत २ सय २१ वटा युनिटमा अनुसन्धान अधिकृतहरूले काम गर्छन् । कूल प्रहरीको ६ प्रतिशत हाराहारीमा मात्रै अनुसन्धान अधिकृत छन् । तर, क्याप शुरू हुने बेलामा १० प्रतिशत पुर्‍याउने लक्ष्य थियो । 

अपराध अनुसन्धान विभागका प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार जनशक्ति विशिष्टीकरणअन्तर्गत नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा समिति गठन भएको थियो । 

समितिले जनशक्ति विशिष्टीकरणको विषय भर्ना प्रक्रियामै मिलाउनुपर्ने सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा पठायो । दरबन्दी थप गर्ने नीति सरकारको नरहेको भन्दै उक्त सुझाव कार्यान्वयनमा ल्याएन । 

पुनः गत साउनमा प्रहरी मुख्यालयले प्रहरी नियमावली संशोधन गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको थियो । तर, गृहले प्रहरी ऐनमै संशोधन गर्नुपर्ने भनेर जवाफ पठाएपछि मुख्यालयले गत माघमा ऐन संशोधनको प्रस्ताव गर्‍यो । प्रहरीको उक्त प्रस्ताव संघीय प्रहरी ऐनमै समेटिने भन्दै गृहले अहिले केही कदम चालेको छैन । 

विभागका अनुसार क्यापले विधि विज्ञान प्रयोगशालामा प्रयोग हुने साधन, सबुत प्रमाण संरक्षण गर्ने ‘कोल्ड इन बक्स’ र यसका लागि आवश्यक पर्ने दराज, घटनास्थलमा प्रयोग हुने किट बक्स, फ्रिंगर प्रिन्ट स्क्यानर मशिन, डिजिटल फरेन्सिक ल्याबजस्ता सामग्री उपलब्ध गराउने योजनाअन्तर्गत केन्द्रमा राखिए पनि प्रदेशमा पनि आवश्यक पर्ने देखिन्छ । 

विभागका प्रमुख तामाङले लोकान्तरसँग भने, ‘अहिले भिसेरा टेस्ट गर्नुपर्‍यो भने केन्द्रमा रहेको प्रयोगशालामा ल्याउनुपर्ने अवस्था छ, प्रत्येक प्रदेशमा प्रयोगशाला स्थापना गर्न सकियो भने अपराध अनुसन्धानमा थप टेवा पुग्छ ।’ 

धरान र नेपालगञ्जमा विधिविज्ञान प्रयोगशाला भएपनि उपलब्ध स्रोतसाधनको अभावमा धेरैजसो टेस्टका लागि केन्द्रमै ल्याउनुपर्ने अवस्था छ । 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रहरी मुख्यालयको प्रस्तावबारे छलफल भइरहेको बताए । 

उनले भने, ‘जनशक्ति विशिष्टीकरणअन्तर्गत अहिले तत्काल दरबन्दी बढाउने कुरा भएन, भएकै जनशक्तिलाई स्वदेश तथा विदेशमा तालिम दिएर बढाउनुपर्छ ।’ 

उनले विभिन्न प्रयोगशाला बनाउने र त्यसमा सामाग्री खरिदका विषयमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति भएपनि आवश्यकताका आधारमा खरिद प्रक्रिया अगाडि बढाउन प्रहरी मुख्यालयलाई निर्देशन दिइने बताए । 

नाकामा 'भेइकल स्क्यानर' मशिन राख्ने योजना अलपत्र

प्रहरी प्रधान कार्यालयले नागढुंगामा 'भेइकल स्क्यानर' मशिन राख्ने भन्दै आफ्नो वार्षिक कार्ययोजनामै समेटेको थियो । तर, अहिलेसम्म उक्त योजना अगाडि बढेको छैन । बरु सडक विभागले नागढुंगामा सीसीटीभी जडान गरिरहेको छ । ठूला गाडीको फूल स्क्यानिङ हुने मशिन भने चन्द्रागिरि नगरपालिकास्थित गुर्जुधारा दूरसञ्चारमा सडक विभागले नै जडान गर्ने भएको छ ।

नगरपालिकाका मेयर घनश्याम गिरीले अघिल्लो कार्यकालमै नागढुंगामा स्क्यानर मशिन राख्ने निर्णय गरेका थिए । तर, सुरुङ मार्ग निस्किने बाटो नागढुंगामा नपर्ने भएपछि उनले त्यस कामबाट हात झिकेका छन् । उनले भने, ‘पहिला हाम्रो नगरपालिकाले राख्ने निर्णय पनि गरेका थियौं, अहिले सडक विभागले सुरुङ मार्गको लिंक रोडमा राख्ने भनेपछि हामी ब्याक हटेका हौं । तर, प्रहरीलाई आवश्यक अन्य स्रोतसाधन जुटाउने विषयमा हामी छलफलमै छौं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x