साउन ५–६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किन नमिल्ने निर्णय गर्यो ।
एमाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई विद्या भण्डारीले चुनौती दिँदै आफ्नो सदस्यता कसैले खोस्न नसक्ने जिकिर गरिन् ।
पत्रकार सम्मेलनमा एमालेको पूर्व उपाध्यक्षको हैसियतमा विज्ञप्ति जारी गरेकी भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुने बताएकी छिन् ।
सक्रिय राजनीतिमा फर्किने पूर्व राष्ट्रपति भण्डारीको घोषणालाई लिएर समाज विभाजित छ ।
भण्डारीको विषयलाई लिएर एमाले पार्टीपंक्ति तरंगित बनिरहेको समयमा यो विषय कसरी टुंगिन्छ ? यो लगायत समसामयिक विषयमा लोकान्तर ड्टकमका लागि सुशील पन्तले एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापासँग कुराकानी गरेका छन् ।

साथै, सरकारबाहिर प्रचण्डका एक वर्षको भूमिका र रास्वपाको हस्ताक्षर अभियानबारे पनि थापाले कडा टिप्पणी गरेका छन् ।
०८४ सालको चुनावमा कांग्रेस–एमालेलाई बढार्ने भन्ने रास्वपा नेताहरूको अभिव्यक्तिलाई पनि एमाले सांसद थापाले कडा चुनौती दिएका छन् ।
हेर्नुहोस्, थापासँग गरिएको भिडियो कुराकानी :