×

NMB BANK
NIC ASIA

प्रभु समूहको प्रभु टीभीको सेवा प्रारम्भ

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रभु समूहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी) मा आधारित प्रभु टीभीले सेवा प्रारम्भ गरेको छ ।

Muktinath Bank

ओटीटी प्रणालीमा आधारित भएर मोबाइल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफूले छानेका च्यानल हेर्न सकिने छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले सेवाको प्रदर्शन गरी शुभारम्भ गरेका छन् । प्रभु टीभीले कल साइनमा देशव्यापी रुपमा वर्षको ३ सय ६५ दिन नै उच्च गुणस्तरीय डिजिटल टीभी च्यानलको प्रशारण सेवा प्रदान गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रभु टीभीले कल साइनमार्फत् (डीभीबी) प्रविधिमा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टीभी च्यानल तथा ओटीटी प्रविधिमा मोबाइल, ट्याब्लेट तथा ल्यापटपमा इन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गर्नेछ ।


Advertisment
Nabil box
Kumari

प्रभु टीभीको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एन्टिनाको खरिदसँगै ग्राहकलाई सबै स्थानीय प्रशारित टीभी च्यानलको पहुँच हुनेछ । अन्तर्राष्ट्रिय टीभी च्यानल र विशेष कार्यक्रम समेत उच्च गुणस्तरमा हेर्न सकिने जनाइएको छ ।

Vianet communication
Laxmi Bank

प्रभु टीभीले काठमाडौं, चितवन र पोखरामा आफ्ना सेवा प्रदान गर्ने भएपनि भविष्यमा विस्तार गर्दै जाने जनाइएको छ । पूर्वाञ्चल क्षेत्र, बुटवल, भैरहवा, नेपालगञ्ज र कोहलपुरमा समेत प्रशारण गर्ने लक्ष्य लिइएको छ । प्रभु टीभीले विभिन्न प्रकारका च्यानल बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन र सूचनामुलक नेपाली तथा अन्तर्राष्ट्रिय च्यानल समेत प्रस्तुत गर्ने जनाइएको छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखेर विभिन्न प्रारम्भिक प्याकेजको व्यवस्था गरिएको छ । जसअन्तर्गत एकल प्रयोगकर्ताको हकमा ६ महिनाको शुल्क १ हजार ६ सय रुपैयाँ र सेटअप बक्सबापत १ हजार रुपैयाँ तथा संस्थागत प्रयोगकर्तालाई मासिक २ सय रुपैयाँ र सेटअप बक्सबापत ८ सय रुपैयाँ पर्नेछ ।

प्रभु समूह अन्तर्गत बैकिङ्ग, बीमा, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर, व्यवस्थापन र सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी आवद्ध रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x