×

NMB BANK
NIC ASIA

अग्रलेख

सिमाना खुल्ला हैन व्यवस्थित

पुस ४, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

छिमेकी देश भारतको सत्तासीन दल बीजेपी का अध्यक्ष एवं केन्द्रीय सरकारका गृहमन्त्री अमित शाहले हिजो (बिहिवार) दिल्लीको एक कार्यक्रममा मन्तव्य दिँदा नेपालसँगको भारतको सम्बन्ध ‘सौहार्द र मैत्रीपूर्ण’ रहेको विचार प्रकट गरेको खबर भारतीय प्रेसले दिएको छ । सशस्त्र सीमा बल (एस्एस्‌बी) को वार्षिकोत्सवको त्यस अवसरमा बोल्दा शाहले भारतमा शान्ति होस् भन्ने चाहना नराख्ने विदेशी तत्वहरूले नेपाल र भारत बीचको ‘खुला’ सिमानाको दुरुपयोग गर्ने गरेको शिकायत गरेको जानकारी पनि जनसमक्ष आएको छ ।

Muktinath Bank

खुला सिमाना यथार्थमा अव्यवस्थित सिमानाको रूपमा रहेको छ । सीमा वारपार आवतजावत गर्ने दुबैतर्फका मानिसलाई परिचय खोल्ने वा तोकेको नाका (सीमाचौकी)बाट मात्र वारिपारि गर्ने नियममा बाँधिएको छैन । काँडेतार, पर्खाल जस्ता कुनै छेकबार नभएको हुनाले जसले पनि जुनसुकै आली वा कुलो-पैनीबाट ओहोरदोहर गर्दै आएका छन् । यसरी दुई देशबीचको सीमालाई अव्यवस्थित राखेर अनधिकृत प्रवेश र आतङ्कवादी गतिविधि रोक्न कदापि सघाउ पुग्दैन । यस वास्तविकतालाई भारतको केन्द्रीय सरकारले बुझ्नुपर्छ । यसमा नेपालको अर्घेलो छैन किनभने नेपालले सीमा-व्यवस्थापनलाई सदैव प्राथमिकतामा राख्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल-भारत सीमाको सन्दर्भ आउँदा नेपालमा खटिएका भारतीय कूटनीतिक कर्मचारीले सन् १९५० को शान्ति र मैत्री सन्धिको हवाला दिँदै त्यसले सिमाना ‘खुला’ राखिनुपर्ने तर्क दिने गरेका छन् । तर यथार्थमा यस सन्धिका १०मध्ये कुनै पनि धारामा सिमाना खुला राख्नुपर्ने भनेर उल्लेख भएको छैन । एक देशका नागरिकले अर्को देशमा रहँदा एकैनासको सेवा सुविधा पाउँछन् भन्नु एक पक्ष हो; ओहोरदोहोर नै बेरोकटोक हुनुपर्छ भन्ने तर्क अर्कै हो जसको बलियो वा कानूनी आधार छैन । भारतका वर्तमान गृहमन्त्रीले यस कुराको गहिरो अध्ययन गराएर समयोचित उपाय अवलम्बन गर्ने पहल थाल्नु आवश्यक छ । किनभने नेपाल-भारत बीचको जनस्तरको सम्बन्ध परिचयपत्रको आधारमा मात्र यात्रा गर्ने पद्धति लागू गर्दैमा सीमित हुने वा नियन्त्रित हुने होइन; यस्तो भय रहनु पर्दैन । परिचयपत्र पाउने विधि-प्रक्रिया सरल गराए भइहाल्छ । बरु खुला सिमानालाई जोसुकैको लागि ‘खुल्ला’ राख्ने अहिलेसम्मको प्रचलनलाई जति सकेको छिटो हटाउनु नेपाल र भारत दुबै देशको हितमा हुनेछ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x