कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
संस्कृतमा एउटा भनाइ छ- अतिपरिचयादवज्ञा अर्थात् धेरै परिचय भए पनि हेला हुन्छ । डा. केसीको यो १६औँ अनशन हो । सरकार स्वयं माफियाको चङ्गुलमा छ । लगातार उनका मागसँग सम्झौता गर्दै पालना नगर्दै पुनः अनशनका लागि बाध्य पारिँदा आम जनतामा 'यो मान्छे जहिल्यै निउँ खोज्दै अनशन बसिरहन्छ' भन्ने पर्न गयो । तर भित्री कुरा भने अर्कै छ ।
उनी पूर्ण रूपमा जान्दछन्, मेडिकल शिक्षाको क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा व्याप्त माफियाकरणको बारेमा । उनी जान्दछन्, सीमित पैसावाल व्यक्तिको पकडमा राजनीतिक दलका नेताहरू छन्, फलस्वरूप अहिलेको सरकार उनैको इसारामा चल्छ, नीति नियम त्यसै अनुरूप बनाइन्छन, अनि जनताको स्वास्थ्यको प्रवाह गरिँदैन भनेर । उनी जान्दछन्, यसरी कमिसन र कालो धन नलिइकन, चप्पल पड्काउँदै काठमाडौं खाल्डो छिरेका उनीहरूको राज-महल कसरी ठडिन्थ्यो भनेर ।
डा.केसीको पछिल्लो जुम्ला अनशनपछि गत साउन १० गते गरिएका सहमतिको पालना नगरी सरकार सहमतिपत्रमा त्रुटि रहेको भनी सच्याउन तम्सिएको छ । अनि ती त्रुटि निकाल्ने अरू कोही नभएर मेडिकल माफियाहरू हुन् । त्यसैले डा. केसी धोका पाइरहेका छन्, अनि हामी धोका पाइरहेका छौँ ।
पढ्नुहोस्,यो पनि : गोविन्द केसीको बरालिएको अनशन
उनीहरू (माफिया)लाई एउटा ठूलो डर छ । एक्लो व्यक्ति सत्याग्रहमार्फत् परिवर्तनका लागि यतिसम्म लागि लड्दै छ भने जब जनता यसबारेमा साँच्चिकै सचेत हुनेछन्, तब उनीहरूको अवस्था के होला भनेर । त्यसैले त सरकारलाई उनका माग सम्बोधन नगर्न दबाब दिइरहेका छन् । तर कुनै पनि हालातमा जनताको स्वास्थ्य र शिक्षासम्बन्धी हकसँग प्रतिकुल सम्झौता नगर्ने अठोटले फेरि अनशन बस्न बाध्य बनेका केसी सत्याग्रहमार्फत् नै परिवर्तन चाहन्छन् ।
विभिन्न समयमा अनशन बस्दा उनलाई पागल, बौलाहा, जिद्दी आदिको संज्ञा पनि दिइयो । पागलै सही, तर उनी निरन्तर सत्य र न्यायको पक्षमा लड्ने होनहार योद्धा हुन् । उनी एक सत्याग्रही हुन् ।
सत्याग्रहीहरू स्वभावैले जिद्दी हुन्छन्, किनभने उनीहरू जनमैत्री माग उठाएर अठोट गरेका हुन्छन् कि म आफ्नो लक्ष्यमा पुगिछाड्छु भनेर । भारत स्वतन्त्र गर्ने बखत महात्मा गान्धी त्यस्तै थिए । यसको एउटा उदाहरण नै छ । जब सुभाषचन्द्र बोसले 'अंग्रेजलाई अहिंसाको आन्दोलनले मात्र हटाउन नसकिने हुनाले अब हतियार उठाउनुपर्छ महात्मा' भनी आफ्नो विचार व्यक्त गरे, तब महात्मा गान्धीले भने, 'हामी सबैले आफ्नो आत्माको आवाज सुन्नुपर्छ । मेरो आत्माले मलाई यही बाटोमा हिँड्न प्रेरित गर्छ, त्यसैले म एक्लै भएपनि सत्याग्रहमा बस्ने छु, चाहे हाम्रो बाटो अलग नै किन नहोस्' भनि अहिंसा आन्दोलनको अडानबाट बिचलित भएनन् । यसरी आफ्नो समूहको एक होनहार योद्धालाई फरक बाटो लाग्न सुझाउँदै आफू अनशनरत रहे ।
पढ्नुस्, यो पनि : के सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गरौँ ?
