१४ असार २०८३, आइतबार

बाँकेमा अझै तोकिएन कांग्रेस अधिवेशनको मिति

असोज १३, २०७८
बाँकेमा अझै तोकिएन कांग्रेस अधिवेशनको मिति

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन ।

केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो । अब अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा बाँकेका आम कार्यकर्तामा रहेको छ । 

लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आकलन गरेका छन् । 

मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलको भनाइ छ । बाँकेमा हाल ९ हजार ६७८ क्रियाशील सदस्य छन् । 

जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।

अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्