०१ असार २०८३, सोमबार

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गर्न सकिने व्यवस्था गर्छौं : प्रधानमन्त्री

माघ ८, २०८१
काठमाडौं
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गर्न सकिने व्यवस्था गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको बताए ।

उद्यमी र विज्ञहरूले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरूलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिए । 

salt training

कमेन्ट गर्नुहोस्