पुस २७, २०८०
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
तिमी आउने बाटोमा फूल रोपिदिएँ तिमी आइनौ
देउरालीमा कसम खाई माया लाउँछु भन्थ्यौ किन लाइनौ
स्याङ्जा बजारदेखि केही टाढाको गाउँमा यही गीतका गायक डिजराज पौडेल र अन्य कलाकारको टोली कार्यक्रमका लागि पुगेको थियो । भोलिपल्ट हुने कार्यक्रमका लागि गाउँ पुगेका डिजराज पौडेल लगायतको टोलीलाई भेट्न गाउँले उनीहरु बसेको होटलमै आइपुगे ।
ती गाउँलेसँगै एक युवा पनि उनलाई भेट्न आए । यस्ता घटना त अरु पनि छन् तर ती युवालाई डिजराजले अझै पनि सम्झिरहेका छन् ।
कारण के रहेछ भने डिजराजलाई भेटेर लामो समय अंकमाल गरेका थिए । अंकमाल गरेर उनले आफ्नो पीडा सुनाएका थिए डिजराजसँग उनले सुनाइरहेका थिए, ‘दाजु, देउरालीमा चोखो माया लाउने कसम खाएकी केटीले छोडेर गई, तपाईले गीत त मेरै लागि लेख्नुभएको रैछ ।’
ती युवाले प्रेमप्रतिको आफ्नो पागलपन देखाउँदै लामो समय अंगालो हालेपछि डिजराजले युवालाई सम्झाए । त्यतिबेला ती युवालाई सम्झाउन अन्य कलाकारलाई पनि हम्मे परेको थियो । त्यसैले पनि उक्त घटनाले डिजराजलाई पछिसम्म पनि ह्याङ्ग गरिरह्यो । सोचे, ‘मेरो गीत कतिपटक सुने होलान् ती युवाले?’
पैंसठ्ठी सालको आसपास ‘तिमी आउने बाटोमा’ गीतले रेडियो, टिभी तथा क्यासेटमा मात्र बज्ने मौका पाएन, धेरै युवाको मुटुमै बस्यो उक्त गीत । मनमै झुम्मियो । आफ्नो विछोडलाई अल्मलाउने विशेष गीत बन्यो उनको त्यो गीत । विछोडमा परेका युवावर्गले यो गीतलाई अझै धेरै रुचाए कि भन्ने लाग्छ गायकलाई ।
तर, डिजराजलाई यो गीतले यति धेरै चर्चा पाउला भन्ने लागेको थिएन । ‘गीत दर्शकले रुचाउलान् कि नरुचाउलान् भन्ने लागिरहेको थियो, तर गीत त सोेचेभन्दा धेरै चर्चित बन्यो ।’, डिजराजले हाँस्दै सुनाए ।
‘सुनैको दरबार’, ‘तिमी करोडमा म त रोडमा’ जस्ता ‘सोलो’ गीत गाएका डिजराजले पछिल्लो समय भने नाच्न मिल्ने खालका गीत बजारमा ल्याएका छन् । एक दशक लामो सांगीतिक यात्रामा उनले के बुझेका छन् भने अहिले दर्शक गीतको भावनामा हराउन मात्र होइन, नाच्न पनि चाहन्छन् ।
‘हाम्रो समाज स्वतन्त्र हुँदै गएको छ, पहिले एकान्तमा बसेर गीत सुन्ने दर्शक पनि आजभोलि अगाडि सरेर नाच्न अप्ठेरो मान्नुहुन्न’, उनले भने, ‘त्यसैले पनि पछिल्ला गीत नाच्न मिल्ने खालका छन् ।’
देश तथा विदेश गरी सयौंपटक स्टेजबाट हजारौं दर्शकमाझ गीत गाइसकेका डिजराजलाई भने कहिलेकाहीं नामले धोका दिन्छ । कसैले उनलाई डिजे राजु भन्दिन्छन्, कसैले दिलराज, कसैले डिजराज ।
