×

NMB BANK
NIC ASIA

विकासको हालत

पूर्वपश्चिम राजमार्गमा गाडीले ठोक्किँदा भाँचिने कस्ता पुल ?

साउन ३०, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुण खोलामा रहेको पुललाई मंगलवार राति ट्रकले ठक्कर दिँदा पुल भाँचियो । पुल भाँचिएपछि यातायात सञ्चालानमा अवरोध आयो ।

Muktinath Bank

अवरोध हटाउनका लागि प्रहरीले बुधवार बिहान सवारीसाधन वैकल्पिक बाटोमा पठायो । अरुण खोला पुलदेखि १ किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार राति राजमार्गको पुल ट्रकको ठक्करबाट भाँचिएर यातायात नै अवरुद्ध हुनु प्रतिनिधिमूलक घटना हो । गाडीको ठक्करबाट यातायातमा अवरोध आउने गरी पुल भाँचिएका अरु घटना पनि छन् ।


Advertisment
Nabil box
Kumari

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार सवारीसाधनको ठक्करबाटै यातायात अवरुद्ध हुने गरी यसअघि ४ पुल भाँचिएका छन् । नेपालको इतिहासमा सबैभन्दा पहिले २०५८ सालमा नवपरासीकै पत्थर खोलामा रहेको पुल भाँचिएको उनले बताए । पत्थर खोलासहित बौलाहा खोला, जयश्री खोला र नौगाड खोलामा समेत यसअघि सवारीसाधनको ठक्करले पुल भाँचिएका शर्माले बताए ।

Vianet communication

कसरी भाँचिन्छन् पुल ?

स्टिल प्रयोग गरिएका पुल एक ठाउँमा धक्का लागेमा कुच्चिने र सवारीसाधन चलाउन नमिल्ने गरी क्षति हुने सडक विभागका महानिर्देशक शर्माले बताए । ‘यो के हुन्छ भने स्टिल ट्रस ब्रीजको एउटा मेम्बरमा धक्का लाग्यो भने त्यो कुच्चिन्छ,’ उनले भने, ‘अनि कंक्रिटहरू क्र्याक हुन्छन् ।’

कति हुन्छ स्टिल पुलको आयु ?

सडक विभागका अनुसार स्टिल पुलको आयु ४० देखि ५० वर्षको हुन्छ । ‘स्टिल ट्रस एण्ड आरसीसी डेस्क’ (कम्पोजिट) पुलले सामान्यतया ४० वर्ष काम गर्ने र दुर्घटना भएको घटनामा त्योभन्दा अघि नै पनि ड्यामेज हुन सक्ने सडक विभागका महानिर्देशक शर्माले बताए ।

‘सामान्यतया मान्छे ७५ वर्ष बाँच्छ भनौं न ! कोही–कोही चाहिँ हाइपोटेन्सन, यताउति भयो भने ६ वर्षमै मर्छ । कोही २० वर्षमा मर्छ हर्ट अट्याक भयो भने । यस्तै हो यो पनि,’ महानिर्देशक शर्माले भने, ‘यो किसिमका पुल पनि सामान्यता ४० वर्षजति काम गर्छ तर यो चाहिँ एक्सिडेन्टल केश हो ।’

कति छन् यस्ता पुल ?

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा मात्रै साना–ठूला गरी करीब १ सय वटा पुल छन् । त्यसमा स्टिल पुलको संख्या ११ वटा छ । विभागका अनुसार अरुण खोला पुल, जयश्री खोला पुल, बेल्दिया ब्रीज, मुकुन्दे ब्रीज, बौलाहा खोला पुल, लाकाहा खोला पुल, पत्थर खोला पुल लगायतका पुल स्टिलबाट निर्माण गरिएका छन् । गिर्वारी ब्रीज, बिनाइ खोला पुल, भलुही खोला पुल र भुमही पुल पनि स्टिल पुल नै हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य सन् १९७२ मा सम्पन्न भएको थियो । पूर्वपश्चिम राजमार्ग निर्माणकै समयमा पुलको समेत निर्माण गरिएको सडक विभागका सहायक सूचना अधिकारी अर्जुन सुवालले बताए । ‘कुन पुल कहिले बन्यो अहिले ठ्याक्कै भन्न सकिँदैन,’ उनले भने, ‘पूर्वपश्चिम राजमार्ग निर्माणकै समयमा पुलहरू पनि निर्माण गरिएका हुन् ।’ 

स्टिलले बनेका पुलले ४० वर्ष काम गर्ने महानिर्देशक शर्माको भनाईलाई आधार मान्दा राजमार्गमा रहेका स्टिल पुलको म्याद समाप्त भइसकेको छ । यद्यपि सडक निर्माणपछि १ पटक स्तरोन्नतिको काम समेत भएको सडक विभागका अधिकारी बताउँछन् । 

नारायणगढ–बुटवल सडक खण्डमा रहेका करीब १ सय वटा पुलमध्ये अन्य पुल आरसीसी कंक्रिटले बनेका छन् ।

कहिले मर्मत हुन्छ अरुण खोला पुल ?

मंगलवार राति ट्रकको ठक्करबाट क्षति पुगेको अरुण खोला पुल मर्मतका लागि अहिले नै भन्न सक्ने अवस्था नरहेको सडक विभागका अधिकारीले बताएका छन् । विभागका महानिर्देशक केशवकुमार शर्माले बुधवार अनुमगन टोली गएको र टोलीले दिएको प्रतिवेदनका आधारमा पुल मर्मतबारे भन्न सकिने बताए । ‘इन्जिनियर सा’पहरूको टोली गएको छ,’ उनले भने, ‘उहाँहरूले अध्ययन गरेर यसो–यसो गर्नुपर्छ भनेर एउटा प्रतिवेदन दिनुहुन्छ र त्यसको आधारमा काम अघि बढ्छ,’ उनले भने ।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले फलामका रड भएको गाडीले स्टिल पुललाई ठक्कर दिँदा भाँचिनु कुनै अनौठो नभएको भन्दै अनुगमन टोलीले दिएको प्रतिवेदनको आधारमा मर्मतबारे भन्न सकिने बताए । प्रवक्ता सापकोटाले पुलको गुणस्तरबारे आशंका गर्नुपर्ने ठाउँ नभएको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x