१६ असार २०८३, मंगलबार

तिहारको मुखमा उपभोग्य वस्तुुको भाउ महँगियो

कात्तिक २१, २०८०
काठमाडौं
तिहारको मुखमा उपभोग्य वस्तुुको भाउ महँगियो

तिहार    नजिकिएसँगै    बजारमा    सबैजसो उपभोग्य वस्तुुको भाउ महँगिएको छ  ।  सरकारको  ध्यान  भूकम्प  प्रभावित  क्षेत्र जाजरकोट र रुकुुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुुका भाउ महँगिएको हो । 

उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुुसी मूल्य तोकेर बिव्रmी गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् ।उपभोक्ता   अधिकारकर्मी   माधव   तिमलसिनाले  सरकार,  राजनीतिक  दल,  सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्