
दाङमा नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको घटनामा संलग्न रहेका थप दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका– ४ हलवार निवासी ३० वर्षीय रमेश रानामगर र तुलसीपुर उपमहानगरपालिका– ६ गाइडर निवासी २४ वर्षीय विक्रम परियार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ७ फागुनको राति भएको उक्त घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा थप दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका छन् । हालसम्म पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।