×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

BREAKING : विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएका गठबन्धनका राजु गुरुङ र स्वतन्त्रका कमल भुसालको उम्मेदवारी खारेज

असोज २५, २०७९

NTC
Premier Steels

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ । 

Muktinath Bank

उम्मेदवार हुन अयोग्य देखिएको  भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार साझ एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् । गुरुङको उम्मेदवारी खारेजी भएसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवार बिहिन बनेको छ । 


Advertisment
Nabil box
Kumari

चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्ययनरत भुसाल चुनाव लड्न पाउँदैनन् ।

Vianet communication

गुरुङलाई प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार उम्मेदवार हुन अयोग्य देखिएकोले उम्मेदवारको मनोनयन खारेज हुने निर्णय भएको व्यहोरा आयोगको सूचनामा उल्लेख छ । 

गुरुङ गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार थिए । सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका भुसाल र गुरुङविरुद्ध आयोगमा उजुरी परेको थियो । 

हेर्नुहोस आयोगको सूचना 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x