फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
यही ३ मे (वैशाख २०, बिहीवार ) विश्वभरी “विश्व प्रेस स्वतन्त्रता” दिवस मनाईंएको छ । नेपालमा पनि यो दिवस पत्रकार र मिडिया संबद्ध संस्थाहरूले मनाएका छन् ।
यसरी यो दिवस मनाउँदा यसको अर्थ र मर्म तर्फ त्यति ध्यान गएको देखिँदैन, औपचारिकता मात्र पुरा गर्ने ध्येय देखिन्छ । मुलुकको वर्तमान स्तिथिमा प्रेस स्वतन्त्रताको महत्व र भूमिका निकै बढेको छ । यो अवस्थामा प्रेस स्वतन्त्रताको स्थितिको बारेमा गम्भिरतापूर्वक विचार विमर्श गरेर यसको संरक्षण र संबद्र्धनको लागि विशेष रणनीति निर्माण गर्नु आवश्यक छ ।
प्रेस स्वतन्त्रताका चुनौतिहरूको विश्लेषण गरेर तय गरिने नीतिबाट मात्र प्रेस स्वतन्त्रताको संरक्षण र संबद्र्धन गर्न सकिन्छ भन्ने कुरामा हेक्का राख्नु आवश्यक छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आव्हानमा मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघकै पहलकदमिमा यो दिवस मनाउनुबाट यसको महत्व र गरिमा कति ओजपूर्ण रहेछ भन्ने स्वतः पुष्टि हुन्छ । हरेक वर्ष यो दिवसको नारा नयाँ नयाँ दिने प्रचलन छ । यो वर्षको नारा “शक्तिको निगरानी” मिडिया, न्याय र विधिको शासन रहेको छ ।
सत्तालाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउनमा मिडियाले विशेष भूमिका निभाउनु पर्ने यो नाराको मुख्य मर्म हो । लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका हामीहरूको लागि यो नारा निकै अर्थपूर्ण र उपयोगी छ । पत्रकार र मिडियाहरुले यस्तो भूमिका निभाउन कति सक्षम छन् ? गम्भीरतापूर्वक मनन् गर्नु आजको आवश्यकता हो । राजकीय सत्तालाई जिम्मेवार र उत्तरदायी बनाउन मिडियाको साथै न्यायपालिकाले पनि भूमिक निभाउनु पर्ने यो नाराको सन्देश हो । मिडिया र न्यायपालिकाको सहकार्यमा राजकीय सत्ताको निगरानी जति बढि गर्न सक्यो उत्ति लोकतान्त्रिक अभ्यास सफल हुने सन्देश यो नाराले बोकेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकार र मिडियाको लागि मात्र सरोकारको विषय होइन । यो दिवसको सबभन्दा बढि महत्व आम नागरिकको लागि हो । तर प्रेस स्वतन्त्रता पत्रकार र मिडियाको लागि मात्र हो भन्ने भ्रमपूर्ण सोचले यसको महत्वलाई ओझेलमा पार्दै आएको छ । हरेक वर्ष हुने प्रेस स्वतन्त्रता दिवसमा आम नागरिकको त्यति चासो नहुनुले यही कुराको पुष्टी हुन्छ ।
विशेषतः राजनीति र सामाजिक सचेतना र जागरण कम भएका देशहरूमा प्रेस स्वतन्त्रताप्रति आम नागरिकको कम चासो र सरोकार रहेको पाइन्छ । नेपाल पनि यही श्रेणीमा पर्दछ । पत्रकार र मिडियाले यो दिवस आफ्नो मात्र पेवा दिवसको रूपमा बुझ्ने आम नागरिकले आफ्नो पनि दिवस हो भन्ने कुरालाई आत्मसात नगर्ने विडम्बनापूर्ण स्थिति छ । यो दिवसलाई आम नागरिकको दिवसको रुपमा स्थापित नगरेसम्म प्रेस स्वतन्त्रताको प्रयोग र अभ्यास परिणममुखी हुन गाह्रो छ ।
सूचना प्राप्त गर्ने नागरिकको नैसर्गिक हक हो । वर्तमान विश्वमा यो हकलाई अस्वीकार गर्ने देशहरू छैनन् भन्दा हुन्छ । नागरिकलाई सूचना पुर्याउने माध्यम र साधन पत्रकार र मिडिया हुन् ।
