'रवि दाइलाई फसाउने यही हो' भनेर एसएसपीको फोटो फेसबूकमा राख्ने पक्राउ

भदौ १, २०७६

काठमाडौं– प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीलाई गालीगलौज गर्ने एक जना पक्राउ परेका छन् ।

पत्रकार रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर समाजिक सञ्जालमा गालीगलौज गर्ने अछामका रिदम बिसी भनिने शंकर विकलाई अछामको मंलसेनबाट पक्राउ गरी काठमाडौं ल्याइएकोे हो । 


ADVERTISEMENT

विकले सामाजिक सञ्जाल फेसबूकमा काठमाडौं परिसर प्रमुखको फोटो राखी ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो’ भन्दै स्टाटस लेखेका थिए । 

उनलाई अछाम प्रहरीमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले लोकान्तरलाई बताए । 

विकलाई विद्युतीय कारोवार ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने बोगटीले बताए ।
 

भदौ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार