×

NMB BANK
NIC ASIA

शंकास्पद सुरक्षा

सीके राउतलाई अनौठो सुरक्षा : गुडिरहेकै गाडीमा झुण्डिए तालिम प्राप्त गार्ड !

फागुन २९, २०७५

NTC
Premier Steels

जनकपुरधाम – ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउत पछिल्लो पटक जनकपुर विमानस्थलमा पुग्दा सुरक्षा दस्ता नै देखियो ।

Muktinath Bank

राष्ट्रिय अखण्डताविरुद्ध शंकास्पद गतिविधि गरिरहेका सीके राउत समूहको छुट्टै सुरक्षा दस्ता देखिएपछि यसबारे चर्चा शुरू भएको छ । सुरक्षा दस्ता किन बन्यो ? कहिले बन्यो ? लगायत थुप्रै प्रश्न जन्मिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनले गत पुसमा नै सुरक्षा दस्ता बनाएको बुझिएको छ । धनुषाको शहीदनगर नगरपालिकाको बसहामा २०७५ पुस ३० गते नै गठबन्धनको सिरहा जिल्ला संयोजक सञ्जय साहको नेतृत्वमा ‘मधेश स्पेसल टास्क फोर्स’ नामक सुरक्षा दस्ता गठन गरिएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

सुरक्षा संयन्त्रका गुप्तचरले लोकान्तरलाई दिएको जानकारी अनुसार सुरक्षा दस्ता गठन गर्न आयोजना भएको कार्यक्रमको संयोजन गठबन्धनका स्थानीय कार्यकर्ता रोहित साहले गरेका थिए । त्यतिबेला १७ सदस्यीय फोर्स गठन गरिएको थियो ।

Vianet communication

सुरक्षा संयन्त्रका गुप्तचरले दिएको जानकारी अनुसार रोहित साह, शत्रुघन भगत, सञ्जिव यादव, नागेन्द्र महरा, रामकुमार शर्मा, इन्द्रशेखर साह, कोमल यादव, कृपाल मण्डल, बिमलेश साह, शिवा मुखिया, दिलिप मुखिया, मोहन साह, बिन्देश्वर यादव, नबिन मण्डल, रामध्यान मुखिया, राजिव मुखिया रहेका थिए । फोर्समा १ जना महिला सलिना खातुन पनि आवद्ध छिन् ।

फोर्समा आवद्ध व्यक्तिको ठेगाना भने सुरक्षा संयन्त्रले पत्ता लगाउन सकेको छैन । गठबन्धनका केन्द्रीय सदस्य सञ्जय यादवको उपस्थितिमा फोर्सको गठन गरिएको थियो । ‘फोर्सका लागि आवश्यक पर्ने पोशाकको लागि कपडा भारतको बिहारस्थित मधवापुरबाट किन्ने निर्णय समेत गरिएको थियो,’ सुरक्षा संयन्त्रका गुप्तचरले भने ।

राउत जेलमा भएकै बेला धनुषामा सुरक्षा दस्ताको गठन किन गरिएको थियो भन्ने प्रश्नको उत्तर पाउन सकिएको छैन । शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा दस्ता गठनले शान्तिपूर्ण आन्दोलनप्रति प्रश्न चिह्न उठेको छ ।

विमानस्थलमा देखिएको त्यो शंकास्पद ‘बुट’

गत फागुन २६ गते जनकपुर विमानस्थलमा सीके राउत आउने क्रममा ८ जना सुरक्षा गार्ड देखिएका थिए । उनीहरूले टाउकोमा रातो रुमाल र स्वतन्त्र मधेशको झण्डाले कपाल छोपेका थिए । आँखामा चश्मा लगाएका थिए । अनुहार मास्कले छोपेका थिए । खुट्टामा कसैले जुत्ता त कसैले बुट लगाएका थिए । शरीरमा बुलेट प्रूफजस्तो देखिने फोमको कपडा सहितको ज्याकेट लगाएका थिए ।

तर एक जनाले लगाएको खैरो रंगको ‘बुट’ भने नेपालका सुरक्षाकर्मीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाँदा लगाउने बुटजस्तो रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बुट लगाएको दस्ताको तस्विर हेर्दै भने, ‘हो, देखिँदा त डाफर मिसनमा जाँदा लगाउने बुटजस्तै छ ।’ तर त्यो बुट काठमाडौंमा जति पनि किन्न पाइने गरेकाले आम मानिसले पनि बुट लगाउने गरेको उनले बताए । फेरि बुटमा चेन समेत रहेको तर शान्ति मिसनमा खटिएका सुरक्षाकर्मीले लगाउने बुटमा चेन नहुने उनको तर्क छ ।

जनकपुर विमानस्थलमा राउतका ती सुरक्षा दस्ताको टोलीले जसरी पत्रकारको भीडलाई धकेलेको थियो, त्यसले पनि उनीहरू तालिम प्राप्त रहेको अनुभूति गरिएको थियो । राउत चढेर गुडिरहेको जीपमा सुरक्षा गार्डहरू दायाँबायाँ र पछाडि झुन्डिएका थिए, त्यसले पनि तालिम प्राप्त रहेको देखिएको छ ।

जनकपुर विमानस्थलमै गार्डहरू तालिम प्राप्त रहेको गठबन्धनका एक कार्यकर्ताले पुष्टि गरेका थिए । स्वतन्त्र मधेश गठबन्धनका सिरहाका समर्थक दिपेन्द्रकुमार यादवले भने, ‘सीके राउतज्यू आउँदा भीडभाड नहोस्, अनावश्यक प्रश्न नगरियोस्, सुरक्षा व्यवस्थापन होस् र अप्ठ्यारो नहोस् भनेर सुरक्षा गार्ड खटाइएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x