२५ असार २०८३, बिहीबार

चितवनमा अवैध काठसहित तीन जना पक्राउ

पुस ४, २०७८
चितवनमा अवैध काठसहित तीन जना पक्राउ

डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालीका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामद गरिएको हो । 

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालीका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, सरिता फर्निचर उद्योगबाट ३९२ क्युफिट, कालीका नगरपालिका–१ मा रहेको रुपेन्द्र काष्ठ फर्निचर उद्योगबाट ३५५ क्युफिट काठ बरामद गरिएको छ । यस्तै सो वडाको सूर्यपुरमा रहेको राम घिसिङको घरबाट १२१ क्युफिट काठ बरामद गरिएको छ । 

उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसहितको टोली र डिभिजन वन कार्यालयको टोलीले पुस १ र २ गते नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा देवी फर्निचर, सरिता फर्निचार र रुपेन्द्र काष्ठ फर्निचरका एक/एक जना रहेका छन् । 

अन्य संकलकको खोजीकार्य भइरहेको खनालले बताए । पक्राउ परेका तीन जनालाई जिल्ला दालत चितवनबाट वन ऐन २०७६ अनुसार कारवाहीका लागि समय थप गरिएको उनले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्