कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं – गत बिहीवारदेखि शुरू भएको वर्षासँगै आएको बाढीका कारण १ नम्बर प्रदेशमा कृषि तथा पशुपन्छीतर्फ करीब १ अर्ब रुपैयाँको नोक्सानी भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रदेशमा मात्रै ८१ करोड ५४ लाख रुपैयाँ बराबरको नोक्सान भएको आँकडा प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा कृषिबालीतर्फ ८१ करोड २८ लाख ९२ हजार रुपैयाँ र पशुपन्छीतर्फ २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कृषि र पशुपन्छी गरी दुवैतर्फ ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा २ हजार ४ सय ४६ घरधुरमा कृषि तथा पशुपन्छीतर्फ क्षति भएको मन्त्रालयले जनाएको छ । क्षति पुग्ने मुख्य कृषिबाली मकै, तरकारी, चैते धान, बर्खे धान, अलैची तथा पशुपन्छीतर्फ कुखुरा, कुखुराका चल्ला, गाई, बंगुर लगायत रहेको मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा कृषि तथा पशुपन्छीतर्फ नोक्सान भएपनि १ नम्बर प्रदेशको मात्रै विवरण आइपुगेको बताएको छ ।
मन्त्रालयले सबैभन्दा बढी क्षति प्रदेश २ भएको आकलन गरेपनि प्रदेशको यकिन विवरण संकलनका क्रममा रहेको जनाएको छ । ३ नम्बर प्रदेश र गण्डकी प्रदेशमा समेत कृषि तथा पशुपन्छीतर्फ क्षति भएको र विवरण आइनपुगेको मन्त्रालयले जनाएको छ ।
गण्डकीले पठायो हावाहुरीको क्षति
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै प्रदेशलाई बाढीबाट भएको क्षतिको विवरण माग गर्दै पत्राचार गरेको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत सबै प्रदेशसँग बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण माग गर्दै पत्राचार गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले बताए । ‘सबै प्रदेशको विवरण प्राप्त हुन सकेको छैन,’ उनले भने, ‘संघीय मन्त्रालयमार्फत पत्राचार गर्दै क्षतिको विवरण मागेका थियौं । प्रदेशले विवरण संकलनको क्रममा रहेकाले सबैको आइपुगेको छैन ।’
गण्डकी प्रदेशले यसअघि नै आएको हावाहुरीबाट भएको क्षतिको विवरण पठाएको छ । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दूर्गाप्रसाद दवाडीले हस्ताक्षर गरेको पत्रमा २०७५ असोजदेखि २०७६ जेठसम्ममा भएको क्षतिको राहत उपलब्ध गराइदिन माग गरिएको छ ।
असार २७ गते संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको पत्रमा आर्थिक वर्ष २०७५/७६ भित्र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण र आवश्यक राहत उपलब्ध गराइदिन उल्लेख गरिएको छ । पत्रअनुसार गण्डकी प्रदेशमा ७४ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...