२५ जेठ २०८३, सोमबार

एनआईसी एसिया बैंकले ल्यायो ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना

फागुन १, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकले ल्यायो ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना

एनआईसी एसिया बैंकले १० करोडसम्मको घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरूप ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने​ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) राजेश रावलले जानकारी दिए ।​

उनका अनुसार न्यूनतम् २५ लाखदेखि अधिकतम १० करोडसम्म प्रदान गरिने यस कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनः निर्माण एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने छ ।

कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।

यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।

साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्