२५ जेठ २०८३, सोमबार

स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

जेठ २०, २०८३
झापा
स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

बुधबार अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।     
 

salt training

कमेन्ट गर्नुहोस्