/* Sketch */
×

सरकारी अकर्मण्यताले ८ वर्षदेखि त्रिपालको भरमा ऐतिहासिक भवन

राज्यका निकायको समन्वय अभाव र सरकारी अकर्मण्यताले विकास निर्माणको काम कसरी अलपत्र हुन्छन् भन्ने उदाहरण हो, सिंहदरबारको मुटुमा रहेको ग्यालरी बैठक । २०१५ सालदेखि २०६३ सालसम्म प्रतिनिधिसभाको बैठक बसेको ग्यालरी बैठक २०७२ सालको भूकम्पले चर्कायो । भूकम्पले भत्काएका अधिकांश संरचनाको पुनर्निर्माण या सबलीकरण गरेपनि यो ऐतिहासिक ग्यालरी बैठकका भित्तामा पिपल उम्रेका छन्, छत त्रिपालले छोपेर राखिएको छ ।  २०७६ पुस २९ गते प्रतिनिधि सभाको विकास समितिले सबलीकरण सम्भव नहुने भन्दै भत्काउन निर्देशन दिएको थियो । पछि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रबलीकरणको काम गर्न निर्देशन दियो । विघटन भइसकेको पुनर्निर्माण प्राधिकरणदेखि शहरी विकास मन्त्रालय समेतले हात हालेको ग्यालरी बैठक सरकारी निकायको अकर्मण्यताले अलपत्र अवस्थामा छ । शताब्दी पुरानो यो ऐतिहासिक ग्यालरी बैठकको संरक्षण, पुनर्निर्माण या प्रबलीकरणमा सरकार किन उदासीन बनेको होला ? भारदारी सभा, राष्ट्रिय पञ्चायतदेखि वर्षौंसम्म प्रतिनिधिसभाको बैठक बसेको यो ग्यालरी बैठकको पुनर्निर्माणमा सरकारको आँखा खुलोस् ।

कमेन्ट गर्नुहोस्