पुस २, २०८०
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
जनकपुरधाम, १२ असार – २ नम्बर प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षभित्र खर्च गर्ने गरी १०÷१० लाख रुपैयाँ विनियोजन गरेको थियो । जुन बजेट अहिले खर्च हुने क्रममा छ । तर, आर्थिक वर्ष सकिनै लाग्दासम्म पनि भौतिक प्रगति शून्यप्रायः छ ।
प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नुपर्ने बजेट अब १२ दिनभित्र खर्च गर्नुपर्ने देखिएको छ । १२ दिनमा १० लाख बजेटको भौतिक प्रगति पूरा होला त ? प्रदेशसभा सदस्यहरू जसरी पनि बजेट खर्च गर्ने सुरसारमा लागेका छन् । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७४÷७५ का लागि प्रत्येक सांसदका लागि १० लाख रुपैयाँ छुट्याएका थिए ।
असार १० गतेसम्म पनि जिल्ला प्राविधिक कार्यालय धनुषामा सांसदले योजना छनौट गरिरहेका थिए । संघीय समाजवादी फोरम नेपालकी सांसद चमेलीदेवी दास विगतमा पेश गरेका योजना सच्याएर नयाँ योजना छनौट गरिरहेकी भेटिइन् । ‘कार्यकर्ताहरू धेरै छन्, मलाई ह्यान्ड पाइप दिनुपर्यो भन्दै माग्नेहरू धेरै भएकाले सबैलाई सन्तुष्ट पार्न योजना सच्याउनुपर्यो,’ उनले भनिन् ।
जिल्ला प्राविधिक कार्यालय धनुषाले उपलब्ध गराएको योजना विवरण अनुसार सांसदले न्यूनतम ३ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म योजना छनौट गरेका छन् । सबै सांसदले उपभोक्ता समितिमार्फत् काम गराइरहेका छन् । उपभोक्ता समितिमा राजनीतिक दलका कार्यकर्ता हुने गरेका छन् । जिल्ला प्राविधिक कार्यालय धनुषाका नायब सुब्बा चन्द्रप्रकाश न्यौपानेले प्रत्येक सांसदले योजना छनौट गर्नुका साथै उपभोक्ता समितिमार्फत् सम्झौता भइसकेको बताए ।
प्राविधिकले योजनाका डिजाइन समेत गरिसकेका छन् । अब बाँकी रहेको १२ दिनभित्र सांसदले आ–आफ्ना उपभोक्ता समितिमार्फत् कार्य सम्पन्न गराएको अनुगमनबाट प्रमाणित भए बिल अनुसारको रकम फछ्र्याैट हुने छन् । असार २४ गतेसम्म काम सम्पन्न भएर पैसा निकासा नभए रकम प्रदेश सरकारमा फिर्ता जाने न्यौपानेले बताए ।
प्रायः सांसदले खानेपानी, ह्याण्डपाइप जडान, सामुदायिक भवन निर्माण, पीसीसी ढलान, सडकमा माटो तथा ग्राभेल, मन्दिर, मदरसा निर्माण, कुलो जीर्णोद्वार लगायतका योजना राखेका छन् । विभिन्न सीपमूलक तालिम आयोजना गर्ने भन्दै योजना छनौट गरिएका छन् । कार्यविधि अनुसार सांसदले पहिलो प्राथमिकतामा महिला, बालबालिका, दलित, अपाङ्ग, मधेशी, मुस्लिम, पिछडा समुदाय तथा विपन्न वर्गको उत्थान र विकास सम्बन्धी योजना तथा दोस्रो प्राथमिकतामा श्रममा आधारित योजना र तेस्रो प्राथमिकतामा कम्तिमा २० प्रतिशत जनसहभागितामा योजनाको छनौट गर्नुपर्ने प्रावधान राखिएको छ ।
