×

NMB BANK
NIC ASIA

रक्सी पिउन राउटेले १ हजार रुपैयाँमा बेचे सरकारले दिएको कोट

पुस २५, २०७५

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लेकबेसी नगरपालिका–१ थोत्रीखोलाको राउटे बस्तीमा गत शनिवार कोट वितरण गर्यो ।

Muktinath Bank

सरकारले चिसो महिनामा कोट वितरण गरेपछि सामाजिक सञ्जालमा राउटेले कोट लगाएको तस्विर भाइरल समेत भयो । कतिपयले राउटेको मौलिक पहिरन मासिने गरी कोट वितरण गरिएकोमा आलोचना समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयबाट कोट लगायतका न्यानो कपडा वितरण गर्न ८ लाख रुपैयाँ खर्च भयो । राउटेले कोट लगाएको फोटो खिँचेर मन्त्रालयका कर्मचारी सदरमुकामतिर फर्केपछि राउटेले कोट बिक्री गरे । प्रदेश सरकारले वितरण गरेका कोट लगायत कपडा बेचेर स्थानीय राउटेले सस्तोमा पाइने सोफी मदिरा खाएका छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका सचिव मानबहादुर विकले करीब ८ लाख रुपैयाँ खर्चेर राउटे बस्तीमा कोट, न्यानो कपडा, स्वास्थ्य शिविर लगायका काम गरेको बताए ।

Vianet communication

केही महिनाअघि नेपाल प्रहरी श्रीमती संघले न्यानो कपडा, कम्बल र खाद्यान्न दिएको थियो । तर राउटेले पाएको लुगाकपडा र कम्बल सबै बिक्री गरिसकेको पाइएको लेकबेसी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । ‘राउटे समुदायमा पर्याप्त सामग्री आएपनि उनीहरूले मदिरा खरिद गर्न सामग्री बिक्री गरिरहेका छन्,’ उनले भने ।

‘राउटे समुदायलाई दिइएको न्यानो कपडा, खाद्य, कम्बलहरू १–२ दिनमै बस्तीमा पाउन मुस्किल भइरहेको छ,’ नगर प्रमुख सुनारले भने, ‘त्यस्तो नगर्न बारम्बार भनेपनि उनीहरूले विक्री गर्ने गरेका छन् ।’ उनले राउटे बस्तीमा कुनै पनि बस्तुको अभाव नरहेको बताए ।

‘राउटे बस्तीमा केही पनि अभाव छैन । अभाव छ त मदिराको मात्रै,’ उनले भने, ‘सोही अभाव पूरा गर्न राउटेहरूले आफूले पाएको सामग्री बेच्ने र त्यसबाट आएको रुपैयाँले मदिरा खरिद गर्ने गरेका छन् ।’ लेकबेसी नगरपालिका–१ थोत्रीखोलामा राउटे बस्दै आएका छन् ।

स्थानीय वासिन्दालाई राउटे समुदायबाट सामान नकिन्न आग्रह गरिरहेको उनले बताए । ‘हामीले स्थानीयलाई राउटे समुदायबाट काठका भाँडाबाहेक अन्य केही पनि खरिद नगर्न आग्रह गरेका छौं,’ उनले भने ।

सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट राउटेहरूले केही घण्टामा सोफी खान बिक्री गरेका छन् । ‘कोट बिक्री भएको पाइएको छ । जुत्ता पनि बेचेका छन् । चामलबाहेक अन्य चिज बिक्री गरेका छन्,’ लेकबेसी नगरपालिकाका कार्यपालिका सदस्य धनसरा सुनारले भनिन्, ‘जुत्तालाई २ सयमा बिक्री गरेको, १–२ बोत्तल मदिरामा पनि बिक्री गरेका छन् । वडाध्यक्षले किन्नेलाई कारवाही गर्ने भनेपनि उनीहरूले गाउँगाउँमा गएर बेच्ने गरिरहेका पाइएको छ ।’

सदस्य सुनारका अनुसार भेरी पारीको गाउँमा कोट १ हजार रुपैयाँ, ८–९ सय, ५ सय रुपैयाँमा बिक्री वितरण भइरहेको छ । ‘डसनाको मूल्य ५ सय, कोटको मूल्य १ हजार रुपैयाँ जतिमा बिक्री गरिरहेका रहेछन्,’ उनले भनिन्, ‘बिक्री गरिरहेको खबर सुन्नासाथ म त्यहाँ गएको थिएँ । कसैसँग पनि अस्ति वितरण गरेको सामग्री भेटिएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x