‘कहिलेकाहीं त मिडियामा पनि नाम अर्कै आएको हुन्छ, ट्वाल्ल पर्छु ।’, यतिबेला उनी मज्जैले हाँसे ।
सहकारीको प्रबन्ध निर्देशकको जागिर छोडेर संगीतलाई नै पूरै समय दिएका डिजराजले संगीत क्षेत्रमा व्यस्त भएकैले गर्दा जागिर छोड्नुपरेको बताए । ‘धेरै दिनका लागि पनि कार्यक्रममा गइरहनुपर्ने भएपछि जागिरको समय मिलेन, बरु परिवारलाई समय दिएको छु ।’, उनले थपे ।
‘जहाँ गएपनि ‘तिमी आउने बाटोमा’ गीत नगाई सुखै छैन’, उनले थपे, ‘यो गीत त मेरो सांगीतिक यात्रामा कोशेढुंगा नै बन्यो नि ।’
यही गीतले उनले फ्यान पनि टन्नै कमाएका रहेछन् । गीत सुन्ने सबैले त डिजराजलाई चिन्दैनन् तर चिन्ने फ्यानहरुले भने उनलाई गुनासो पोखिरहेका हुन्छन् । कहिलेकाहीं त महिला साथीहरुले आफ्नो डिभोर्ससम्मको कहानी सुनाउन भ्याएका हुन्छन् । ‘गीतले यस्तो सम्बन्ध जोडिदिएछ कि, कति महिला प्रशंसकले त आफ्ना समस्या नै सुनाउनुहुन्छ,’ उनले आफ्नो गीत सम्झँदै भने, ‘शायद उहाँहरुले मैले प्रेममा परेको सोच्नुहुन्छ होला, तर म मेरी पत्नी र छोरासहितको परिवारसँग खुशी छु ।’
आफ्ना अन्य गीतले यो गीतको उचाईलाई छुन नसकेपनि उनी भने आफ्ना सबै गीत उत्तिकै हिट भएको बताउँछन् । ‘दर्शक श्रोताले एउटै गीत रुचाउनुहुन्छ भन्ने हुन्न रैछ, कसैले कुन गीत मन प–यो भन्नुहुन्छ, कसैले अर्कै गीत रुचाउनुहुन्छ’, डिजराजले थपे, ‘सगरमाथाको आफ्नै उचाई छ, माछापुच्छ«ेको आफ्नै उचाई छ ।’
निरन्तर गीत गाएकै छन् । दर्शकले रुचाएका छन् । विभिन्न स्टेजमा गाएर दर्शक नचाएका पनि छन् । तर उनले आजसम्म कुनै अवार्ड हात पारेका छैनन् । यसमा पनि उनको आफ्नै तर्क छ । ‘दर्शक नै मेरा लागि अवार्ड हुन्’, उनले कुरैकुरामा थपे, ‘अहिले त यहाँ अवार्ड पनि चिनेजानेकाबीच सीमित गरिएको छ ।’
गायनमा मात्र नभएर संगीतमा पनि उत्तिकै सक्रिय डिजराज आफ्ना गीतमा शब्द, संगीत र स्वर आफ्नै हुने भएकाले आफू मारमा नपरेपनि धेरै संगीतकारले चाहेअनुसारको पारिश्रमिक नपाएको उनले सुनाए । ‘बरु गायक त आफै प्रस्तुतकर्ता भएकाले अलि सजिलो छ, तर संगीतकार र गीतकारलाई आर्थिक रुपमा सबल हुन गाह्रो छ ।’, उनले थपे ।
पछिल्लो समय केही मौलिक शब्दलाई समेत जोडेर नयाँ गीत रेकर्डको तयारीमा छन् डिजराज । दर्शकको मर्मलाई बुझेर रोमान्टिक गीत सार्वजनिक गर्ने सोच बनाएका छन् उनले । भन्छन्, ‘समाज फराकिलो हुँदैछ, त्यसैले मैले गीतमा केही फरक स्वाद ल्याउन खोजेको हुँ ।’
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...