२५ जेठ २०८३, सोमबार
मिश्रको विश्लेषण

शहरी विद्रोह भित्रभित्रै उम्लिरहेको छ, नेताहरू भाग्ने दिन आउँछ– रवीन्द्र मिश्र [भिडियो अन्तर्वार्ता]

भदौ ३०, २०८१
काठमाडौं
शहरी विद्रोह भित्रभित्रै उम्लिरहेको छ, नेताहरू भाग्ने दिन आउँछ– रवीन्द्र मिश्र [भिडियो अन्तर्वार्ता]

लामो समय पत्रकारिता गरेर राजनीतिमा लागेका रवीन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । पत्रकारिताका दौरान नेतालाई खरा प्रश्न सोध्ने मिश्रले राजनीतिमा आएपछि पनि आफ्नो स्वभावलाई कायम राखेका छन् । 

आलोपालो सरकारको नेतृत्व गरिरहेका प्रमुख दलका शीर्ष नेतालाई उनले ‘भ्रष्ट र जाली फटाहा’को संज्ञा दिँदै आएका छन् । ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भन्दै उनले भ्रष्टाचारको विरोध अनि सुशासनको पक्षमा अभियान पनि सञ्चालन गरे । 

संसद्मा पुग्न दुईपटक प्रयास गरेपनि मिश्र काठमाडौं– १ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित बने ।

null

अहिले उनी असोज ३ लाई कालो दिवस मनाउने अभियानमा लागेका छन् । सरकारले संविधान दिवसमा ‘दीपावली’ मनाउने तयारी गरिरहेको समयमा मिश्रले भने त्यो दिन १ मिनेट बत्ती निभाउन आह्वान गरिरहेका छन् । 

प्रमुख ३ दलका नेताले आलोपालो चलाइरहेको शासनप्रति जनता दिक्क भएर शहरी विद्रोहको तयारी भइरहेको मिश्रको दाबी छ । ढिलो–चाँडो नेपालमा अर्को विद्रोह हुने र अहिले सत्तामा रजाइँ गरिरहेका नेता भाग्ने अवस्था आउने दाबी मिश्रले गरेका छन् । 

दाबी गरेजस्तो शहरी विद्रोहको आधार के हो ? विद्रोहको तयारी कसले गरिरहेको छ ? त्यसको नेतृत्व कसले गर्छ ? प्रचण्डलाई पाप पखाल्ने मौका आएको भनेर उनले के संकेत गरेका हुन् ? 

यी लगायत समसामयिक प्रश्नमा मिश्रसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा:

salt training

कमेन्ट गर्नुहोस्