नक्कली धितोमा ऋण दिने बैंक अफ काठमाडौंका पूर्वसीईओ सहित ११ जना सीआईबीको फन्दामा

काठमाडौं– आर्थिक अपचलनको आरोपमा बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले लोकान्तरलाई दिएको जानकारी अनुसार सीईओ श्रेष्ठसहित ११ जनालाई नक्कली र कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा पक्राउ गरिएको हो ।


Advertisement

शुक्रवार ललितपुरस्थित आफ्नै निवासमा बसिरहेका बेला श्रेष्ठलाई सीआईवीले पक्राउ गरेको हो । श्रेष्ठसँगै पक्राउ पर्नेमा सोही बैंकका पूर्व कर्मचारी र बहालवाला कर्मचारी पनि रहेका छन् । 

पक्राउ पर्नेहरूले कति रकम अपचलन गरे भन्ने अहिलेसम्म नखुलेको प्रवक्ता पाण्डेले बताए ।


Advertisement

‘शुरूवाती अनुसन्धानमा डेढ करोडको नक्कली धितोमा ऋण प्रवाह गरेको पाइएको छ,’ पाण्डेले भने, ‘यसबाहेक कमसल धितोमा साढे ४  करोड ऋण प्रवाह गरेको तथ्य पत्ता लागेको छ ।’

पाण्डेले थप अनुसन्धान भइरहेको बताए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्