×

NMB BANK
NIC ASIA

जाने हो 'धर्तीको स्वर्ग' ? यसरी पुग्न सकिन्छ रारा [फोटो फिचरसहित]

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ८ वैशाख- कर्णाली प्रदेश मात्र नभएर देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो, मुगुको रारा । रारालाई धर्तीको स्वर्ग पनि भन्ने गरिन्छ । गत वैशाख १ गते कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष– २०७५ को उद्घाटन भव्यरूपमा सम्पन्न गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा किनारबाटै देशवासीलाई सम्बोधनसमेत गरे । यसले सम्पूर्ण नेपालका लागि, अझै कर्णालीका लागि रारा कति महत्त्वपूर्ण छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

Muktinath Bank

कसरी पुगिन्छ त धर्तीको स्वर्गमा ? रारा जान अहिले विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा जस्तो गाह्रो भने छैन । सुर्खेतदेखि २ दिनमा सजिलै सडक यात्राबाट रारा पुग्न सकिन्छ । कर्णालीको राजधानी सुर्खेतबाट हवाई यात्रामा गए त उसैदिन राराको अवलोकन गर्न पाइन्छ । विमानमा जाने हो भने मुगुको गमगढी, ताल्चा विमानस्थल र रारा मात्रै हेर्न पाइने अवसर प्राप्त हुनेहुँदा सुर्खेतबाट रारा जान सडक नै उपयोगी बन्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यदि तपाईंँले रारा जान चाहनुभयो भने कम्तिमा सुर्खेतदेखि रारासम्मका लागि ६ दिनको समय छुट्याउनुपर्ने हुन्छ । यहाँ मैले सडकमार्गको बारेमा जानकारी दिन गइरहेको छु । सुर्खेतसम्म जुनसुकै माध्यमबाट आए पनि यहाँबाट तपाईंंले गाडी रिर्जव गर्ने वा सुर्खेत–मुगु जाने सार्वजनिक बसमा यात्रा गर्ने सक्नुहुन्छ । सुर्खेतबाट मुगुको ताल्चा विमानस्थलसम्मको सार्वजनिक बस भाडा १७ सय रूपैयाँ हो ।

Vianet communication
Laxmi Bank

तपाईंंले अन्य जीपहरू पनि रिजर्भ गरे जान सक्नुहुन्छ । सानो गाडीमा जानु भए यहाँले भनेको ठाँउमा रोक्ने, फोटो खिच्ने र अन्य खानपिन गर्न अत्यन्तै सहज हुन्छ । सुर्खेतबाट हिँडेको पहिलो दिन दैलेखको रानीमत्ता हुँदै राकम कर्णाली भएर कालिकोटको नाग्मसम्म सहजै पुग्न सकिन्छ । सडक दैलेखको घट्टे खोलाबाहेक अन्यत्र राम्रो छ ।

यहाँहरूले जान चाहे जुम्ला पनि पुग्न सक्नुहुन्छ सोही दिन । यो यात्रामा तपाईंले जुम्ला पनि नछुटाउँदा रमाइलो हुन्छ । नाग्मबाट जम्मा ३२ किलोमिटर टाढा रहेको जुम्लामा तिला कर्णालीले बनाएका मनमोहक फाँटहरू, भीरमा टाँसेर बनाइएकाजस्ता घरहरू, अनि मनोरम पाटनहरू अवलोकन गर्न सक्नुहुन्छ । जुम्लामा पुगेर चन्दननाथ मन्दिर, केटीएस लगायतका अन्य भौतिक संरचना, पर्यटकीय स्थलहरूको अवलोकन गर्ने अवसर समेत प्राप्त हुनेछ । यसका साथै तातोपानीमा नुहाउने अवसर समेत पाउन सकिन्छ ।

जुम्लाबाट सोझै ७३ किलोमिटर यात्रा गरी रारा पुग्न सकिन्छ । त्यो रुट भने नयाँ हो । तर उक्त सडकमा पनि पानी नपरेको दिन गाडीमा सहजै जान सकिन्छ ।

यदि तपाईं त्यो खतरा मोल्न नचाहने हो भने तपाईंले फेरि नाग्म आउनुपर्ने हुन्छ र नाग्मबाट ९३ किलोमिटरको यात्रा तय गर्नुपर्ने हुन्छ । नाग्मबाट रारासम्म नै सडक ग्राभेल गरिएको छ । सडकमा यात्रा गर्दा त्यति डराइहाल्नुपर्ने स्थिति छैन । उसै पनि रारा जाने भनेको साहसिक यात्रा नै हो ।

नाग्मबाट हिँडेको खण्डमा यहाँहरूको खाना खाने ठाउँ गोठी जिउला (सिंजा) हालको कनकासुन्दरी गाँउपालिका, जुम्लामा हो । खस राज्यको राजधानीको रूपमा रहेको, विराट राजाको दरबार रहेको, कनकासुन्दरी देवीको मन्दिर र पाण्डव गुफा समेत रहेको उक्त सिंजा क्षेत्र मनोरम छ । विकटजस्तो देखिए पनि उत्पादनका हिसाबले धनी क्षेत्र हो ।

तपाईंहरूले यहाँ खाना खाएपछि भुलभुलेमा गएर चिया पिउन सक्नुहुन्छ । तत्पश्चात मुगु जिल्लाको सिमानामा पुगिन्छ । सेनाको श्री श्रीदल पोस्ट आएपश्चात तपाईं राराको नजिक पुग्दै हुनुहुन्छ भन्ने थाहा पाए हुन्छ ।

त्यहाँबाट बढीमा ३ घण्टामा मुगुको ताल्चा विमानस्थलमा पुग्न सकिन्छ । यहाँहरूले ताल्चामा बास बसेर बिहानै रारा जान सक्नुहुन्छ, नभए उसै दिन राराको यात्रा तय गरेर रारा परिसरमै रहेका होटलमा बस्ने गरी पुग्न सक्नुहुन्छ ।

श्रीदल गुल्म भन्दा माथि गाडी सेनाले जान दिँदैन । गाडी त्यहाँ पार्किङ गरेर करीब आधा घण्टा हिँडेपछि धर्तीको स्वर्ग राराको दर्शन पाइन्छ । अनि रारा किनारै किनार पैदल वा घोडामा सवार भएर १ घण्टामा डाँफे होटलमा पुग्न सकिन्छ ।

रारा यात्रामा अग्ला हिमालहरूको दृश्यावलोकन गर्ने अवसर समेत पाइन्छ । राराको रङ बदल्ने बानी पनि अनौठो छ, जो यहाँ शब्दमा व्यक्त गर्न कठिन छ । जे होस्, तपाईं जहाँ हुनुहुन्छ, तपाईंको बाटो राराले कुरेर बसेकी छिन्, तर उनको एउटै आग्रह के छ भने रारा छेउछाउमा फोहोर भने नगरिदिनुहोला ।

अनुमानित खर्च विवरण (सुर्खेतबाट)
सार्वजनिक बस भाडा: प्रतिव्यक्ति १७ सय
जीप भाडामा लिएमा: करीब ३० देखि ४० हजार (१० जनासम्म)
प्लेन भाडा :जान करीब ६ हजार, फर्किन ४ देखि ५ हजार (सुर्खेतबाट)
बास एकरात : न्यूनतम १ हजार (एक कोठा)
खाना: करीब ५००
पिउने पानी : १०० (प्रति बोत्तल)

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x