कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
काठमाडौंका नेवारहरूले प्रविधिको महत्व नबुझेर एक्काइसौं शताब्दीको उत्तरार्द्धमा पनि मान्छेले नै रथ तानिरहेका होइनन् । राजधानीमा पृथ्वीनारायण शाहको कालखण्ड भन्दा अघिदेखि निरन्तर चल्दै आएका जात्रा, पूजा-अर्चना, मेला पर्व फगत तमासा होइनन् । ती रीतिथितसँग नेपाली पहिचान जोडिएको छ । नेपालको गौरव जोडिएको छ । हाम्रो आफ्नोपन त्यतै कतै छ ।
मेचीदेखि महाकालीसम्म फैलिएका विभिन्न जाति, जनजाति समुदायमा प्रचलित लोक नृत्यको निरन्तरता लहडबाजी होइन । साकेला, झर्रा, कौरा, टप्पा, लाखे, हुड्केली, देउडा, सोरठी, ख्याली, चण्डी, भैरव नाच आदि अनेक नामले चिनिने नृत्य र तीसँग जोडिएका गीत वास्तवमा नेपालीपनका परिचायक हुन् ।
हरेकजसो जनजाति समुदायका बस्तीमा पुग्दा पाइने अलग अलग लोकसंस्कृति हाम्रो गौरवका विषय हुन् । नेपाली भूगोलभित्रका विभिन्न जाति, जनजाति समुदायको रहन सहन, जीवनशैली र लवाई खवाई नै असली नेपालीपन हो । तीसँगै जोडिएका संस्था, परम्परा र संस्कार हाम्रा अमुल्य निधि हुन् ।
बुढ्यौली उमेरमा पहिलोपल्ट दौरा-सुरुवाल पहिरिएर 'ए ! यो त सजिलो पो हुँदो रहेछ' भन्ने बालसुलभ प्रतिक्रिया दिने नेतृत्व पाउनु हाम्रो नियतिको खेल हो । आफ्नै भूगोलभित्रका रीतिरिवाज र संस्कृतिका अवयवहरूलाई चिन्न नसक्नु हाम्रो कमजोरी हो ।
आफ्नोपन छाडेर पराइपनलाई पछ्याउनु लघुताभाष सिवाय केही होइन । बुझ्न नसक्नु, बुझाउन नसक्नु, अपनाउन नसक्नु फरक विषय हो । तर, नेपालीपन र नेपाली संस्कृतिको सम्पन्नता विश्वमा विरलै पाइनेमध्येको एक हो । यसको प्रवर्द्धनको विषयमा अनेक झमेला र किचलो हुनुमा हामी आफैं र हाम्रा अगुवाहरूको दोष छ ।
नेपाली संस्कार, परम्परा, रीतिथितिका अन्तर-कुन्तर बुझ्ने, त्यसको जगेर्ना र प्रवर्द्धन गर्ने विषयमा पटक-पटक विवाद हुने गरेको छ । समुदायकै अगुवाहरूको बद्नियत र कानूनी तथा प्रशासनिक झन्झटका कारण कतिपय परम्परा लोप भइसकेका छन् । कतिपय लोप हुने अवस्थामा छन् त कतिलाई टिक्नै मुस्किल हुने अवस्थामा पुर्याइएको छ ।
सदियौंदेखि चल्दै आएका हाम्रा परम्परालाई निरन्तरता दिनका लागि देशभरि छरिएका, समुदायपिच्छे फरक नामले चिनिने गुठीहरूले सञ्जिवनी जस्तै बनेर सघाइरहेका छन् । तर, यतिखेर तिनै गुठीको विषयमा उब्जेको विवादले देश तरङ्गित भएको छ । नियम, कानून, व्यवस्थामा आउने परिवर्तनले असल परम्पराको संरक्षण गर्नुपर्छ ।
तर हाल चर्चामा रहेको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले परम्पराको जगेर्ना गर्नुको साटो निरन्तरतामै प्रश्न खडा गर्छ भन्ने चिन्ताले गुठीयारहरू आन्दोलित छन् । आन्दोलनका क्रममा बल प्रयोग गरिएको विषय संसद्सम्म पुगेको छ । यही पृष्ठभूमिमा गुठीको विषयलाई खास भूगोल र समुदायसँग मात्रै जोडेर गरिएका टिप्पणीसमेत आइरहेका छन् ।
नाम र कार्यशैलीमा भिन्नता भएपनि देशभरफैलिएर रहेका गुठीहरू सम्बन्धित समुदायको सांस्कृतिक निरन्तरताको लागि सबैभन्दा महत्वपूर्ण संस्था हुन् । सम्पदा र संस्कृतिको संरक्षण तिनको मूल ध्येय हो । त्यसैले दुईचार कमजोरीका उदाहरण देखाएर नेपालीपनसँग जोडिएको सिङ्गो परम्परालाई 'डिस्टर्ब' गरिनु हुँदैन । नेपाली समाजमा यत्रतत्र समस्या छन् । खास समस्याको निदान गरी समाधान हुनुपर्छ । तर सिङ्गो परम्परालाई दखल पुर्याउनु किमार्थ ठीक होइन ।
पहिचान मास्ने कि जोगाउने ?
