०४ असार २०८३, बिहीबार

वैदेशिक रोजगारीका नाममा ठगी : ६ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट

असार १०, २०८१
काठमाडौं
वैदेशिक रोजगारीका नाममा ठगी : ६ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट

वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । 

यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाभन्दा कम मात्रै फस्योर्ट हुने गरेको पाइएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार आव २०८०/८१ को ११ महिनासम्म छ हजार ८४३ उजुरी दर्ता भएका छन् । तीमध्ये तीन हजार ३१३ अर्थात् ४८.४५ प्रतिशत फर्स्योट गराउँदा २७ करोड ७२ लाख ९१ हजार ४१२ बराबरको रकम क्षतिपूर्ति भराइएको छ । 

विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा दुई हजार ९८६ उजुरी दर्ता भएका छन् । तीमध्ये एक हजार ८९२ वटा उजुरी फर्स्योट भए भने ८२ वटा उजुरीमा मिलापत्र गराइएको छ । त्यसबाट एक करोड ६५ लाख ५४ हजार ६६८ रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराइएको विभागले जनाएको छ । सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये एक हजार ११६ वटा उजुरी फर्स्योट हुन बाँकी छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्