×

NMB BANK
NIC ASIA

दुई वर्षमा ७५ तुइन विस्थापित, बाँकी ११२ लाई कति समय लाग्ला ?

फागुन ५, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं, ५ फागुन– ०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएकै दिन केपी ओलीले दुई वर्षभित्र मुलुकभरका तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए।नौ महिना सरकारको नेतृत्व गरेर बिदा भएका उनी बिहीबार पुनः प्रधानमन्त्री बन्दा केवल ७५ वटा मात्र तुइन विस्थापित भएका छन्।

Muktinath Bank

तुइन विस्थापित गरी झोलुंगे पुल बनाउने निकाय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले दुई वर्ष चार महिना बित्दा आधा तुइन पनि विस्थापित गर्न सकेन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले तत्कालीन समयमा मुलुकभर एक सय ८७ तुइन पहिचान गरिएकोमा हालसम्म ७५ वटा विस्थापित गरी ती ठाउँमा झोलुंगे पुल निर्माण गरेको जानकारी दिए। प्रक्रिया र बजेटमा अलमल र समस्या हुँदा तत्कालीन प्रधानमन्त्रीले गरेको पहिलो निर्णय अढाई वर्ष पुग्दासम्म अन्योलमै छ। विभागले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५६ वटा तुइनलाई विस्थापित गरी तत्तत् स्थानमा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ।


Advertisment
Nabil box
Kumari

‘अबको पाँच महिनाभित्र ५६ वटा तुइन विस्थापित गर्ने गरी झोलुंगे पुल निर्माण गरिरहेका छौं’, श्रेष्ठले शुक्रबार अन्नपूर्णसँग भने, ‘५६ मध्ये तीनवटा लामा झोलुंगे पुल बनाउनुपर्ने भएकाले सम्भव छैन, बाँकीका हकमा बजेटमा समस्या नभए मात्र पूरा हुनेछन्।’ विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनबाट ४१ झोलुंगे पुल बनिरहेका छन् भने बाँकी १८ वटा जिल्ला समन्वय समिति (यसअघि जिल्ला विकास समिति) बाट बनिरहेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x