कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
बाल्यकालीन समयमा विद्यालयमा एक दिन विद्यार्थी परिचयपत्र ‘आईडी कार्ड’ बारे कुरा उठ्यो । हाम्रो विद्यालयमा आईडी कार्डको व्यवस्था थिएन । विद्यालयमा अचानक आईडी कार्डको कुरा किन उठ्यो भनेर मनमा जिज्ञासाको हुटहुटी नै चल्यो । विद्यालय समय बिहान १० बजेबाट ४ बजेभित्र सरहरूसँग सोध्ने मौका नै मिलेन । विद्यालयमा भएको विषय गाउँमा आएर बुझ्ने प्रयास गर्दा थाहा भयो । विद्यार्थीहरू सार्वजनिक बसमा यात्रा गर्दा आईडी कार्ड देखाएमा ३३ प्रतिशत छुट दिने व्यवस्था सरकारले घोषणा गरेको रहेछ ।
गाउँमा दाइ दिदीहरू पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरेर सधैं झैं साँझ आउनुभयो । उहाँहरूले भन्नुभयो, ‘आज हामी सहभागी आन्दोलन सफल भयो । आवश्यक विषयमा निकै दिन आन्दोलनको कष्ट गरियो । राज्यले आश, त्रास र धम्की सबै दियो ।’
विद्यार्थीलाई गाडीभाडा छुट गराउने आन्दोलनको अगुवाइ गर्नुभएको थियो लोकप्रिय विद्यार्थी नेता रविन्द्र अधिकारी दाइले । सडकबाट चुनौती दिनुभयो । लेनिनको भनाइ यहाँ सान्दर्भिक छ ः ‘विद्यार्थी आन्दोलन भनेको स्यालको हुइँया मात्र होइन, एक कुशल शिकारीको अचूक निशानी पनि हो’ । विद्यार्थी आन्दोलनको उचित तालमेलका कारण राज्य विद्यार्थीसामु गल्यो । तत्कालीन समयमा विद्यार्थी नेता रविन्द्र अधिकारीको गाउँभरि प्रशंसा भयो ।
आन्दोलनको नेतृत्व रविन्द्र अधिकारी गर्नुभएको थियो भने अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ र अखिल छैठौंको सक्रिय साथ र सहयोग पनि थियो । रविन्द्र अधिकारीले विद्यार्थी परिचयपत्रको आधारमा ३३ प्रतिशत छुटका लागी गर्नुभएको संघर्ष वास्तवमै प्रेरणादायी, प्रशंसायोग्य र अविस्मरणीय छ ।
राजाको निरङ्कुश शासनको बेलामा अधिकारीले गायक प्रवीण गुरुङको हत्याका विषयलाई लिएर दरबारविरुद्ध आवाज उठाउनुभयो । रविन्द्र अधिकारी विद्यार्थी आन्दोलनमा मात्र सीमित नभई सामन्तवादविरुद्धको आन्दोलनमा पनि सहभागी हुनुहुन्थ्यो । दरबारविरुद्ध आवाज उठाउनु तत्कालीन समयमा साहसी विषय थियो ।
समयक्रमसँगै रविन्द्र अधिकारी तत्कालीन एमाले कास्की सचिव हुँदै २०६४ सालको पहिलो संविधानसभा चुनावमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । संविधानसभामा युवा नेताको उपस्थितिले कास्कीका आमजनता उत्साही थिए । पहिलो संविधानसभामा निर्वाचित भएपछि अधिकारीले कास्कीको विकास निर्माणसम्बन्धी छलफल र बहसको थालनी गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रमा सहज रूपमा यातायात, खानेपानी लगातका विकास निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउनुभयो । विडम्बना, पहिलो संविधानसभा संविधान नबनाइकनै विघटन भयो ।
दोस्रो संविधानसभा चुनावमा उहाँले पहिलो संविधानसभा चुनावपछि गरेका विकास निर्माण कामहरूलाई प्रशंसास्वरूप जनताले पुनर्निर्वाचित गराए ।
दोस्रो संविधानसभामा उहाँ विकास समिति सभापति हुनुभयो । विकासबारे मुलुकभरि बहस सिर्जना गराइदिनुभयो । देशभित्र हुने विकासका सभा गोष्ठीहरूमा उहाँ नै प्रमुख वक्ता हुनुहुन्थ्यो । दोस्रो संविधानसभा अवधिभर रविन्द्र अधिकारी विकासवादी नेताका रूपमा स्थापित हुनुभयो ।
