०४ असार २०८३, बिहीबार

यी हुन् आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

कात्तिक २०, २०७४
यी हुन् आफैलाई मतदान गर्न नपाउने उम्मेदवार
काठमाडौँ, १९ कात्तिक - संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।2-election (2)
गोरखापत्र लेख्छ-  कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न पाउंदैनन ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचनअघि सधैँ झापामा मतदाता थिए । स्थानीय निर्वाचनअघि उनले मतदाता नामावली भक्तपुरमा सरे । ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सारेका हुन् । तर, ओली झापा ५ बाट चुनावी मैदानमा छन् । । उनले यस पटक आफैले आफैलाई मत दिन पाउँदैनन् ।
एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता भएपनि । उनी पनि काठमाडौँ २ बाट उम्मेदवार छन् ।

काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ । तर, शर्मा काठमाडौँको चुनावी मैदानमा छन् ।

काठमाडौँ २ का मतदाता रहेका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा छन् । ढुङ्गानाले पनि आफैलाई मत दिन पाउँदैनन् ।

रोल्पा नगरपालिकामा मतदाता रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै छन् । महराले पनि आफैलाई मतदान गर्न पाउँदैनन् ।
काठमाडौँ ६ का मतदाता रहेका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा छन् ।
दोलखा बैत्यश्वर गाउँपालिकामा मतदाता रहेका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार छैनन्। चौलागाईँ यस पटक प्रदेशसभाको ‘ख’बाट चुनावी मैदानमा छन् ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय चुनावमा मतदान गरेनन् । तर, उनको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ । ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहेका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । महतो धनुषा २ मा काँग्रेसका विमलेन्द्र निधिसँग चुनावी मैदानमा छन् ।

एमाले सविच समेत रहेका योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बनेका छन् । काठमाडौँ ६ का मतदाता रहेका भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गरेका थिए । अहिलेसम्म उनको नामावली काठमाडौँमै छ ।
माओवादी केन्द्रका नेता देव गुरुङले पनि लमजुङबाट मतदान गर्न पाउँदैनन् ।

salt training

कमेन्ट गर्नुहोस्