पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
सुर्खेत – विगत २०५९ सालदेखि निरन्तर शिक्षण पेशामा आवद्ध दैलेख आठबीस नगरपालिकामा नक्षत्रका रुपमा स्थापित व्यक्ति हुन् रंगनाथ खनाल ।
शिक्षक भएपनि उनी सामाजिक सरोकारका विषयमा निरन्तर आवाज उठाउँछन् ।
अंग्रेजी विषयमा एमएड गरिसकेका खनाल अहिले दैलेखको नारायण नगरपालिका–३ कालीमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कार्यरत रहेका छन् । खनालसँग लाकोन्तरकर्मी शेरबहादुर थापाले शिक्षा लिने र दिने प्रक्रिया र उपाय तथा कार्य अनुभवका सम्बन्धमा गरेको कुराकानी उनकै शब्दमा :
लक्ष्मी माध्यमिक विद्यालय सात्ताला दैलेखबाट २०५९ सालमा अध्यापन पेशाको सुरुवात गरेको थिएँ । तत्पश्चात म जनज्योति माध्यमिक विद्यालय राकम कर्णालीमा अध्यापन गर्न थालें । त्यहाँ मैले साढे २ वर्ष अध्यापन गरें ।
चामुण्डा माध्यमिक विद्यालयमा अध्यापन गर्दै गर्दा निम्न मावि तहमा शिक्षक सेवा आयोगबाट जागिरे भएँ । चामुण्डा केही समयका लागि मैले विषयगत विभागको जिम्मा लिएँ ।
चामुण्डा कलेजमा आंशिक शिक्षक, अंग्रेजी विषय शिक्षण अभ्यास प्रमुख हुँदै अगुवा स्रोत केन्द्र दैलेखको रोस्टर प्रशिक्षक भइ हाल अंग्रेजी विषयका साथै जेनेरिक विषयको प्रशिक्षकको रुपमा कार्यरत छु ।
उतिबेला हामी गोरुभैंसी चराउन जंगलमा जाने गथ्र्यौ । यति मात्रै होइन, माध्यमिक तहको अध्ययन गर्न दैलेख सदरमुकाम या सुर्खेत आउनुको विकल्प हुन्थेन ।
जनआन्दोलनभन्दा पहिलेको शिक्षा प्रविधिरहीत थियो । इमेल इन्टरनेटको पहुँच थिएन । उतिबेला अध्ययनका लागि स्वउत्प्रेरित भएको देखिने, अभिभावकको रुची कम भएको, टाढा–टाढाबाट विद्यार्थी आउने, राकम कर्णालीमा कालिकोटबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका थिए । लामो दुरीका बाबजुद स्तरीय विद्यालयमा निरन्तर शिक्षा लिनका लागि उनीहरू आउने गर्थे ।
उतिबेला शिक्षकलाई बाबुआमाकै दर्जामा राखेर शिक्षकप्रति अगाध श्रद्धा, विश्वास राख्ने खालको थियो । शिक्षक बढी सेवामुखी हुने गरेका थिए । उतिबेला विषयवस्तु केन्द्रीत नभएर विद्यार्थी केन्द्रीत भएर शिक्षा दिने शिक्षकको चलन थियो ।
गरीबी र अभाव झेलेका विद्यार्थीलाई ड्रेस वा कापीकलम सहयोग गर्ने प्रचलन थियो । अभिभावकलाई काउन्सिलिङ गरेर भएपनि शिक्षकले विद्यार्थीलाई अध्यापन गराउने गर्थे ।
शिक्षक कम योग्याताका भएपनि उनीहरूले दिने सेवा र सर्मपण भावले गर्दा विद्यार्थीलाई कसरी असल बनाउन सकिन्छ, नतिजामुखी कसरी बनाउन सकिन्छ भन्ने नै थियो । पछिल्लो समयमा परीक्षा प्रणाली खुकुलो भएका कारण अहिले कमजोर विद्यार्थी आएका छन् ।
शिक्षा भनेको मार्कसिट प्राप्त गर्नु मात्रै हो भन्ने सोच पछिल्लो समयमा हाबी हुँदै गएको मैले पाएको छु । इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिले भरिपूर्ण शिक्षक उत्पादन गर्नेतर्फ राज्य केन्द्रीत हुन सकेको छैन । यसले शिक्षाको गुणस्तर कम गराउँदै लगेको छ । प्रमाणपत्रधारी विद्यार्थी बजारमा आइसकेपछि प्रतिस्पर्धामार्फत् शिक्षामा गुणस्तर कायम गर्ने बाटो खुलेको मेरो महसुस छ ।