निर्वाचित सांसदका लागि निर्वाचित संसदीय क्षेत्र र समानुपातिक सांसदका लागि जिल्लाको कुनै १ निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यविधि रहेको छ । प्रदेशका ८ वटै जिल्लाका प्राविधिक कार्यालयमार्फत् कार्यक्रम सञ्चालन गराइएका छन् । प्रशासनिक खर्चवापत १० लाख रुपैयाँमध्ये प्राविधिक कार्यालयले ५० हजार रुपैयाँ लिने गरेका छन् ।
धनुषाका सांसदले छनौट गरेका योजना
नेकपा एमालेका सांसद किशोरी साह कमलले सबैला नगरपालिका–१२ र धनुषाधाम नगरपालिका–३ मा कल्भर्ट निर्माणका लागि २ लाख, सबैला नगरपालिका–१२ खैर्बोना र गणेशमान चारनाथ नगरपालिका–११ शंकरपुरमा सिँचाइका लागि कुलो जीर्णोद्वारमा २ लाख, सबैला नगरपालिका–१० खरिहानीमा विद्यालय पर्खाल निर्माणमा २ लाख, गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा मदरसामा इँटा जोडाई, प्लास्टर लगायतको कार्यमा २ लाख, सबैला नगरपालिका–४ बाल्टीयामा विद्यालयमा फर्निचर खरिदमा १ लाख ५० हजार रुपैयाँको योजना छनौट गरेका छन् । नेपाली कांग्रेसकी सांसद प्रमिलादेवी दासले सामुदायिक भवन दलित दलानका लागि ४ लाख, जनकपुर–१५ मा सर्फ तालिमका लागि ३ लाख, चुडा लहठी तालिमका लागि २ लाख ५० हजार रुपैयाँको योजना छनौट गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका सांसद समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुर उपमहानगरपालिका–१९ मा खानेपानी तथा ह्याण्डपाइप जडानमा २ लाख ५० हजार, मिथिला बिहारी नगरपालिका–७ मा हनुमान मन्दिर निर्माणका लागि ४ लाख र मिथिला बिहारी नगरपालिका–१ मा सिँचाइ कुलो जीर्णोद्वारका लागि ३ लाख रुपैयाँको योजना छनौट गरेका छन् ।
फोरम नेपालकै सांसद राम अशिष यादवले जनकपुर उपमहानगरपालिका–१७ तेतरियामा मिथिला आर्ट १ महिने प्रशिक्षण तालिमका लागि १ लाख, औरही गाउँपालिका–१ पौडेश्वरमा जलाद नदी नियन्त्रणका लागि ७ लाख र तेतरियामा नदी नियन्त्रणका लागि १ लाख ५० हजार रुपैयाँको योजना छनौट गरेका छन् ।
नेपाल कम्यूनिस्ट पार्टीका सांसद अनितादेवी यादवले १० लाख रुपैयाँको एउटै योजना छनौट गरेका छन् । उनले लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी टोलमा सोनामाई स्थानको बाउन्ड्री वाल र मर्मत सम्भारमा १० लाख रुपैयाँ खर्चिने योजना छनौट गरेका छन् । नेपाली कांग्रेसकी सांसद सरस्वती चौधरीले जनकपुर उपमहानगरपालिका–१ मा सर्फ तालिमका लागि २ लाख, औरही गाउँपालिका–२ परबाहा टोलमा ह्याण्डपाइप जडानका लागि २ लाख ५० हजार र रामेश्वर राधिका धानुक कुटी भवन निर्माणका लागि ५ लाख रुपैयाँको योजना छनौट गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद परमेश्वर साहले जनकपुर उपमहानगरपालिका–१ मा सडक ढलानमा ५ लाख र मधेश समाज कल्याण केन्द्र जनकपुर–८ को गैरसरकारी संस्थामार्फत् महिलालाई सीप विकास तथा आयमूलक तालिमका लागि ४ लाख ५० हजार रुपैयाँको योजना छनौट गरेका छन् । फोरम नेपालका सांसद शैलेन्द्रकुमार यादवले शाहीदनगर नगरपालिका–७ धबौलीमा थान तारबाँध निर्माणका लागि १ लाख ३० हजार रुपैयाँ, जनकनन्दनी गाउँपालिका खजुरीमा समाधि बाबा निर्माणका लागि ३ लाख ५० हजार र कमला नगरपालिका–७ हथमुण्डामा सामुदायिक भवन निर्माणका लागि ४ लाख ७० हजार रुपैयाँको योजना छनौट गरेका छन् ।