डाक्टर केसी त्यस्तै सत्याग्रही हुन् । उनलाई जिद्दी, पागल, एकोहोरो अनि उनको मागलाई 'बालहठ' मान्ने समूहले यो चाहिँ बिर्सनु हुँदैन कि उनी विना कुनै व्यक्तिगत स्वार्थ, हामी र हाम्रो आउने पुस्ताका लागि एकनासले लडिरहेका छन् । एक व्यक्ति हाम्रा लागि २०/२५ दिन भोकै बसेको छ, तपाईं दुईदिन भोकै बसेर देखाउनुस् न । भलै उनी एक्लै लड्न तयार भए, हामी अनशन बस्न नसकेपनि हामी उनलाई साथ दिन सक्छौं र निदाएको अभिनय गरिरहेको सरकारलाई झक्झक्याउन सक्छौं । कारणवश डाक्टर केसी तलमाथि भए भने देशले ठूलो मूल्य चुकाउनुपर्नेछ ।
अहिले समाजमा एउटा समस्या व्याप्त छ, त्यो के भने सीमित व्यक्ति सबैतिर हाबी छन्, सरकार निरीह छ । हामी अर्थतन्त्र सुधार गर्न, आर्थिक समृद्धि हासिल गर्न उदारीकरण र निजीकरणलाई जोड दिइरहेका हुन्छौं । तर शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता जनताको जीवन र भविष्यसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा यसलाई अङ्गिकार गर्दा हामी झन ओरालोमा लाग्दैछौं ।
समाजमा धनी र गरीबबीचको खाडल बढ्दो छ । सामान्य नागरिकको पहुँचमा राज्य छैन । न्याय छैन । शिक्षा छैन । स्वास्थ्योपचार छैन । डा. गोविन्द केसीले अदालतको आडमा माफियाहरूले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएको, नियमविपरीत विद्यार्थी भर्ना लिएका मेडिकल कलेजलाई पनि अदालतले उन्मुक्ति दिँदा दण्डहीनता बढेको बताउँदै आएका छन् । न्यायालयको दलीयकरण र राज्यका विभिन्न अंगहरूबीच सन्तुलन हुनुको सट्टा मिलेमतो र पारस्परिक दण्डहीनता नै सुशासनको सबैभन्दा ठूलो बाधक रहेको डा. केसीको भनाइ छ ।
अझ अचम्म त के लाग्छ भने हामीले निर्वाचनमार्फत् हाम्रो हितकारी नीति नियम बनाउन र कार्यान्वयन गर्नका लागि चुनेर पठाएको सांसद नै यसप्रति अनुत्तरदायी छ । कतिसम्म भने हरेक क्षेत्र सम्बद्ध निर्णय गर्नमा सरकार चुकेको छ चाहे त्यो यातायात सिन्डिकेटको होस या मेडिकल शिक्षा होस् या सामजिक सुरक्षाको विषय नै किन नहोस् ।
इतिहास क्रूर छ । यसलाइ बुझ्नु, तर नदोहोर्याउनु । देशका लागि भलाइको काम गर्ने र देशका लागि सोच्नेलाई सिध्याएर इमान र ख्याति कमाउँछु भन्ने भ्रम सरकार र यसको नेतृत्वको छ । त्यो कदापी सत्य होइन । त्यसैले राष्ट्रको राम्रोको लागि सोच्नेलाई धपाउने जुन खेल गरिँदैछ, त्यो कालान्तरमा घातक सावित हुनेछ ।
पढ्नुस्, यो पनि : डा. केसीको अनशनमा गगनको रोइलो किन ?
नेपाली जनलाई मेरो के आग्रह छ भने भोलि उठ्दा हामी रहौँ या नरहौँ तर देश रहनुपर्छ । सार्भभौमसत्ता बिखण्डन हुनु हुँदैन । हामीसँग आफ्नो माग राख्ने उपयुक्त संस्था छ, त्यो हो संसद् । संसद् तपाईं हाम्रो प्रतिनिति थलो हो । हामी जे बोल्छौं, जे चाहन्छौं, त्यसलाई सरकारसम्म पुर्याउने उसको जिम्मेवारी हो र त्यो उसले पूरा गर्नैपर्छ । यदि गर्दैन भने त्यसलाई फिर्ता गर्नुपर्छ । बेकारका मान्छे पाल्न हामी च्यारिटी गर्न बसेका होइनौं । हाम्रो आजको फैसलाले भोलिको सन्ततिलाई दिशानिर्देश गर्छ । त्यसैले यो गम्भीर भएर सोच्ने बेला हो । एक बोतल रक्सी र एक प्लेट सुकुटीको भरमा दुईचार जना उचालेर कसैले हाम्रो भविष्यसित सम्झौता गर्न खोज्छ भने त्यो अब सह्य हुनेछैन, त्यसैले त डाक्टर केसी अनशनरत छन् । भलै उनी जिद्दी होलान्, उनी पागल होइनन् । उनी हाम्रै लागि आफ्नो प्राण सुकाइरहेका छन् ।
जनताको शक्ति, शक्तिमा रहेका व्यक्तिहरूको भन्दा सधैँ उच्च रहने गर्दछ । प्रजातान्त्रिक पद्धतिमा हामी जनतानै सबैभन्दा माथि रहन्छौं । त्यसैले उठ्नुहोस्, पहिले डाक्टर केसीलाई बचाऔं । त्यसपछिको लडाईं माफियाहरूसित मात्रै नभएर तिनलाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने दलका नेताहरू, पदाधिकारीविरुद्ध केन्द्रित हुनेछ ।
(यी लेखकका निजी विचार हुन्)
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...