२०६९ सालदेखि शिक्षक सेवा आयोग खोल्दा शिक्षकमा अध्ययन संस्कृतिको विकास हुँदै गएको छ । विषयवस्तुमा निखारता, शिक्षण शैलीमा सुधार, मूल्यांकन पद्धतिमा सुधारका कुरा देखिँदै आएका छन् । राज्यले विभिन्न प्रकारका शिक्षक तालिममार्फत् लगानी गरेको छ ।
शिक्षकमा आफैंले आफूलाई स्रोतपूर्ण बनाएर लैजानुपर्ने परिस्थिति खडा गरेको छ । शिक्षण पेशाप्रति समर्पित गर्दै जाने परिस्थिति सिर्जना भएको छ । अहिले बजारमा प्रतिस्पर्धी जनशक्ति पनि आइसकेको छ । त्यसलाई शैक्षिक क्षेत्रमा रुपान्तरण भएको मान्न सकिन्छ ।
सिर्जनात्मक, समालोचनात्मक, आफूलाई प्रतिबिम्वात्मक अभ्यासमार्फत् अब्बल दर्जामा उभ्याउनको लागि र शिक्षा क्षेत्रमा रहेका विकृति विसंगति हटाउँदै शिक्षा क्षेत्रको गुमेको साखलाई फिर्ता ल्याउन अब एउटा नयाँ आयाम थपिएको छ ।
सामुदायिक विद्यालयको कमजोर पक्ष भनेको समुचित व्यवस्थापन हुन नसकेका कारण यस्तो भएको हो । नीतिगत, कार्यान्वयन तह, मूल्यांकन, अनुगमन तहमा भएका केही कमीकमजोरीका कारणले सामुदायिक विद्यालयको शाख बिग्रेको कता–कता लाग्छ । तर, यो गुमेको शाखलाई नीतिगत, कार्यान्वयन तह, मूल्यांकन, अनुगमन तहमा काम गर्ने व्यक्तिमा दृढ इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिलाई थप्न जरुरी छ । जसलाई शिक्षा क्षेत्रको सुधारका लागि ब्रह्मास्त्र पनि भन्न सकिन्छ ।
निजी विद्यालयमा व्यवस्थापकीय अवस्था राम्रो छ । शिक्षकमा दक्षता, राजनीतिक नघुसाई, समर्पण भावका साथ विद्यार्थी अभिभावक र विद्यालयप्रति समर्पित शिक्षक व्यवस्थापन गर्ने, नतिजामुखी, सीपमुखी कार्यक्रममा सहभागी हुने भएको कारणले निजी तहमा नतिजा राम्रो हुने गरेको छ । सार्वजनिक विद्यालयको हकमा यी कुराको अभाव देखिन्छ ।
शिक्षकलाई सरुवा, बढुवा, नियुक्ति लगायतमा राजनीतीकरण हुन्छ । ‘सरकारी काम कहिले जाला घाम’ भनाईजस्तै जागिरे प्रवृत्ति भएका कारण सुधार हुन सकेको छैन । यो प्रवृत्तिलाई सुधार ल्याउन सकेको खण्डमा सक्षम प्रधानाध्यापकको नियुक्ति, जसलाई नीतिगत रुपमै माथिल्लो निकायले निजामती सेवाजस्तै हस्तक्षेप नगर्ने राजनीतिक संस्कारको विकास हुन सकेको खण्डमा यसमा सुधार हुन्छ ।
शिक्षकको बढुवा गर्दा नतिजा, कार्य सम्पादन र शिक्षकले गरेका नवप्रवद्र्धनात्मक कुरालाई आधार मानेर गर्ने हो भने सामुदायिक शिक्षालाई सुधार गर्न सकिने मेरो अपेक्षा छ ।
अबको शिक्षक विश्वव्यापीकरण भएका कारण शिक्षा क्षेत्र चुनौतिपूर्ण बन्दै गएको छ । ज्ञान प्रविधिका कारण अब त्यसमा जानैपर्ने हुन्छ । शिक्षक चार वटा कुरामा सक्षम हुनैपर्छ । शारीरिक रुपमा स्वास्थ्य, मानसिक रुपमा सबल, बौद्धिक रुपमा प्रखर र आत्मिक रुपमा रुपान्तरित भएर विद्यार्थीको मन मस्तिष्कसम्म पुग्न सक्ने क्षमता विकास गर्न जरुरी देखिन्छ ।
शिक्षकले आफैलाई आफ्नो कार्यको प्रतिबिम्बन गरी आफैले आफैलाई सुधार गर्ने चिन्तनको विकास गर्दै जाने हो भने शिक्षण पेशा अन्य विकसित मुलुकको शिक्षकको दर्जामा उभ्याउन सक्ने स्थिति देखिन्छ । ज्ञान, सीप, प्रवृत्ति, मूल्य र काम गर्ने क्षमतामा आफूलाई अब्बल राख्न सकेमा शिक्षण पेशा अन्य पेशाको तुलनामा सम्मानित हुन सक्छ ।
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...