आम नागरिकमा सहज रुपमा सूचना प्रवाह गर्ने पत्रकार र मिडियाको लागि प्रेस स्वतन्त्रताको हक अनिवार्य हुन्छ । प्रेस स्वतन्त्रता नागरिकलाई सुसूचित गर्ने पत्रकार र मिडियालाई प्रदत्त हक, अधिकार हो ।
आम नागरिकको लागि यो अधिकारको प्रयोग गर्दा प्रेस स्वतन्त्रताको सदुपयोग हुन्छ भने मिडिया र पत्रकारले आफ्नो निहित स्वार्थको लागि प्रयोग गर्दा प्रेस स्वतन्त्रताको सदुपयोग हुन्छ ।
प्रेस स्वतन्त्रताको हक आम नागरिकको लागि भन्दा पत्रकार र मिडियाको लागि हो भन्ने गलत बुझाई हामीहरूकहाँ अहिले पनि पर्याप्त छ । यो भ्रमपूर्ण बुझाइलाई नसच्याई प्रेस स्वतन्त्रताको प्रयोग र अभ्यासले सही दिशा र गति लिन सक्दैनन् । विश्व प्रेस स्वतन्त्रताको दिवसको उपलक्ष्यमा यो कुरालाई आत्मसात गर्न जरूरी छ ।
पत्रकार र मिडियाले आम नागरिकलाई सुसूचित गर्ने दायित्व निभाउनको लागि उनीहरूको भौतिक, पेशा र व्यवसायको सुरक्षा अनिवार्य हुन्छ । असुरक्षित पत्रकार र मिडियाले प्रेस स्वतन्त्रताको भयरहित रुपमा सदुपयोग गर्दै आम नागरिकलाई सूचना पु¥याउन सक्दैनन् । यस सन्दर्भमा पत्रकार र मिडियाको सुरक्षाको प्रश्नमा गम्भिर हुन आवश्यक छ । मुलुकमा भएको १० वर्षे द्वन्द्वकालमा पत्रकार र मिडियाहरू भौतिक रुपमै असुरक्षित रहे ।
राज्य र विद्रोही पक्षको दवाव र आतंकमा पत्रकार र मिडिया असुरक्षित हुँदा प्रेस स्वतन्त्रता अस्वाभाविक रुपमा कुण्ठित भएको कुरा सर्वविधितै छ । अहिले परिस्थिति बदलिएको छ । प्रेस स्वतन्त्रताको लागि भौतिक सुरक्षा गौण बनेको छ भने पेशागत र व्यवसायिक सुरक्षा प्रमुख बनेको छ । पत्रकारहरूको पेशा र व्यवसाय दिन प्रतिदिन असुरक्षित हुँदै गएको छ ।
ठूला मिडियाका लगानीकर्ताको निगाह र दयामा पत्रकारहरूको पेशा निर्भर रहेको छ । पत्रकारिताका मुल्य, मान्यता र नैतिकताका आधारमा पत्रकारिता पेशा गर्ने पत्रकारहरू किनारा लाग्ने स्थितिबाट पनि यही कुराको उजागर हुन्छ । पत्रकारको भौतिक सुरक्षाको प्रश्नलाई प्रमुख बनाएर पेशागत असुरक्षालाई जसरी छोप्ने गलत अभ्यास हुँदै आएको छ, यसबाट समस्या झन जटिल हुँदैछ । प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा यसतर्फ ध्यान जानु आवश्यक छ ।
प्रेस स्वतन्त्रता र मिडियाको सुरक्षा अन्तर सम्बन्धित कुरा हुन् । मिडिया सुरक्षित नहुँदा प्रेस स्वतन्त्रताको प्रयोग र अभ्यास उद्देश्यमुलक र परिणाममुखी हुँदैन । हाम्रो देशमा अधिकांश मिडियाहरू सानो लगानिका छन् । यस्ता मिडियाहरुमा पत्रकारहरू आफै लगानी कर्ता छन् । यस्ता मिडियाहरू अर्थिक रुपमा जीवन मरणको दोसाँधमा छन् । ठूलो लगानीका मिडियाहरूको बढ्दो प्रभुत्व र एकाधिकारले यी साना लगानिका मिडियाहरू टिक्न नसक्ने अवस्थाबाट गुज्रिरहेका छन् ।
