पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
असोज ६, २०७६
काठमाडौं – काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणका लागि ठेकेदार कम्पनी छनौट प्रक्रिया अगाडि बढेको छ ।
लगानी बोर्ड नेपालले सोमवार चक्रपथ निर्माणका लागि ठेकेदार कम्पनी छनौटका लागि ‘शर्ट लिस्टेड’ गरेको छ । लगानी बोर्डको सोमवारको बैठकले बाहिरी चक्रपथ निर्माणका लागि चीनको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई छनौट सूचीमा समावेश गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाहिरी चक्रपथ निर्माणका लागि ४ वटा कम्पनीको प्रस्ताव आएकोमा सोमवार बसेको बोर्डको बैठकले त्यसमध्ये एउटालाई मात्रै ‘शर्ट लिस्टेड’ गरेको बताए ।
‘बैठकमा पेश भएका प्रस्तावमध्ये ३ वटा योग्य देखिएनन्, एउटा चाइना कम्युनिकेसन कम्पनी योग्य देखिएकाले त्यसलाई हामीले शर्ट लिस्टेड गरेका छौं,’ उनले भने । लगानी बोर्डले विस्तृत कार्ययोजना प्रस्ताव माग गर्ने र प्रस्ताव उपयुक्त लागेमा ठेक्का सम्झौता गरिने जनाइएको छ ।
बोर्ड बैठकले निर्माण कम्पनी छनौट प्रक्रिया अगाडि बढाएकाले बाहिरी चक्रपथको काम अगाडि बढ्ने आशा जागेको चक्रपथ निर्माणको नियमन गरिरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले भने, ‘लगानी बोर्डबाट निर्णय भएकाले अब बाँकी प्रक्रिया अगाडि बढ्छ ।’
यसअघि आर्थिक वर्ष २०५५/०५६ मा १० वर्षभित्र सडक सञ्चालनमा ल्याउने योजनासहित सडक खण्डको प्रारम्भिक अध्ययन गरिएको थियो । सडक खण्डको डीपीआर २०६५ सालमा बनेको थियो । नेपालकै फूल ब्राइट कन्सल्टेन्सीले डीपीआर तयार पारेको थियो तर निर्माणका लागि कम्पनी छनौट, जग्गा अधिग्रहण लगायतका कारणले चक्रपथ आयोजनाको काम अगाडि बढ्न सकेको थिएन ।
उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणका लागि पहिलो चरणमा सतुङ्गल–चोभार खण्डको जग्गा प्राप्तिका लागि आवश्यक निर्णय गरिदिन भन्दै शहरी विकास मन्त्रालयमा गत वर्ष पत्र पठाएको थियो ।
काठमाडौं उपत्यकाका ३ वटै जिल्लालाई जोड्ने उद्देश्यले बाहिरी चक्रपथ निर्माण गर्ने योजना सरकारले अघि सारेको थियो । ६६ किलोमिटर लम्बाइ रहने बाहिरी चक्रपथको १० खण्डमा काम गर्ने गरी योजना बनाइएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...