/* Sketch */
×

सिंहदरबार जलाउँछु भन्ने बालेनले जब आफ्नै कार्यालयको दाँत झरेको थाहा पाएनन् !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह संघीय सरकारका प्रत्येक क्रियाकलापको आलोचना गर्छन् । सरकारका मन्त्री, दलका नेताप्रति आक्रोश पोख्न सिंहदरबार जलाउने धम्की दिन्छन् । सिंहदरबारलाई काठमाडौं महानगरबाट सार्न दबाब दिन्छन् । तर, आफ्नै कार्यालयमा भएको बेथिति र भद्रगोलबारे भने थाहा पाउँदैनन् । राष्ट्रिय सभागृह जहाँ बालेनको कार्यालय छ, यही कार्यालयको नाम लेखिएको मेटल झरेर दाँत झरेको जस्तो देखिएको छ । राष्ट्रिय सभागृह त्यही हो, जहाँ सार्क सम्मेलन भएको थियो । यति महत्त्वपूर्ण ठाउँको नाम मेटिँदा समेत उनी बेखबर छन् । अरूको कमजोरी देख्ने र लेख्ने बालेनले आफ्नै कार्यालयको बोर्ड कुरूप भएको कहिले देख्लान् ?

कमेन्ट गर्नुहोस्