एकातर्फ साना लगानीका मिडियाहरू यसरी टिक्न नसक्ने अर्कोतर्फ अपारदर्शी र निहित स्वार्थबाट अभिप्रेरित लगानीबाट सञ्चालित मिडियाले आम नागरिकलाई सही सूचना दिन नसक्ने स्थितिले प्रेस स्वतन्त्रताको दुरूपयोग बढ्दै गएको छ । ठूला लगानीका मिडियाहरू जनता र राष्ट्रप्रतिभन्दा लाभ र हानीबाट बढि निर्देशित भैरेको स्थितिले जनहित ओझेलमा पर्दै गएको छ । यसबाट मिडिया जनता र राष्ट्रको लागिभन्दा लगानीकर्ताको अनुचित लाभको लागि हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । साना लगानीको मिडियालाई बचाउने र ठूला लगानीका मिडियाहरूलाई जनता र राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बनाउन सकिए मात्र प्रेस स्वतन्त्रताको सही रुपमा सदुपयोग हुने छ ।
केही वर्ष यता सम्पादकीय स्वतन्त्रता संकटग्रस्त हुँदै गएको छ । सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रता एउटै सिक्काका दुईटा पाटा हुन् । सम्पादकीय स्वतन्त्रता बिनाको प्रेस स्वतन्त्रता अर्थहिन हुन्छ । लगानीकर्ताको स्वार्थ र निर्देशन अनुसार सम्पादकले समाचार सामाग्री सम्प्रेषण गर्नु पर्ने, नगरेमा सम्पादक पदबाट हात धुनु पर्ने दुरभाग्यपूर्ण स्थिथिको गोलचक्करमा हाम्रो पत्रकारिता क्षेत्र फसेको छ । ठूला मिडियामा लामो समय सम्म कार्यरत अनुभवी, सक्षम, योग्य र इमान्दार सम्पादकहरूले पदत्याग गर्नु पर्ने बाध्यता यसका उल्लेखनीय उदाहरणहरू हुन् । लगानीकर्ताको भरिया बन्ने प्रबृत्तिले नत सम्पादकीय स्वतन्त्रता बच्न सक्दछ, नत प्रेस स्वतन्त्रता नै ।
अनुचित लाभको लागि मिडियामा लगानी गर्नेहरुले सम्पादकहरूलाई संचालित गर्ने र लगानिकर्तासँग मिलेर अनुचित लाभ लिन सम्पादकीय स्वतन्त्रता मालिकको पाऊमा चढाउने बढ्दो प्रबृत्ति प्रेस स्वतन्त्रताको लागि निकै चुनौतिपूर्ण बनेको छ । यस्तो गम्भीर समस्याप्रति कम चर्चा गर्ने, कम सरोकार देखाउने प्रबृत्तिले पत्रकारिता क्षेत्रलाई अस्वाभाविक रूपमा प्रदुषित बनाउँदै छ ।
प्रेस स्वतन्त्रताको संरक्षण र संबद्र्धनको लागि न्यायपालिका, पत्रकार र मिडियाको सहकार्य अनिवार्य शर्त हो । केही वर्ष यता पत्रकार मिडिया र न्यायपालिका विचको द्वन्द्व बढ्दै गएको छ । मिडिया र न्यायपालिका विचमा रहेको “भैसीदेखी जोगी डराउने, जोगी देखी भैंसी डराउने” मनोविज्ञानले यही कुराको संकेत गर्दछ । न्याय र विधिको शासन स्थापित गर्ने न्यायपालिका र जनतालाई सूसुचित गर्ने मिडिया बीच सहकार्यको साथै एकअर्कामा नियन्त्रण र सन्तुलन (ऋजभअप बलम द्यबबिलअभ) को आवश्यक हुन्छ । यो सिद्धान्त मुल्य, मान्यताको गलत अभ्यासले प्रेस स्वतन्त्रता संकटग्रस्त हुँदै गएको छ ।
यस्तै गरी यस्तो लोकप्रियताको लागि पत्रकार र मिडियाहरूले भ्रमपूर्ण समाचार सामाग्री सम्प्रेषण गर्दा प्रेस स्वतन्त्रतामा चुनौतिहरू थपिएका छन् । पत्रकार र मिडियाहरू जिम्मेवार र उत्तरदायी नभएसम्म प्रेस स्वतन्त्रतामा थपिदै गएका यस्ता चुनौतिहरूको सामना गर्न सम्भव हुँदैन । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा पत्रकारिता क्षेत्रमा देखा परेका यी समस्याहरूको समाधान गर्न विलम्ब गर्न नहुने स्थिति छ । संकटग्रस्त हुँदै गएको “प्रेस स्वतन्त्रता” को संरक्षण र संबद्र्धनको प्रश्न जति चुनौतिपूर्ण छ, त्यति नै औसरयुक्त पनि छ ।
(लेखकः वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ)
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...