१४ असार २०८३, आइतबार
प्रतिनिधिसभा बैठक

हर्कले मानेनन् सभामुखको आदेश, श्रम संस्कृति पार्टीका सांसदले गरे वेल घेराउ

असार ३, २०८३
काठमाडौं
हर्कले मानेनन् सभामुखको आदेश, श्रम संस्कृति पार्टीका सांसदले गरे वेल घेराउ

सभामुखसँगको सवाल-जवाफपछि श्रम संसकृति पार्टीका सांसदले प्रतिनिधिसभाको वेल घेराउ गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने क्रममा सो पार्टीका सांसदले वेल घेरेका हुन् ।

मन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै सांसद हर्क साम्पाङले प्रतिप्रश्न गर्न माग गरेका थिए । तर, स्पष्टीकरणमाथि स्पष्टीकरण नहुने भन्दै सभामुख डोलप्रसाद अर्यालले समय नदिएपछि साम्पाङले उभिएर विरोध जनाए ।

null

त्यसपछि सभामुखले हर्कलाई बस्न आदेश दिए । तर हर्क बसेनन् । सभामुखले आदेश पालन गर्नु पत्येक सांसदको कर्तव्य भन्दै उनले पालन गर्न पुन: आदेश दिए ।

तर, श्रम संस्कृति पार्टीका सांसदले वेलमा उभिएर नाराबाजी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्