
लोकगायक एवं सर्जक प्रकाश दूतराजले फेरि अर्को एउटा मौलिक सिर्जना थपेका छन् ।
उनले मंगलवार नयाँ गीत ‘जुन माया’ सार्वजनिक गरेका छन् ।
कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ । गीतलाई प्रकाशले आफ्नो सुपरहिट गीत ‘घर कता हो बैनीको’को सिक्वेलका रुपमा स्रोता एवं दर्शकसामु पेस गरेका छन् ।
उनकै शब्द एवं संगीत रहेको गीतमा संगीत संयोजनको काम श्यामश्वेत रसाईलीले गरेका हुन् ।
भिडियोमा ‘घर कता हो बैनीको’ गीतकै कलाकारहरू प्रस्तुत छन् । प्रकाश दूतराजसँगै विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।
मौसम हिमालीको निर्देशन, अनिल के. मानन्धरको छायाँकन रहेको ‘जुन माया’ भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।