×

NMB BANK
NIC ASIA

हराभरा शहरको योजना

सडकछेउका बिरुवाको बिन्ती : मलाई नछुनुहोस्, म सानै छु !

भदौ २७, २०७६

NTC
Premier Steels

काठमाडौं – ‘नमस्कार मलाई नछुनुहोस्, अहिले म सानै छु । पछि तपाईंलाई धेरै थोक दिनेछु, मलाई पानी दिनुहोस्, म तपाईंलाई जीवन दिनेछु । मलाई माया गरे तपाईंलाई सास फेर्न सजिलो बनाउनेछु’ । ललितपुरको जावलाखेल–कुमारीपाटी सडकका दुवै छेउमा हालसालै रोपिएका बिरुवामा लेखिएका सूचनामूलक वाक्य हुन् यी ।

Muktinath Bank

बिरुवामा झुण्ड्याएर लेखिएका सूचनामूलक वाक्यले सडकछेउमा हिँड्ने जो कोहीको ध्यान तान्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुर महानगरपालिका वडा नम्बर ५ ले २ हप्ताअघि जावलाखेल–कुमारीपाटी सडकका दुवै छेउमा वृक्षारोपण गर्‍यो । वृक्षारोपण कार्यक्रमको ललितपुर क्षेत्र नम्बर ३ की नेकपा सांसद पम्फा भुसालले उद्घाटन गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

‘स्वच्छ सफा हराभरा, धुलोरहित वडा’ मूल नाराका साथ हरियाली वातावरण र अक्सिजनको लागि वृक्षारोपण गरिएको वडाध्यक्ष विकासमान श्रेष्ठले बताए । 

Vianet communication

वडा कार्यालयले कुमारीपाटी क्लबलाई बिरुवाको संरक्षण गर्ने मुख्य जिम्मा दिएको श्रेष्ठले बताए । ‘साना बिरुवा हुर्काउन धेरै नै गाह्रो हुन्छ, मान्छेहरूले निमोठिदिने, गाईवस्तुले खाइदिने, तारको बार लगाउँदा पछि बार निकाल्न झन्झट हुने गरेकाले ठूला बिरुवा नै रोेपेका हौं,’ अध्यक्ष श्रेष्ठले भने ।

कुमारीपाटी–जावलाखेल सडकको दुवै छेउमा १ सय बिरुवा रोपिएका छन् । विरुवामा ‘मेक सिटी ग्रीन एण्ड क्लीन, स्वच्छ वातावरणका लागि तपाईंको सहयोग अनिवार्य छ’ लेखेर सूचनामूलक कागज झुण्ड्याइएको छ । ‘मान्छेहरू देख्ने भएपनि देख्दैनन्, त्यसैले सूचनामूलक कुरा लेखेर झुण्ड्याएका हौं,’ श्रेष्ठले भने ।

महानगरपालिकाको वडा नम्बर ५ प्रसादी कलेज, युनाइटेड कलेज, बैंक वित्तीय संस्था र कुमारीपाटी क्लब लगायत क्षेत्रमा वृक्षारोपण गरिएको छ । वडा कार्यालयले वृक्षारोपणको मुख्य जिम्मा कुमारीपाटी क्लबलाई दिएको छ । ‘आगामी वर्षदिनमै ५ नम्बर वडालाई हराभरा र धुवाँधुलोरहित वडा बनाउँछौं,’ अध्यक्ष श्रेष्ठले भने ।

वडाले हराभरा बनाउन ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । वडाभरि नै सडकछेउमा बिरुवा रोप्ने योजना बनाइएको वडाध्यक्ष श्रेष्ठले बताए । ‘सरसफाईका कामहरू भइरहेका छन्, आउँदो सोमवार पनि जावलाखेलको गणेशमान पार्कसहित जावलाखेल नै सरसफाईको कार्यक्रम राखेका छौं,’ श्रेष्ठले भने ।

वडा नम्बर ५ सहित १३, १९ र २० नम्बर वडामा पनि वृक्षारोपणका कार्यक्रम गर्ने योजना रहेको बताउँछन् कुमारीपाटी क्लबका अध्यक्ष केशव खड्का । कुमारीपाटी–जावलाखेल सडकको साढे २ किलोमिटर सडकमा कीर्तिपुरको थापा नर्सरीबाट विरुवा ल्याएर वृक्षारोपणको कार्य गरिएको हो । बिरुवाको गोडमेलका लागि १ वर्षसम्म थापा नर्सरी र कुमारीपाटी क्लबबीच मौखिक सम्झौता भएको छ । ‘कुमारीपाटी क्लबले थापा नर्सरीसँग १ वर्षका लागि एउटा बिरुवाको वार्षिक ३ हजार ५ सय रुपैयाँका दरले मौखिक सम्झौता गरेको छ,’ खड्काले भने । बिरुवा मरे भने थापा नर्सरीले नै अर्काे बिरुवा लगाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

बिरुवाको संरक्षण कुमारीपाटी क्लबले गर्ने र क्लबले बोलाएको बेला आएर गोडमेल गरिदने गरी थापा नर्सरीसँग सम्झौता भएको उनले बताए । ‘हामीले बिरुवाको निगरानी राख्छौं, यसको गोडमेल गर्ने, हुर्काउने जिम्मा भने थापा नर्सरीले गर्छ,’ खड्काले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x