×

NMB BANK
NIC ASIA

प्रचण्ड भन्छन- 'चितवनका जनताले हराएमा स्वीकार गर्न तयार छु'

कात्तिक २०, २०७४

NTC
Premier Steels
चितवन १९ कात्तिक - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताउनुभएको छ । 

चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रचण्ड जिताउ अभियानको आज उद्घाटन गर्नुहुँदै उहाँले राजनीतिक स्थिरताका लागि वामपन्थीको सरकार हुनु जरुरी रहेको औँल्याउनुभयो । अहिलेको निर्वाचनले त्यो योजना पूरा हुने भन्दै अध्यक्ष दाहालले त्यसपछि विकासले गति लिने जिकिर गर्नुभयो । 

कात्तिक १६ गते चितवन क्षेत्र नं ३ को प्रतिनिधि सभामा उम्मेदवारी दर्तापछि चुनावी प्रचार अभियानमा सक्रिय रहनुभएका अध्यक्ष दाहालले कम्युनिष्ट शक्तिको एकताका लागि वाम गठबन्धन गरेको दोहो¥याउनुभयो । उहाँले यसपटकको पार्टी एकीकरणको प्रयास सफल भएरै छाड्नेसमेत उद्घोष गर्नुभयो । 

आफूले चितवनमा ठूलो संघर्ष गरेको उल्लेख गर्दै उहाँले चितवनका जनताले आफूलाई जिताएरै छाड्ने दाबी गर्नुभयो । जनताले हराएमा स्वीकार गर्न तयार रहेको दाहालको भनाइ थियो । चितवनको विकासलाई प्राथमिकता दिँदै नमूना जिल्ला बनाउने योजना आफूसँग रहेको समेत उहाँले बताउनुभयो । 

यसअघि आज बिहान पश्चिम चितवनको चनौलीमा संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै उहाँले अबको आवश्यकता स्थिर सरकार निर्माण गरी विकासलाई अगाडि बढाउने रहेको बताउनुभएको थियो । 

उहाँले सो क्रममा चितवनको विकाससँगै देशकै नेतृत्व गर्ने लक्ष्यसहित चितवनमा आएको समेत बताउनुभएको थियो । चितवनमा पछिल्लो समयमा चुनावी कार्यक्रम तीव्र हुन थालेका छन् । दाहालको प्रतिस्पर्धीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट उहाँ चुनावी मैदानमा हुनुहुन्छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x