फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
साउन ३१, २०७६
काठमाडौं– चालू आर्थिक वर्ष २०७६/०७७ देखि १५औं योजना कार्यान्वयनमा आएको छ ।
गएको असार मसान्तबाट १४औं योजना कार्यान्वयनको अवघि (२०७३/०७४ – २०७५/०७६) सकियो । तर उक्त योजनाले लिएका अधिकांश लक्ष्य पूरा हुन सकेनन् ।
आर्थिक वर्ष २०७३/०७४ देखि कार्यान्वयनमा आएको १४औं योजनाले नागरिकलाई विद्युत्मा पहुँच पुर्याउने भनेर राखेको लक्ष्य पनि पूरा हुन सकेको छैन ।
उक्त योजनाले आर्थिक वर्ष २०७५/०७६ को अन्त्य सम्ममा कुल ८७ प्रतिशत जनसंख्यालाई विद्युत्को पहुँचमा पुर्याउने लक्ष्य राखेको थियो । तर, योजनाको कार्यान्वयन अवधि सकिएपनि विद्युत् पहुँचको अवस्था ७८ प्रतिशत जनसंख्यामै सीमित रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार पनि ७८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको देखिन्छ ।
३ वर्षमा विद्युत् उपभोग गर्नेको संख्या ४ प्रतिशत बढ्यो
१४ औं योजनाको अवधि आर्थिक वर्ष २०७३/०७४ देखि आव २०७५/०७६ सम्म विद्युत् उपभोग गर्ने जनसंख्या ४ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७३/०७४ देखि कार्यान्वयनमा आएको १४औं योजनाका लक्ष्यहरू आर्थिक वर्ष २०७२/०७३ का सुचकहरूको आधारमा तयार पारिएको हो ।
सो आर्थिक वर्षमा मुलुकभरि ७४ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा रहेको १४औं योजनामा उल्लेख छ ।
१४औं योजनाको अन्तिम आव २०७५/०७६ मा विद्युत् उपभोग गर्ने जनसंख्या ४ प्रतिशत बढेर ७८ प्रतिशत पुगेको छ ।
गत मंगलवार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युत् क्षेत्रमा एक वर्षमा भएको प्रगति विवरण सुनाउँदै आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आवमा १० प्रतिशतले विद्युत् उपभोग गर्ने जनसंख्या बढेको बताएका थिए ।
आयातित विद्युत्को हिस्सा ठूलो
अहिले सरकारी उत्पादन भन्दा विदेशबाट आयात हुने विद्युत्को ठूलो हिस्सा रहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा उपलब्ध भइरहेको कुल विद्युतको ३७ प्रतिशत विद्युत् आयातित छ ।
कुल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट (किलोवाट प्रति आवर) रहेकोमा २ अर्ब ८१ करोड युनिट आयातित रहेको छ । त्यस्तै कुल उपलब्ध विद्युत्को ३४ प्रतिशत अर्थात २ अर्ब ५५ करोड युनिट नेपाल विद्युत प्राधिकरणमार्फत् (सरकारी) उत्पादन छ ।
निजी क्षेत्रको उत्पादन कुल उपलब्ध विद्युत्को २९ प्रतिशत अर्थात २ अर्ब १९ करोड युनिट रहेको छ । आयातित विद्युतमा वार्षिक २३ अर्ब ३ करोड रुपैयाँ खर्च भइरहेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
त्यस्तै निजी उत्वादकहरूबाट १४ अर्ब १३ करोडको विद्युत् खरिद भएकोमा ३२ करोडको विद्युत् निर्यात भएको प्राधिकरणको तथ्याङ्क छ ।
चुहावट १५ प्रतिशतमा खुम्चिनु उपलब्धि
नेपालको विद्युत् चुहावट १५ प्रतिशतमा झरेको छ । तीन वर्षअघि आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म विद्युत् चुहावट १० दशमलव ४६ प्रतिशतले घट्दै १५ दशमलव ३२ प्रतिशतमा झरेको हो ।
आर्थिक वर्ष २०७२/०७३ मा विद्युत् चुहावट कुल उत्पादनको २५ दशमलव ७८ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०७५/०७६मा उक्त चुहावट १५ दशमलव ३२ प्रतिशतमा खुम्चिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थियो । पछिल्लो समय विद्युत् चुहावट घट्नु सन्तोषजनक रहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
तीन वर्षको अवधिमा पछिल्ला उपब्लधि उल्लेखनीय भएपछि अझै खुशी भएर बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका सचवि दिनेशकुमार घिमिरेको छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...