१४ असार २०८३, आइतबार
संसद्‌मा रामकुमारीको आक्रोश

'मुखमा टेप टाँसेर बस्दैनौं, देश जलाउने दलाललाई लखेटी-लखेटी के गर्नुपर्छ त्यसको हिसाबकिताब हामी गर्नेछौं'

असार १२, २०८३
काठमाडौं
'मुखमा टेप टाँसेर बस्दैनौं, देश जलाउने दलाललाई लखेटी-लखेटी के गर्नुपर्छ त्यसको हिसाबकिताब हामी गर्नेछौं'

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले भदौ २३–२४ को घटनासम्बन्धमा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेकी छिन् । देश जलाउनेलाई लखेटी-लखेटी हिसाबकिताब खोज्ने उनको भनाइ छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा झाँक्रीले भदौ २३–२४ घटना छानबिनका लागि सर्वोच्चका बहालवाला न्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्नुपर्ने बताएकी हुन् ।

'सरकारको सय दिन पूरा भएको छ, एक–एक हिसाब खोज्नेछौं, देश डढाउने विदेशी षड्यन्त्र गर्ने, क्याबिनेटमा बसेर सूचना बेच्ने, यस्ता दलाललाई लखेटी-लखेटी के गर्नुपर्छ त्यसको हिसाबकिताब हामी गर्नेछौं,' झाँक्रीले भनिन् ।

झाँक्रीले २०७३ सालतिर 'अकुपाई बालुवाटार' भन्नेहरू पछि 'इनफ इज इनफ' भन्न थालेको र उनीहरूले नै देश जलाएको समेत आरोप लगाइन् ।

'देश जलाउनेहरूको बारे मुखमा टेप टाँसेर बस्न मिल्दैन, चाहे हातमा हत्कडी लागोस्, चाहे नेल लगाओस्, यसको विरुद्ध बोल्न छाड्नु हुँदैन,' उनले भनिन् ।

झाँक्रीले ब्रेकविना 'एक्सप्रेस वे'मा चलेको सरकार दुर्घटनाको नजिक रहेको टिप्पणी गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्