नेपाल कम्यूनिस्ट पार्टीका सांसद रामचन्द्र मण्डलले मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीमा पोखरीको घाट निर्माणका लागि २ लाख, करहियादेखि तारापट्टीको प्रहरी बिटसम्म बाटो निर्माणका लागि २ लाख र धनुषा नगरपालिका–५ पर्वताको सामुदायिक भवन निर्माणका लागि ३ लाख रुपैयाँको योजना छनौट गरेका छन् । त्यसैगरी, धनुषाधाम नगरपालिका–१ को मंग्राहाको सामुदायिक भवनको ग्राउण्ड फ्लोर पीसीसी ढलान तथा प्लास्टरका लागि १ लाख र हंशपुर नगरपालिका–३ को हंशपुर मलहनिया मुख्य सडकबाट पुर्नी पोखरीसम्म माटो र ग्राभेल सहितको बाटो निर्माणका लागि १ लाख ५० हजार रुपैयाँको योजना छनौट गरेका छन् ।
नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका नेता रामसरोज यादवले मुखियापट्टी मुसहर्निया गाउँपालिका–६ मा सार्वजनिक दलान निर्माणका लागि ५ लाख, जनकपुर उपमहानगरपालिकामा खानेपानीको लागि २ लाख ५० हजार र ब्यूटीसियन तालिमका लागि २ लाख रुपैयाँको योजना छनौट गरेका छन् । नेपाल कम्यूनिस्ट पार्टीका सांसद शत्रुघन महतोले बटेश्वर गाउँपालिका–३ मा खानेपानी ईनारका लागि ३ लाख, मिथिला नगरपालिका–६ मा सामुदायिक भवन निर्माणका लागि ६ लाख ५० हजार रुपैयाँको योजना छनौट गरेका छन् ।
नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले आफ्नो सबै योजना नगराइन नगरपालिका–२ मै सीमित पारेका छन् । रामजानकी मन्दिर निर्माणमा विभिन्न किसिमको कामवापत ६ लाख ४२ हजार, दालमोट बनाउने तालिमका लागि २ लाख ४० हजार र महिलालाई आयमूलक तालिम तथा बाख्रापालनका लागि २ लाख ४० हजार रुपैयाँ रुपैयाँको योजना छनौट गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालकी सांसद चमेलीदेवी दासले विभिन्न ठाउँमा खानेपानी ह्याण्डपाइप जडानका लागि ३ लाख ५० हजार, सबैला नगरपालिका–१० को अमर्खाना गाउँको हनुमान मन्दिरमा टायल्स प्लास्टरका लागि १ लाख ५० हजार र लक्ष्मीनिया गाउँपालिका–६ मा पीसीसी ढलानका लागि ४ लाख ५० हजार रुपैयाँको योजना छनौट गरेका छन् ।
लाखौंका योजना १२ दिनमै सम्पन्न गर्नुपर्ने भएकाले गुणस्तर कमजोर हुने र कागजात मिलाएर रकम भुक्तानी गरी भ्रष्टाचार हुने आशंका गरिएको छ । यसअघि, संविधानसभा सदस्यले संसदीय निर्वाचन क्षेत्रमा खर्च गरेको बजेट कार्यकर्ता पाल्न काम खर्च भएको आरोप लाग्ने गरेको थियो । प्रदेशसभा सदस्यका लागि प्रदेश सरकारले प्रतिसांसद १० लाख रुपैयाँको योजना दिँदा समेत सांसद खुशी देखिएका छैनन् । एउटा वडा अध्यक्षले वडामा १ करोड रुपैयाँसम्म योजना चलाउन पाएका छन् भने प्रदेश सांसदलाई १० लाख रुपैयाँको योजना मात्र दिँदा कार्यकर्तामा असन्तुष्टि बढेको जनाइएको छ ।
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...