×

NMB BANK
NIC ASIA

छाउपडीको नयाँ रुप, छाउ बार्ने तर बसाईं छाउगोठ होइन छाउघरमा

असार २१, २०७७

NTC
Premier Steels

चैकुने गाउँपालिकाको घाटगाउँमा काठैकाठको एक घर । त्यो घरको भुईंतलामा बाख्रा पालिएको छ । माथिल्लो तलामा जान लिस्नुको प्रयोग भएको छ । त्यहाँ मच्छरदानी, सोलार बत्ती र पंखाको व्यवस्था छ । सरसर्ती हेर्दा परम्परादेखि चल्दै आएको छाउ गोठ यहाँ नभएको अनुमान गर्न सकिन्छ । तर यहाँका महिला अहिले सुविधासम्पन्न यो घरमा बस्दै आइरहेको छन् ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको रुपमा बसन्त अधिकारी आए । उनी आफैंमा रुढीवादी परम्पराको विरोधी थिए नै, उनलाई साथ दिने शाखा अधिकृत उत्तम शर्मा पनि सुर्खेतमै थिए । गत वर्ष सरकारले सामाजिक कुप्रथाको रुपमा रहेको छाउगोठ भत्काउने अभियान तिव्रताका साथ अघि बढायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालय सुर्खेतले गृहमन्त्रालयको आदेश भन्दै गाउँगाउँमा रहेका छाउगोठ भत्काउन प्रहरी नै परिचालन गरेर छाउगोठ भत्कायो । अहिले भत्काएको स्थानमा पहिलेृ जस्तो छाउगोठ देखिदैनन् । अहिले सोलार राखिएका, घरको माथिल्लो तलामा छाउ भएका महिलाहरुलाई बसाल्ने गरिएको पाइएको छ । त्यो घरलाई अहिले सामुहिक छाउघर भनिन्छ । त्यहि घरमा रजस्वला भएको पाँच दिनसम्म महिलाहरु ब्स्नुपर्ने अवस्था अहिले सिर्जना भएको छ ।


Advertisment
Nabil box
Kumari

घरदेखी अलग्गै बनाएको साँघुरो छाउगोठमा महिनावरी भएको बेला बसाल्दा महिलालाई सर्पले टोक्ने, बलात्कृत हुने र निस्सासिएर मृत्यु हुने घटना बढेपछि सरकारले गत पुसमा छाउपडी उन्मुलन अभियान थालेर छाउगोठ भत्काएको थियो । सुर्खेतमा अभियानका क्रममा झण्डै दुईहजार छाउगोठ भत्काइएको थियो । परम्परागत रुपमा चल्दै आएको कुप्रथा केही हदसम्म निर्मुल भएपनि पूर्ण रुपमा अन्त्य गर्न स्थानीय सरकारले सचेतनामुलक अभियानहरु जारी राखेको दावी गरेका छन् ।

Vianet communication

फेरियो अवस्था,महिलालाई सुरक्षा

चौकुने गाउँपालिका वडा नं. ९ की माता विकले अहिले सुरक्षित रुपमा आफूहरु छाउघरमा बस्दै आइरहेको बताइन । ‘घरमा बस्दा देवताले मान्दैन । हाम्रा छोरी बुहारी सबै त्यहि सामुहिक छाउघरमा बस्छन्,' उनी भन्छिन्, ‘हामी जीवन जिउञ्जेल सरकारको कानून मान्दै छाउ प्रथा मान्न बाध्य छौं । सरकारको नियम मात्रै मान्दा हामीलाई समाजले नै समस्या पारेको छ ।’

यता, चौकुने गाउँपालिका वडा ९ का अध्यक्ष नवराज जैसीले आफूहरुले बारम्बार छाउ नबार्न भनेपनि निषेध गर्न नसकेको स्वीकार गरे । ‘नबार्नुस भन्छौं कोही मान्दैन् । उनीहरुमाथि बल प्रयोग गर्न पनि सकिदैन,' उनले भने, ‘अब हामी कसैलाई पनि ज्यानमारा छाउगोठमा बस्न दिदैंनौं । जनचेतना अभिवृद्धि गर्न थप कार्यक्रम ल्याउँछौं ।’

महिनावारी भएको समयमा घरपरिवारमा छोए अनिष्ट हुने, देवीदेवता रिसाउने, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासले कर्णालीका पहाडी जिल्लामा महिनावरी भएको बेला अलग्गै गोठमा बस्ने परम्परा कायमै छ । विगत भन्दा अहिले केहि फरक अवस्था छ तर त्यो पर्याप्त छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x