पहिचान के हो ? भन्ने प्रश्नको जवाफ व्यक्तिपिच्छे फरक हुनसक्छ । त्यसलाई व्यक्तिको तहमै छाडिदिनु ठीक होला । तर त्योभन्दा माथि पनि समुदाय र राष्ट्रको पहिचान हुन्छ । सिङ्गो समाज र राष्ट्रको पहिचानको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व हो । वर्तमान नेपालमा खण्ड-खण्डमा बाँडिएर पहिचान खोज्ने धुनमा समग्र नेपालको पहिचान कमजोर बन्दै छ । आलोचकहरूका शब्दमा गुठीसम्बन्धी विधेयकसमेत त्यसैको एक कडी हो ।
मन्दिर, मस्जिद, चैत्य, गुम्बा सबैमा आफ्नोपन देख्नु, सबै जात-जाति र धर्मको सम्मान गर्नु र तिनको संरक्षण गर्नु/गर्न सघाउनु नेपाली संस्कार हो । यदि त्यस्तो नहुँदो हो त आज विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरू र तिनका अजङ्गका संरचना प्रविधिको विकास नै नभएको युगमा निर्माण हुने थिएनन् । हालसम्म तिनको अस्तित्व हुने थिएन ।
सम्पदाको प्रत्यक्ष साइनो संस्कृतिसँग छ । संस्कृति र सम्पदा एकअर्काका परिपूरक हुन् । सम्पदा जोगाउने र संस्कृतिको निरन्तरतामा गुठीको भूमिका छ । गुठीजस्तै अरु पनि औपचारिक, अनौपचारिक संस्था र प्रचलन छन् । संस्कृति र सम्पदालाई 'डिट्याच' गरियो भने पहिचान जोगिएला ? संस्कृति जोगिएला ? आज हामीले हतारमा वा अज्ञानमा पहिचानको मर्ममा प्रहार गर्यौं भने भोलि पहिचान भेटिएला ? यी प्रश्न अहिलेका संगीन प्रश्नहरू हुन् ।
सञ्चार माध्यममार्फत सार्वजनिक भएका गुठीसम्बन्धी विधेयकका प्रावधानले सदियौंदेखि कुनै पारिश्रमिक, आर्थिक लाभ वा प्रतिफलको आशा नगरीकन सम्पदा संरक्षणमा लाग्नेहरूको चित्त दुखाएको छ ।
विधेयकमा गुठीसँग संरक्षकको अपनत्व टुटाउने भाषाको प्रयोग भएको देखिन्छ । वास्तवमै संरक्षणको लागि दिलोज्यान दिनेहरूलाई पछि धकेलेर अवसरवादीहरू खेल्ने 'स्पेस' प्रस्तावित कानूनको भाषामा पाइन्छ । त्यसैले यसलाई राजनीतिक खिचातानीको विषय नबनाई सच्चाउनेतिर लाग्नु उचित हुन्छ ।
अन्त्यमा,
नेपालका विभिन्न जातजातिका परम्परा निकै सम्पन्न छन् । खासगरी जनजाति समुदायमा मौलिकता छ । नेपालीपन छ । कतिपय अवस्थामा त्यसमाथि विग्रह ल्याउने र धावा बोल्ने प्रयास पनि नभएका होइनन् ।
यति हुँदाहुँदै पनि जनजाति समुदायको संस्कृति विकृत भइसकेको छैन । खासगरी काठमाडौं उपत्यकाभित्र नेवार समुदायको संस्कृति सिङ्गो नेपालले गौरव गर्नलायक छ । यसलाई संरक्षण गर्नुपर्छ, प्रवर्द्धन गर्नुपर्छ ।
आधुनिक विश्वमा पूँजीवादको लहरले संस्कृतिलाई छिन्नभिन्न बनाउने प्रयास नगरेको होइन । यस्तो लहरले प्रायः सबै परम्परा र संस्कारमाथि धावा बोलेको छ । तथापि विश्व परिवेशमा आफ्नोपन नहुनेहरू कमजोर मानिसहरू हुन् भन्ने तथ्य स्वयंसिद्ध छ ।
जोसँग आफ्नोपन छ, आफ्नै भाषा र संस्कृति छ ती जाति, जनजाति वास्तवमै सम्पन्नछन् । उनीहरूलाई आफ्ना असल परम्पराको संवर्द्धनमा सघाउनुमै सबैको कल्याण छ ।
गुठी विधेयकको सम्बन्ध र प्रभाव केवल गुठीयारको तहमा छैन । यसले सिङ्गो नेपाली संस्कृतिको निरन्तरता र नेपालीपनको प्रवर्द्धनमा प्रत्यक्ष असर पार्दछ । नेपालका सम्पदाहरूको संरक्षण र संवर्द्धनसँग सम्बन्धित प्रचलनमा प्रहार गर्दछ । तसर्थ यस्तो कानून निर्माण र परिमार्जन गर्दानिकै सचेत, संयमित र दुरदर्शी हुनु जरुरी छ ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...