०४ असार २०८३, बिहीबार

ब्राउन सुगरसहित ३ जना पक्राउ

माघ २१, २०८२
सुनसरी
ब्राउन सुगरसहित ३ जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले उनीहरूलाई पक्राउ गरेको हो ।

यही माघ २० गते सुनसरीको कोशी गाउँपालिका १ र भोक्राहा नरसिंह गाउँपालिका ६ स्थितबाट धनकुटा नगरपालिका ९ का सुक्दिप राई र शहीदभूमि गाउँपालिका ४ का साजन राई १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

यसैगरी सप्तरीका ईश्वरप्रसाद भगतलाई ३ ग्राम ४ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्