दोस्रो संविधान सभाबाट नेपालको संविधान पनि बन्यो । यस अवधिमा भारतले लगाएको नाकाबन्दीका विरुद्ध अधिकारी खरो रूपमा उभिनुभयो ।
संविधान जारी भएसँगै मुलुकभित्रको संक्रमणकाल लगभग अन्त्य भएको छ । देश अहिले आर्थिक समृद्धिको दिशातर्फ उन्मुख छ । यसै सन्दर्भमा रविन्द्र अधिकारीले लेख्नुभएको पुस्तक समृद्ध नेपाल पठनीय छ ।
अधिकारी फरक पार्टीका आशालाग्दा नेताका रूपमा हुनुहुन्थ्यो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमाले र माओवादीको गठबन्धन बन्यो । गठबन्धनपश्चात् उहाँको चुनावी अभियानमा हिँड्ने अवसर पंक्तिकारलाई मिल्यो । यस अवधिमा सहज, सरल र मिलनसार व्यक्तित्व भएको प्रत्यक्ष अनुभव भयो । चुनावी सभामा सम्बोधन गर्ने क्रममा उहाँले मुलुकको अहिलेको अवस्थाबारे चिन्ता प्रकट गर्दै विशेषगरी युवाहरूलाई मुलुकको विकास निर्माणमा सक्रिय सहभागी हुन आग्रह गर्नुहुन्थ्यो । असमानता र विभेदका विरुद्ध आफ्ना दृष्टिकोणहरू स्पष्ट राख्नुहुन्थ्यो । प्रतिनिधिसभाको चुनावमा विजय भएपछि जनताको घरघरमा पुग्नुभयो । अनि जनता खुशी भए ।
उहाँको जोशजाँगर र भिजन देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी रविन्द्र अधिकारीलाई दिनुभयो । पटकपटक काम रोकिएको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल अब छिट्टै निर्माण हुनेमा कस्केली सबै आशावादी छन् । मन्त्री बनेपछि त्रिभुवन विमानस्थलमा थुप्रै सुधारका काम भएका छन् । यस अवधिमा गौतम बुद्ध विमानस्थल सिमरामा द्रुत गतिमा निर्माण भइरहेको छ । पयर्टन क्षेत्रमा पनि उल्लेख्य प्रगति भइरहेको छ । आशा गरौं, सरकारले भिजिट नेपालको लक्ष्यलाई निरन्तरता दिनेछ ।
फागुन १५ गते पोखराको आकाशमा बिहानदेखि नै कालो बादल मडारिइरहेको थियो । सिमसिम पानी परिरहेको थियो । अचानक मध्याह्नमा पोखरेली जनसमुदायलाई स्तब्ध बनाउने खबर आयो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी ताप्लेजुङ्गको पाथीभरानजिकै हेलिकप्टरबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा पर्नुभयो । उक्त दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र सेनाका जवान अर्जुन घिमिरे लगायतको निधनको खबर आयो ।
मन्त्री अधिकारीको निधनले मुलुकमा आशा र भरोसा गर्न सकिने युवा नेताको महसूस खड्किरहनेछ । यतिबेला कास्कीले धेरै आशा र भरोसा गरिएका जनताका असल नेता गुमाएको छ । भौतिक रूपमा नरहेपछि उहाँका सपना हाम्रा योजना बन्नुपर्छ । उहाँका अभीष्ट र उद्देश्य कार्यान्वयनमा इमान्दारीपूर्वक लाग्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ ।
जीवनको अन्तिम समयमा पनि चुहानडाँडामा उहाँ विमानस्थलबारे सरकारका धारणा राख्दै हुनुहुन्थ्यो । यसरी मृत्युको क्षणसम्म पनि खट्ने मन्त्री अधिकारी मुलुकको विकास निर्माणप्रतिको प्रतिबद्धता प्रस्ट बुझ्न सकिन्छ । मन्त्री अधिकारी राष्ट्रका लागि आफ्नो दलभन्दा पनि माथि उठ्न सक्ने व्यक्ति हो । उहाँ अध्ययनशील, बौद्धिक र स्पष्ट वक्तासँगै दृष्टिकोण भएको नेता हो । वर्तमान युवा नेताहरूले उहाँबाट धेरै विषय सिक्न जरूरी छ । नेपाली राजनीतिमा युवाहरूको हस्तक्षेपकारी भूमिकामा मन्त्री अधिकारीको योगदान अविस्मरणीय छ ।
अलबिदा, रविन्द्र दाइ !
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...