पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
फागुन २८, २०७५
काठमाडौं – निजामती प्रशासनलाई स्थायी सरकारका रुपमा हेरिन्छ । राजनीतिक अस्थिरताका कारण मन्त्री र प्रधानमन्त्री वर्षैपिच्छे फेरिने समस्या यसअघि भएपनि कर्मचारी प्रशासनलाई स्थायी सरकारका रुपमा हेरिँदै आएको छ ।
कामको विधि, प्रक्रिया र परम्परामा ध्यान दिने भएकाले कर्मचारी प्रशासनलाई स्थायी सरकारका रुपमा हेरिने बताइन्छ । स्थायी सरकार र मन्त्रालयको उपल्लो पद हो सचिव ।
पछिल्लो समय सचिव फेरिने क्रम भने निरन्तर छ । समय नपुग्दै सरुवा हुने कार्यले निरन्तरता पाउँदा सचिवहरूले फिरन्ते नियती भोग्नुपरेको छ । गत ६ फागुनमा मात्रै सरकारले करीब आधा दर्जन सचिवलाई सरुवा गरेको थियो ।
२ हप्तामै सरुवा
फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरुवाको सूचीमा परेका १ सचिव हुन् कृष्णप्रसाद देवकोटा । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।
देवकोटा १ वर्षको अवधिमा ४ पटकसम्म सरुवा भएका विवरणमा उल्लेख छ । २०७४ कात्तिक १४ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा भएका देवकोटा कार्तिक २७ गते अर्थात् २ हप्ता नपुग्दै सार्वजनिक खरिद अनुमगन कार्यालयमा सरुवा भए । उनी फेरि माघ ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएर फागुन ६ गतेबाट युवा तथा खेलकुद मन्त्रालयमा छन् ।
सरकारी निकायमा रहेको उनको रेकर्ड हेर्दा सचिवमा बढुवा भएपछि निरन्तर सरुवामा परेका देखिन्छन् । २०७३ मंसिर १२ गते सचिवमा बढुवा भएपछि पुस ७ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा उनी सरुवा भएका थिए । उनले आफ्नो सरुवाका विभिन्न कारण रहेको भन्दै यसबारे बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
२०७३ माघ ६ गते सचिवमा बढुवा भएका कृषि सचिव युवकध्वज जीसी २०७४ कात्तिक ६ गते वन मन्त्रालयमा सरुवा भएका थिए । चैत २० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएका सचिव जीसी हाल सोही मन्त्रालयमा छन् । सचिवमा बढुवा भइसकेपछिको विवरण अनुसार लामो समय एउटै निकायमा टेकिरहेका जीसी पनि देखिँदैनन् । यद्यपि उनी हाल करीब १ वर्षदेखि कृषि मन्त्रालयमै छन् ।
विगतमा मन्त्री फेरिने प्रवृत्तिले मन्त्रीसँग कुरा नमिल्दा सरुवा हुने गरेको बताइने गरेको थियो । पछिल्लो समय स्थायी सरकारका मन्त्री हुँदा समेत सचिव सरुवाको क्रम रोकिएको छैन ।
स्वास्थ सचिव, वाणिज्य सचिव, खानेपानी सचिवदेखि प्रायःजसो मन्त्रालयका सचिव परिवर्तन भएको धेरै लामो समय भइसकेको छैन ।
राजनीतिक कित्ताकाट र स्वार्थ पूरा नगर्दा छिट्टै सरुवा
पूर्वमुख्यसचिव विमल कोइराला मन्त्रीहरूले आफू अनुकूलको मान्छे खोज्न थालेका कारण सचिव चाँडै सरुवामा पर्ने बताउँछन् । राजनीतिक कित्ताकाट हुने गरेका कारण सचिवको सरुवा छोटो समयमै हुने गरेको कोइराला बताउँछन् । ‘मन्त्रीले आफू अनुकूलको मान्छे खोज्न थाले,’ पूर्वमुख्य सचिव कोइरालाले लोकान्तर डटकमसँग भने, ‘सचिव सरुवामा राजनीतिक कित्ताकाट हुने गरेको छ ।’
सचिवहरूले मन्त्रीको इशारामा चल्ने ‘यन्त्रमानव’ नबन्दा सरुवा हुनुपरेको समेत बताइन्छ । प्रशासनविद् भीमदेव भट्टले मन्त्री र सचिवबीच कुनै कुरामा सहमति नहुने र विचार नमिलेका कारण सचिव चाँडो सरुवामा पर्ने बताए ।
‘मन्त्री र सचिवबीच दरार प¥यो र आफू अनुकूल काम भएन भने सचिवको सरुवा गरिन्छ,’ उनले भने, ‘हालैका उदारण हेर्दा पनि खानेपानी मन्त्री र सचिवबीच भएको विवाद सञ्चारमाध्यममा नै आयो र अर्का सचिवले भारतीय बसलाई चिनियाँ बस प्रमाणित नगर्दा सरुवा भएको सार्वजनिक गरे । यो हेर्दा पनि मन्त्री र सचिवको कुरा नमिलेका कारण सरुवा हुने गरेको बुझ्न कठीन हुँदैन ।’
काममा बाधा
छोटो समयमै हुने सचिव सरुवाका कारण सम्बन्धित निकायको काममा अवरोध पर्ने गरेको छ । पूर्वमुख्यसचिव कोइरालाले छोटो समयमै हुने सचिवको सरुवाले काममा धेरै नराम्रो असर गर्ने बताए । ‘५ देखि ६ महिना त मन्त्रालय बुझ्नमै लाग्छ,’ उनले भने, ‘काम नथाल्दै, अरुले नचिन्दै सरुवा भइहाल्छ । यसले कसरी काम अघि बढ्छ ?’
प्रशासनविद् भट्टले छोटो समयमै हुने सचिव तथा कर्मचारी सरुवाका कारण सिस्टमले गति नलिने बताए । छोटो समयमै हुने सरुवाका कारण जिम्मेवारी बहन कसैले नगर्ने र उत्तरदायी भूमिका समेत सचिवले खेल्न नसक्ने उनले बताए ।
‘आदर्श प्रशासनमा यसरी छोटो समयमै सरुवा हुने प्रक्रिया हुनु नपर्ने हो,’ उनले भने, ‘नियम कानूनलाई आधार बनाएर अगाडि बढ्नुपर्छ ।’ पछिल्लो समय भइरहेको सरुवाले निजामती सेवा ऐनको कार्यान्वयन नगरेको समेत भट्टले बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...