०५ असार २०८३, शुक्रबार

इन्डोनेसिया : बाढीबाट मृत्यु हुनेको संख्या १०७ पुग्याे, ९३ जना अझै बेपत्ता

इन्डोनेसिया : बाढीबाट मृत्यु हुनेको संख्या १०७ पुग्याे, ९३ जना अझै बेपत्ता

जाकार्ता-  इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् । 

उनीहरूका अनुसार अहिले सम्म बेपत्ता हुनेहरूको संख्या ९३ रहेको छ । उनीहरूको अझै खोजी तथा उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । 

बाढीबाट प्रभावित भएकामध्ये झण्डै सात हजार जनालाई विभिन्न शरणार्थी शिविरहरूमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् । बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍‍याएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्