माघ २४, २०८०
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
चैत २२, २०७५
काठमाडौं –उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका सल्लाहकारहरूले समेत मन्त्रालयबाट सवारी सुविधा लिने गरेको पाइएको छ ।
मन्त्रालयले लोन्तरलाई उपलब्ध गराएको विवरणमा मन्त्री यादवका सल्लाहकार डा. कृष्णकुमार राई र प्रेस सल्लाहकार भक्त थापाले सवारी सुविधा लिँदै आएको उल्लेख छ ।
डा. राई बा१झ ८४७५ नम्बरको प्राडो चढ्छन् भने प्रेस सल्लाहकार थापाले बा१झ ८५१७ नम्बरको सुजुकी जीप चढ्ने गरेका छन् । दुवै गाडी स्वास्थ्य सेवा विभागको स्वामित्वमा छन् ।
डा. राई गएको प्रतिनिधिसभा चुनावअघि कांग्रेसबाट संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए ।
खोटाङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत बनेका राई वाम गठबन्धनका विशाल भट्टराईसँग पराजित भएका थिए ।
सचिवलाई प्राडोसहित २ गाडी
सचिव डा. पुष्पा चौधरीले बा१झ ६६५८ नम्बरको प्राडो र बा२झ २७८६ नम्बरको फोर्ड कार चढ्छिन् ।
मन्त्री यादव र अर्का सचिव चन्द्रकुमार घिमिरे भने मन्त्रालयको स्वामित्वभन्दा बाहिरको गाडी चढ्ने गरेको देखिन्छ ।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले बा१झ७२६५ नम्बरको प्राडो चढ्ने गरेका छन् भने उनले सचिवालयका लागि भनेर बा१झ ५६७५ नम्बरको पजेरो पनि लिएका छन् ।
पाँचवटा बिग्रिएर थन्किए
५ वटा गाडी बिग्रिएर थन्किएको देखिन्छ, त्यसमध्ये एउटा टाटा जीप बिग्रिएर कामै नलाग्ने अवस्थामा रहेकाले लिलाम गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
हेर्नुहोस्, मन्त्रालयमा रहेका गाडी र प्रयोगकर्ताहरूको विवरणः
५२ वटा मोटरसाइकल/स्कूटर
मन्त्रालयको स्वामित्वमा ५२ वटा मोटरसाइकल तथा स्कूटर छन् । त्यसमध्ये ६ वटा बिग्रिएर कामै नलाग्ने भएकाले लिलाम गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
दुईपांग्रे सवारी साधन र प्रयोगकर्ताको विवरणः
सचिवलाई सय, अन्यलाई ७२ लिटर इन्धन
सचिवले मासकि १०० लिटर इन्धन सुविधा पाउँदै आएको मन्त्रालयले जनाएको छ । सचिवभन्दा तल्लो वरीयताका सवारी प्रयोगकर्ताले भने मासिक ७२ लिटर इन्धन पाउने गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
दुईपांग्रे सवारीको हकमा भने प्रतिमहिना ८ लिटर इन्धन उपलब्ध गराउने गरिएको मन्त्रालयले जनाएको छ ।
पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला भागहरू:
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...